पर्यटन

तलेजु भवानीको मन्दिर सर्वसाधारणका लागि खुला

काठमाडौं , १ कार्तिक । आज बिहानैदेखि तलेजु भवानीको मन्दिरमा सर्वसाधारणको घुइँचो लागेको छ । हनुमानढोका दरबार क्षेत्रस्थित तेह्रौँ शताब्दीमा निर्मित मल्लकालीन तलेजु मन्दिर वर्षमा एक पटक प्रत्येक वर्ष आश्विन शुक्ल नवमीका दिन मात्र सर्वसाधारणका लागि खुला गरिन्छ । आज बिहान ३ बजेदेखि नै मन्दिरमा घुइँचो लागेको काठमाडौँ तलेजु भवानी मन्दिरका मूल नाइके शशीविक्रमध्वज जोशीले […]

२०७५ कार्तिक १ गते, बिहीबार

भूतमेला शुरु

काठमाडौं , ३० असोज । परम्परादेखि बडादशैँका बेला सञ्चालन हुँदै आएको महोत्तरी जिल्लाको प्रसिद्ध सोनामाई मन्दिरमा आजदेखि भूत मेला शुरु भएको छ । जिल्लाको औरही नगरपालिका–७ मा अवस्थित उक्त शक्तिपीठमा आज बडादशैँको सप्तमी तिथिदेखि यहाँ भूतमेला शुरु भएको सोनमाई माताका मुख्य पूजारी कामेश्वर झाले बताए ।बिजयादशमीको दिनसम्म आयोजना हुने उक्त मेलामा हजारौँ पीडित (कारनी) का […]

२०७५ आश्विन ३० गते, मंगलवार

काँक्रेबिहार भित्रका पुरातात्विक सम्पदाहरु अलपत्र

काठमाडौं , २८ असोज । कर्णाली प्रदेशको राजधानि सुर्खेत भित्र रहेको प्रर्यटकिय क्षेत्र काँक्रेबिहारमा रहेको पुरातात्विक सम्पदाहरु प्राचिन काल देखि निर्माण भएका सम्पदाहरु संरक्षण नहुदा अलपत्र परेका छन । संरक्षणकाे लागि राज्यको ८ करोड लगानि गरिए पनि लक्ष्य अनुसार संरक्षण हुन सकेको छैन । प्रदेश नम्बर ६ सुर्खेत बिरेन्द्र नगर पालिका ९ काँक्रेबिहार क्षेत्र भित्र […]

२०७५ आश्विन २८ गते, आईतवार

हिमपहिरोमा परेर ८ जनाको मृत्यु

काठमाडौं, २७ असोज । म्याग्दीको धौलागिरि गाउँपालिका–१ मा पर्ने गुर्जा हिमाल आरोहणमा गएका ८ जनाको मृत्यु भएको छ । गुर्जा हिमालको बेसक्याम्पमा गएको हिमपहिरोमा परेर उनीहरुको मृत्यु भएको हो । हिमपहिरोमा परेर अर्का एक जना बेपत्ता भएका छन् । काठमाडौंको प्रोजेक्ट वे नामक ट्रेकिङ एजेन्सीबाट पाँच जना कोरियन नागरिक र चार जना नेपाली भरिया गुर्जा […]

२०७५ आश्विन २७ गते, शनिबार

पितृ उद्धारका लागि मुक्तिनाथमा तीर्थालुको भीड

काठमाडौं, १४ असोज । हिन्दू तथा बौद्ध धर्मावलम्बीको साझा तीर्थस्थल मुक्तिनाथमा पितृ उद्धार गर्न तीर्थालु बढेका छन् । प्रत्येक वर्ष आश्विन कृष्ण पक्ष(पितृ पक्ष) का अवसरमा कागबेनीमा पिण्डदान गरी मुक्तिनाथको दर्शन गरेमा पितृ उद्धार हुने विश्वासले देशका विभिन्न भागका दर्शनार्थी मुक्तिनाथ पुग्ने गर्छन् । मुक्तिनाथ जाने दर्शनार्थीको चाप पोखरादेखि पर्वत, म्याग्दीसम्म पुग्ने गर्छ । तीर्थालुलाई […]

