भारतमा जेल भरो आन्दोलन !

२०८३ आश्विन १२ गते, सोमबार


काठमाडौँ । भारतमा ककरोच जनता पार्टी (सीजेपी)ले नयाँ आन्दोलनको घोषणा गरेको छ । सीजेपीका संस्थापक अभिजीत दीपकेले एक्समा पोस्टर सार्वजनिक गर्दै अक्टोबर २ मा सीजेपीले मुम्बईस्थित शिवाजी पार्कमा ‘जेल भरो आन्दोलन’ गर्ने बताएका हुन् ।
दीपकेले आफ्नो पोस्टमार्फत भारतका मुख्य निर्वाचन आयुक्त ज्ञानेश कुमारको राजीनामाको मागलाई दोहोर्‍याएका छन् ।
सीजेपीले यसअघि नै ज्ञानेश कुमारले आफ्नो पदबाट राजीनामा नदिए अक्टोबर २ देखि आन्दोलन सुरु गर्ने घोषणा गरिसकेको थियो । यद्यपि, सीजेपीलाई मुम्बईमा आन्दोलन गर्न अनुमति दिइएको छैन । यस विषयमा प्रतिक्रिया दिँदै दीपकेले जनताको आवाज दबाउने यस्ता प्रयास स्वीकार्य नहुने बताएका थिए ।

प्रतिक्रियाहरु

[anycomment]