प्रवास

हङकङको एक हाउजिङ कम्प्लेक्समा आगलागी : ४४ जनाको मृत्यु,२७९ जनाको अवस्था अज्ञात

काठमाडौँ । हङकङको ताई पो जिल्लामा रहेको एक हाउजिङ कम्प्लेक्समा आगलागी हुँदा ४४ जनाको मृत्यु भएको छ । २७९ जनाको अवस्था अज्ञात छ । स्थानीय समयअनुसार बुधवार २ बजेर ५१ मिनेट जाँदा वाङ फुक कोर्टमा आगलागी भएको थियो । बीबीसीका अनुसार आगलागीमा परी ४४ जनाको मृत्यु भएको छ भने ४५ जनाको गम्भीर अवस्थामा उपचार भइरहेको […]

२०८२ मंसिर १२ गते, बिहीबार

अवामी लीगद्वारा देशव्यापी आन्दोलनको घोषणा

काठमाडौँ । बंगलादेशकी पूर्व प्रधानमन्त्री शेख हसीनाको अवामी लीग पार्टीले नोभेम्बर ३० सम्म देशव्यापी विरोध प्रदर्शन गर्ने घोषणा गरेको छ। गत नोभेम्बर १७ मा इन्टरनेशनल क्राइम्स ट्राइब्युनलले ७८ वर्षीया पूर्व प्रधानमन्त्री शेख हसीना र तत्कालीन गृह मन्त्री असदुज्जमान खान कमाललाई मृत्युदण्ड सजाय सुनाएको थियो।अवामी लीगले आफ्नो अफिसियल ‘एक्स’ (पूर्व ट्विटर) ह्यान्डलमार्फत जारी वक्तव्यमा आरोप लगाएको […]

२०८२ मंसिर ११ गते, बुधबार

नयाँदिल्लीमा वायु प्रदूषण उच्च

काठमाडौँ । भारतको नयाँदिल्ली लगायत वरपरका क्षेत्रहरूमा हावाको गुणस्तर सोमबार खतरनाक स्थरमा पुग्नुका साथै धुवाँको बाक्लो तहले भारतीय राजधानी सहरका धेरै क्षेत्रहरू ओगटेको जनाइएको छ । केन्द्रीय प्रदूषण नियन्त्रण बोर्डका अनुसार विशेष गरी दिल्लीको पूर्वी भागहरू र छेउछाउका क्षेत्रहरूमा वायु गुणस्तर सूचकाङ्क (एक्यूआई) लगभग–४५० देखिएको छ जुन वायु प्रदूषण मापदण्डको सन्दर्भमा गम्भीर अवस्था मानिएको छ […]

२०८२ मंसिर ९ गते, सोमबार

पाकिस्तानको एक फ्याक्ट्रीमा विस्फोट : कम्तिमा १५ जनाको मृत्यु

काठमाडौँ । पाकिस्तानको पञ्जाब प्रान्तको फैसलाबादमा रहेको फ्याक्ट्रीमा विस्फोट हुँदा कम्तिमा १५ जनाको मृत्यु भएको पुष्टि भएको छ ।आपतकालीन सेवाका प्रवक्ता फारुक अहमदले प्रारम्भिक अनुसन्धानले ग्यास चुहावटका कारण विस्फोट भएको देखाएको बताएका छन् ।उनले कारखाना नजिकैका नौ घरहरू विस्फोटबाट प्रभावित भएको बताए । मृतकमध्ये तीन जना कामदार थिए भने बाँकी स्थानीय बासिन्दा भएको विश्वास गरिएको […]

२०८२ मंसिर ७ गते, शनिबार

इजरायली सेनाद्वारा दक्षिणी लेबनानको शरणार्थी शिविरमा आक्रमण

काठमाडौँ । इजरायली सेनाले दक्षिणी लेबनानको एक शरणार्थी शिविरमा आक्रमण गरेको छ। आक्रमणमा १३ जना मारिएको छन् । ऐन–अल–हिलवे शरणाथी शिविरमा हवाइ आक्रमण गर्दा १३ जनाको मृत्यु भएको र दजर्नौ घाइते भएको लेबनानको स्वास्थ्य मन्त्रालयले जनाएको छ ।गत वर्ष इजरायल–हिज्बुल्लाह युद्धपछि लागू भएको युद्ध विरामपछि इजरायलले लेबनानमा गरेको यो सबैभन्दा घातक हमला हो । इजरायली […]

