प्रवास

ककरोच जनता पार्टीका दुई नेता रिहा

काठमाडौँ । ककरोच जनता पार्टी (सिजेपी) का नेता सौरव दास र आशुतोष रंका बुधबार तिहाड जेलबाट रिहा भएका छन्। शान्ति कायम राख्ने लिखित प्रतिबद्धता जनाएपछि विशेष कार्यकारी मजिस्ट्रेट (एसईएम) ले उनीहरूलाई रिहा गर्न आदेश दिएको इन्डिया टूडेले जनाएको छ।विशेष कार्यकारी मजिस्ट्रेट (एसईएम) का रूपमा कार्यरत सहायक प्रहरी आयुक्त (एसीपी) रितु राजले उनीहरूको न्यायिक हिरासत थप […]

२०८३ कार्तिक ५ गते, बिहीबार

दुर्गा पूजास्थलमा भागदौड :१९ जनाको मृत्यू ,२५ जना घाइते

काठमाडौँ । भारतको पश्चिम बंगालस्थित कोलकाताको चोरबगानमा रहेको दुर्गा पूजा स्थलमा भागदौड हुँदा कम्तीमा १९ जनाको मृत्यु भएको छ । घटनामा अन्य २५ जना घाइते भएका छन् । पश्चिम बंगालका मुख्यमन्त्री शुभेन्दु अधिकारीका अनुसार शनिबार साँझ करिब ७:३० बजे उक्त घटना भएको हो । उनका अनुसार सुरुमा १७ जनाको मृत्यु भएको पुष्टि भएको थियो भने […]

२०८३ कार्तिक ३ गते, मंगलवार

ट्रकले ठक्कर दिँदा १२ तीर्थयात्रीको मृत्यु, २७ घाइते

काठमाडौँ । भारतको मध्य प्रदेशस्थित ग्वालियरमा शीतला माता मन्दिर नजिकै धान बोकेको अनियन्त्रित ट्रकले तीर्थयात्रीहरूलाई ठक्कर दिँदा कम्तीमा १२ जनाको मृत्यु भएको छ भने अन्य २७ जना घाइते भएका छन्। घाइतेमध्ये पाँचदेखि छ जनाको अवस्था गम्भीर रहेको अधिकारीहरूले बताएका छन्।वरिष्ठ प्रहरी अधीक्षक धर्मवीर सिंहका अनुसार आइतबार बिहान करिब १:३० बजे चिनोरबाट मन्दिरतर्फ आउँदै गरेको ट्रकले […]

२०८३ कार्तिक १ गते, आईतवार

‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स २०२६’ मंसिर १८ देखि

काठमाडौँ । हाल प्रवासमा स्वास्थ्य क्षेत्रमा कार्यरत नेपाली तथा नेपाली मूलका विज्ञ जनशक्तिको ज्ञान, सीप, अनुभव र सञ्जाललाई मुलुकको स्वास्थ्य प्रणालीसँग जोड्ने उद्देश्यले ‘छैटौँ एनआरएन ग्लोबल हेल्थ कन्फरेन्स’ २०२६ आगामी डिसेम्बर ४ र ५ (मंसिर १८-१९, २०८३ विसं) मा ऐतिहासिक सहर जनकपुरधाममा आयोजना हुने भएको छ।गैर आवासीय नेपाली संघ (एनआरएनए) द्वारा मधेस सरकार र मधेस […]

२०८३ आश्विन ३० गते, शुक्रबार

बिहारमा डुङ्गा दुर्घटना : १३ बालबालिकाको मृत्यु

काठमाडौँ । वैशालीकी जिल्ला अधिकारी वर्षा सिंहका अनुसार उद्धार गरिएका सात जनालाई नालन्दा मेडिकल कलेज तथा अस्पताल पठाइएको थियो। घाइतेमध्ये केहीलाई थप उपचारका लागि पटनासमेत रेफर गरिएको छ। डुंगामा सवार सबै बालबालिकाको उमेर १५ वर्ष वा सोभन्दा कम रहेको उनले बताइन्।दुर्घटनापछि रातभर उद्धार कार्य जारी राखिएको थियो। घटनास्थलमा राज्य विपद् प्रतिकार्य बल र स्थानीय गोताखोर […]

