तिहार विशेष रैथाने मेला कात्तिक २१ देखि

२०८३ कार्तिक १७ गते, मंगलवार


काठमाडौँ । खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले नेपाली मौलिक संस्कृति, रैथाने उत्पादन र स्थानीय उद्यमशीलताको प्रवर्द्धन गर्ने उद्देश्यले तिहार विशेष रैथाने मेला आयोजना गर्ने भएको छ । कम्पनीले आगामी कात्तिक २१ देखि २३ गतेसम्म काठमाडौंको थापाथलीस्थित बागमती प्रादेशिक कार्यालय परिसरमा तीनदिने मेला सञ्चालन गर्न लागेको हो ।
मेलामा आफ्ना मौलिक उत्पादनको प्रदर्शनी तथा बिक्री गर्न इच्छुक कृषक, कृषक समूह, कृषि सहकारी संस्था, महिला तथा युवा उद्यमी र रैथाने तथा स्थानीय उत्पादकबाट स्टल सहभागिताका लागि आवेदन आह्वान गरिएको छ । इच्छुकले ३ दिनभित्र आवेदन दिनुपर्नेछ ।
कम्पनीका अनुसार मेलामा तिहार विशेष परिकार तथा परम्परागत खाद्य सामग्री, फूल तथा माला, सजावटका सामग्री, परम्परागत पोसाक, हस्तकलाका सामग्री, माटाका भाँडाकुँडा, रैथाने बाली, कृषि उपज र अन्य स्थानीय तथा स्वदेशी उत्पादनलाई प्राथमिकता दिइनेछ ।
मेलामा सहभागी हुने एउटा स्टलका लागि पाँच हजार रुपैयाँ शुल्क तोकिएको छ । उक्त शुल्कमा मूल्य अभिवृद्धि कर (भ्याट) समावेश छैन ।

प्रतिक्रियाहरु

[anycomment]

सम्बन्धित समाचारहरु

नेप्से ३२.६५ अंकले घट्यो

२०८३ कार्तिक १६ गते, सोमबार

विकास बैंकहरूको नाफामा उच्च वृद्धि

२०८३ कार्तिक १६ गते, सोमबार

सुनको मूल्य ह्वातै घट्यो

२०८३ कार्तिक १५ गते, आईतवार