धानको समर्थन मूल्य तोकियो

काठमाडौँ । सरकारले धानको समर्थन मूल्य तोकेको छ । मंगलबार बसेको मन्त्रिपरिषद बैठकले मोटा र मध्यम धानको समर्थन मूल्य तोकेको सञ्चार तथा सूचना प्रविधिमन्त्री एवम् सरकारका प्रवक्ता रेखा शर्माले जानकारी दिइन् । उनका अनुसार बैठकले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल तीन हजार ३६२ रुपैयाँ समर्थन मूल्य तोक्ने निर्णय गरेको हो। प्रवक्ता शर्माले भनिन्, ‘‘आज कृषि मन्त्रालयको प्रस्तावमा धानको समर्थन मूल्य तोक्ने काम भएको छ। अहिले मोटा धानको प्रतिक्विन्टल तीन हजार १९८ र मध्यम धानको प्रतिक्विन्टल ती हजार ३६२ रुपियाँ समर्थन मूल्य तोकिएको छ। यो पहिला भन्दा साढे दुई सय सय रुपैयाँले बढी हो।’’
त्यसैगरी बैठकले मिटरब्याज सम्बन्धी जाँचबुझ आयोगको म्याद तीन महिना थप गर्ने निर्णयसमेत गरेको छ । सरकारले लक्ष्मीकुमारी बस्नेतलाई सचिव पदमा बढुवा गरेको छ । वरियताको आधारमा बस्नेतलाई सचिव पदमा बढुवा गरिएको प्रवक्ता शर्माले जानकारी दिइन् ।