२०८३ आश्विन २८ गते, बुधबार

दिल्लीमा २५० भन्दा बढी रेल बन्द, ४० हजार सुरक्षाकर्मी परिचालन

काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)को प्रदर्शनअघि नयाँ दिल्ली र हजरत निजामुद्दिन रेलवे स्टेसनबाट आवतजावत गर्ने २५० भन्दा बढी रेल रद्द गरिएका छन्।समाचार एजेन्सी पीटीआईका अनुसार, रेलवे बोर्डको निर्णयअनुसार हिजो दिउँसो २ बजेपछि आफ्ना प्रारम्भिक स्टेसनबाट छुट्ने यात्रुवाहक रेलहरू रद्द गरिएका हुन्। यसका साथै आज बिहान ४ बजेदेखि दिउँसो २ बजेसम्म नयाँ दिल्ली वा […]

२०८३ आश्विन २४ गते, शनिबार

अमेरिकामा काम गर्न चाहने विदेशी विद्यार्थीलाई ७० हजार डलर शुल्क !

काठमाडौँ । अमेरिकाले पढाइपछि काम गर्न चाहने विदेशी विद्यार्थीका लागि ‘अप्सनल प्राक्टिकल ट्रेनिङ’ (ओपीटी)मा ७० हजार अमेरिकी डलर शुल्क प्रस्ताव गरेको छ। अमेरिकाको गृह सुरक्षा विभाग (डीएचएस)को प्रस्तावअनुसार, विद्यार्थी पहिलोपटक ओपीटीमा सहभागी हुँदा शिक्षण संस्था वा विश्वविद्यालयले ७० हजार डलर शुल्क तिर्नुपर्नेछ। ओपीटी नवीकरण गर्दा प्रत्येकपटक ३० हजार डलर शुल्क लाग्नेछ।ओपीटीअन्तर्गत विद्यार्थीले पढाइ पूरा गरेपछि […]

२०८३ आश्विन २२ गते, बिहीबार

भारतीय अभिनेता नाना पाटेकरको निधन

काठमाडौँ । भारतीय दिग्गज अभिनेता नाना पाटेकरको ७५ वर्षको उमेरमा निधन भएको छ। भारतको गोवास्थित डोना पाउलास्थित निवासमा बेहोस अवस्थामा भेटिएका पाटेकरलाई तत्काल नजिकैको अस्पताल लगिएको थियो। तर, बिहान ५:२० बजे चिकित्सकले उनलाई मृत घोषणा गरेका थिए।एएनआईका अनुसार पाटेकरलाई हृदयाघात भएको थियो। अस्पताल ल्याएपछि चिकित्सकले करिब ४५ मिनेटसम्म उनलाई पुनर्जीवित गर्ने प्रयास गरेका थिए। तर, […]

२०८३ आश्विन २२ गते, बिहीबार

भारत पुगेका नेपाली दसैँ मनाउन घर फर्किंदै

काठमाडौँ । दसैँ, तिहार नजिकिएसँगै रोजगारीका लागि भारतका विभिन्न सहर पुगेका नेपाली स्वदेश फर्किन थालेका छन्। भारतका नयाँ दिल्ली, मुम्बई, हिमाचल प्रदेश, सिम्ला, कुल्लुलगायत विभिन्न सहरमा रोजगारी गर्दै आएका नेपाली परिवार तथा आफन्तसँग चाडपर्व मनाउन नेपाल फर्किन थालेपछि नेपालगञ्जस्थित जमुनाहा नाकामा यात्रुको चाप बढेको छ।दसैँ, तिहार नेपालीका प्रमुख चाडपर्व भएकाले वर्षभरि रोजगारीका लागि घरदेखि टाढा […]

२०८३ आश्विन २१ गते, बुधबार

भारतमा जेल भरो आन्दोलन !

काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका हुन् ।दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा […]

२०८३ आश्विन १२ गते, सोमबार