सुन प्रतितोला २७ सयले घट्यो

२०८१ बैशाख १९ गते, बुधबार

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो । यसअघि वैशाख ९ गते सुनको मूल्य हालसम्मकै उच्च प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँसम्म पुगेको थियो । आज चाँदीको मूल्य पनि घटेको छ । अघिल्लो दिन तोलाको १ हजार ६५० रुपैयाँ रहेको चाँदी आज १ हजार ६३० रुपैयाँ कायम भएको महासंघले जनाएको छ ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से २७.६४ अंकले घट्यो

२०८२ कार्तिक १९ गते, मंगलवार

कुल निक्षेप ७४ खर्ब ७५ अर्ब !

२०८२ कार्तिक १९ गते, मंगलवार

१० अर्ब रुपैयाँ आन्तरिक ऋण उठाउने तयारी

२०८२ कार्तिक १९ गते, मंगलवार