२०७५ आश्विन १४ गते, आईतवार

अन्नपूर्ण पदमार्ग सुनसान

काठमाडौं , ९ असोज । अन्नपूर्ण पदमार्ग बिग्रिएपछि विदेशी पर्यटकको आवागमन घटेको छ । लगातारको वर्षा र बाढीपहिरोका कारण अघिल्ला वर्षहरुमा यही सिजनमा भरिभराउ हुने अन्नपूर्ण पदमार्ग यस पटक सुनसानजस्तै देखिएको छ । पर्यटन व्यवसायी नरबहादुर गुरुङले अन्नपूर्ण पदमार्ग बिग्रिँदा बुकिङ गरेका पर्यटकले पनि भ्रमण रद्द गरेको जानकारी दिए । फाट्टफुट्ट आएका पर्यटक पनि जोखिम […]

२०७५ आश्विन ९ गते, मंगलवार

पञ्चासे–पोखरा केबलकार बन्दै

काठमाडौँ, ३ असोज । पर्वत, कास्की र स्याङ्जाको सङ्गमस्थलमा अवस्थित प्रसिद्ध पर्यटकीय एवं धार्मिकस्थल पञ्चासेसम्म अब केबलकारमै पुग्न सकिने भएको छ । पञ्चासे पुग्न पोखरा महानगरपालिका वडा नं २३ घाँटीछिनाबाट केबलकार निर्माण हुनेभएपछि पञ्चासे पुग्न सजिलो हुने भएको हो । पञ्चासे समुद्री सतहबाट दुई हजार ५१७ मिटरको उचाइमा छ । अहिले यहाँ जाने आन्तरिक तथा […]

२०७५ आश्विन ३ गते, बुधबार

अपि हिमाल आरोहणमा विदेशी

काठमाडौ, २८ भदौ । सशस्त्र द्वन्द्वकालयता आरोहण हुन नसकेको दार्चुलाको अपिहिमालमा दुई दशकपछि पहिलो पटक युरोपियन मुलुक चेक गणतत्रका आठ जना (दुई जना नेपालीसहित) १० जनाको टोली दार्चुला आइपुगेको छ । संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, पर्यटन विभागको भदौ २२ गतेको अनुमति लिएर विदेशी टोली अपि हिमाल आरोहणका लागि आएको हो । यसअघि २०५५/५६ […]

२०७५ भाद्र २८ गते, बिहीबार

देगु तलेजु मन्दिरकाे पुनःनिर्माण अन्योलमा

काठमाडौं , २० भदौ । पाटन दरबार क्षेत्रमा रहेको देगु तलेजु मन्दिर पुनःनिर्माणको टुङ्गो लाग्न सकेको छैन । भूकम्पबाट क्षति पुगेको तीन वर्ष वित्दा समेत मन्दिर पुनःनिर्माणको जिम्मा कसलाई दिने भन्नेबारे अन्योल छ । पाटन स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका प्रमुख काजिमान प्याकुरेलका अनुसार जापान सरकारले उक्त मन्दिर निर्माणका लागि रु १३ करोड सहयोग […]

२०७५ भाद्र २० गते, बुधबार

हात्तीको आक्रमणबाट माहुतेको मृत्यु

काठमाडौ, १४ भदौ । चितवन राष्ट्रिय निकुञ्जले पालेको मोती प्रसाद ‘ख’ नामको हात्तीको आक्रमणबाट माहुतेको मृत्यु भएको छ । सो हात्तीलाई घाँस काट्न सँगै गएका माहुते मुखरीलाल सरदारलाई हात्तीले आक्रमण गरेको हो । सुनसरीको कोशी गाउँपालिका–८ स्थित कुशहनी निवासी २७ वर्षीय सदरदार भदौ ५ गते माहुतेमा करारमा नियुक्त भएका थिए । सरदारलाई आज बिहान हात्तीले […]

२०७५ भाद्र १४ गते, बिहीबार