२०८२ मंसिर ४ गते, बुधबार

आज बंगलादेश बन्द

काठमाडौँ । बंगलादेशको प्रतिबन्धित अवामी लिग पार्टीले पूर्वप्रधानमन्त्री शेख हसिनालाई सुनाइएको मृत्युदण्डको विरोधमा आज देशव्यापी बन्दको आह्वान गरेको छ। अवामी लिगले ढाकास्थित अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरण (आईसिटी) को फैसलालाई पूर्ण रूपमा अस्वीकार गरेको छ। पार्टीले अन्तरिम सरकार प्रमुख मोहम्मद युनुस र मन्त्रीहरूको तत्काल राजीनामा माग गरेको छ। अवामी लिग नेता जहाँगीर कबीर नानकले पार्टीको फेसबुक पेजमा […]

२०८२ मंसिर ३ गते, मंगलवार

बंगलादेशद्वारा हसिना र कमललाई सुपुर्दगी गर्न भारतसँग माग

काठमाडौँ । बंगलादेशले भारतमा रहेकी शेख हसिना र असदुज्जमान खान कमलको सुपुर्दगीको माग गरेको छ । बंगलादेशको अन्तर्राष्ट्रिय फौजदारी न्यायाधिकरणले पूर्व प्रधानमन्त्री शेख हसिना र पूर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाएपछि बंगलादेशको विदेश मन्त्रालयले हसिना र कमललाई सुपुर्दगी गर्न माग गरेको हो ।विदेश मन्त्रालयले अन्तर्राष्ट्रिय फौजदारी अदालतको निर्णयले फरार शेख हसिना र असदुज्जमान […]

२०८२ मंसिर ३ गते, मंगलवार

पूर्वप्रधानमन्त्री हसिना र पुर्व गृहमन्त्री कमललाई मृत्युदण्डको सजाय

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिना र पुर्व गृहमन्त्री असदुज्जमान खान कमललाई मृत्युदण्डको सजाय सुनाइएको छ । अन्तर्राष्ट्रिय अपराध न्यायाधिकरणले पूर्वप्रधानमन्त्री हसिना र पुर्वगृहमन्त्री कमललाई मानवताविरुद्ध आरोपमा दोषी ठहर गर्दै मृत्युदण्डको सजाय सुनाएको हो । त्यस्तै तत्कालिन प्रहरी महानिरीक्षक चौधरी अब्दुल्लाह अल-मामुनलाई यस मुद्दामा पाँच वर्षको जेल सजाय सुनाइएको छ । चौधरीलाई राज्यको साक्षी बसेको […]

२०८२ मंसिर २ गते, सोमबार

पूर्वप्रधानमन्त्री हसिना मानवताविरुद्धको अपराधमा दोषी

काठमाडौँ । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई मानवताविरुद्धको अपराधमा दोषी ठहर गरिएको छ । समाचार संस्था रोयटर्सका अनुसार, त्यहाँको एक अदालतले सोमबार हसिनालाई मानवअधिकार विरुद्धका अपराधमा दोषी ठहर गर्दै सजाय सुनाएको हो। न्यायाधीश मुर्तजाको अध्यक्षतामा रहेको र न्यायाधीशहरू मोहम्मद शफिउल आलम महमूद र मोहम्मद मोहितुल हक इनम चौधरी पनि सम्मिलित न्यायाधिकरणले मानव अधिकार संगठनहरू र अन्य […]

२०८२ मंसिर २ गते, सोमबार

लाहोर विश्वकै प्रदूषित सहर

काठमाडौँ । पाकिस्तानको सांस्कृतिक राजधानी लाहोर शनिबार ३९६ को वायु गुणस्तर सूचकांक (एक्युआई) दर्ता भएसँगै विश्वको दोस्रो सबैभन्दा प्रदूषित सहर बनेको एआरवाई न्युजले जनाएको छ। रिपोर्टहरू उद्धृत गर्दै एआरवाई न्युजले पञ्जाब प्रान्तका विभिन्न क्षेत्रमा हावाको गुणस्तर अत्यन्तै खतरनाक अवस्थामा पुगेको उल्लेख गरेको छ। एक्युआई ५७१ पुग्दै फैसलाबाद पाकिस्तानको सबैभन्दा प्रदूषित सहरका रूपमा उभिएको छ भने […]

२०८२ मंसिर १ गते, आईतवार