रासायनिक कारखानामा विस्फोट : ७०० स्थानीयलाई सुरक्षित स्थानमा सारियो
काठमाडौं । गएराति भारतको गुजरातस्थित वडोदरामा एक रासायनिक कारखानामा भीषण विस्फोटसहित आगलागी भएको छ । बीबीसीका अनुसार दीपक नाइट्राइट कारखानामा ठूलो विस्फोटपछि भएको आगलागीमा परेका सात जनालाई अस्पताल भर्ना गरिएको छ । उनीहरूलाई धुँवाका कारण श्वासप्रश्वासमा समस्या देखापरेको छ । कारखाना नजिक रहेका ७०० मानिसलाई त्यहाँबाट हटाएर सुरक्षित स्थानतर्फ पठाइएको सरकारी अधिकारीहरूले जानकारी दिएका छन् […]
२०७९ जेष्ठ २० गते, शुक्रबार