सपिङ सेन्टरमा आगलागी : १६ जनाको मृत्यु

२०८१ श्रावण ३ गते, बिहीबार

काठमाडौँ। चीनको सिचुआन प्रान्तको जिगोङ सहरस्थित एक सपिङ सेन्टरमा आगलागी हुँदा १६ जनाको मृत्यु भएको छ । १४ तले उक्त सपिङ सेन्टरमा आगलागी हुँदा कम्तीमा १६ जनाको मृत्यु भएको सरकारी सञ्चारमाध्यमले जनाएका छन् । बुधबार साँझ भएको घटनामा ३० जनालाई उद्धार गरिएको बीबीसीले जनाएको छ । आगो नियन्त्रणका लागि रातभर लागेको थियो । आगलागीको खास कारण भने खुल्न नसकेको बताइएको छ । चीनको सरकारी सञ्चारमाध्यम र सामाजिक सञ्जालमा प्रसारित फुटेजमा १४ तले भवनमाथि बाक्लो कालो धुवाँ उडिरहेको देखाइएको छ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

सुनकाे मूल्यमा निरन्तर गिरावट

२०८२ कार्तिक १३ गते, बुधबार

घरजग्गा कारोबार ह्वातै घट्यो

२०८२ कार्तिक ११ गते, सोमबार

सुनचाँदीको मूल्य घट्यो

२०८२ कार्तिक ११ गते, सोमबार