प्रवास

बेलायतद्वारा नेपाली मूर्ति फिर्ता

काठमाडौं । बेलायत सरकारले नेपालबाट १९८० देखि १९९० को दशकमा हराएका प्राचीन मूर्तिमध्येका दुई मूर्तिनेपाललाई हस्तान्तरण गरेको छ । नेपाली दूतावास लण्डनमा शुक्रबार आयोजित एक विशेष समारोहबीच बेलायत प्रहरीका तर्फबाट यहाँस्थित नेपाली राजदूत ज्ञानचन्द्र आचार्यलाई उक्त मूर्ति हस्तान्तरण गरिएको हो । सोह्रौँ शताब्दीमा काठमा कुँदिएको कलात्मक तोरणको मूर्ति काठमाडौँको हनुमानढोका कुमारी बहालबाट हराएको थियो । […]

२०७८ चैत्र ५ गते, शनिबार

युएई नेपाली श्रमिक निःशुल्क भर्ना गर्न सहमत

काठमाडौं । नेपाल–युएई संयुक्त समितिको दोस्रो बैठक संयुक्त अरब इमिरेट्स (युएई)को राजधानी आबुधावीमा सम्पन्न भएको छ । आबुधावीस्थित युएईको मानव संशाधन मन्त्रालयमा मङ्गलबार भएको बैठकमा सन् २०१९ मा भएको संयुक्त समितिको पहिलो बैठकका निर्णय कार्यान्वयनको अवस्थाबारे समीक्षा भएको थियो । बैठकमा युएईले नेपाल सरकारले दक्ष जनशक्ति उत्पादन गर्ने ध्येयले स्थापना गर्न लागेको सीप विकास केन्द्रलाई […]

२०७८ चैत्र २ गते, बुधबार

चीनमा दुई वर्षयताकै धेरै कोभिड संक्रमित !

काठमाडौँ । चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै सङ्ख्यामा कोरोनाका सङ्क्रमित भेटिएका छन् । पछिल्लो २४ घण्टामा ५ हजार २८० जना कोभिडका नयाँ सङ्क्रमित देखिएको र यो सङ्ख्या चीनमा दुई वर्षयताकै सबैभन्दा धेरै भएको नेशनल हेल्थ कमिसन (एनएचसी) ले जनाएको छ । कडा प्रतिबन्ध र स्वास्थ्य मापदण्ड लागू भए पनि पछिल्लो दुई हप्तामा यसअघिका रेकर्ड तोड्ने […]

२०७८ चैत्र १ गते, मंगलवार

सांसदले भिडमाथि गाडी कुदाउँदा २२ जना घाइते !

काठमाडौँ । भारतीय राज्य ओडिसाका सांसद प्रशान्त जगदेवले भिडमा गाडी कुदाउँदा ७ प्रहरी र पत्रकार सहित २२ जना घाइते भएका छन् । ओडिसाको सत्तारूढ पार्टी बिजु जनता दलका सांसद प्रशान्त जगदेवले बाणपुर भन्ने ठाउँमा एक स्थानीय चुनावका लागि जम्मा भएका मानिसमाथि गाडी चलाउँदा २२ जना घाइते भएका हुन् । केही घाइतेहरुको अवस्था गम्भीर रहेको छ […]

२०७८ फाल्गुन २९ गते, आईतवार

एकै दिन ८१ जनालाई मृत्युदण्ड !

काठमाडौं । साउदी अरबमा एकैदिन ८१ जना पुरुषलाई मृत्युदण्ड दिइएको छ । यो संख्या गएको एक वर्षभरिमा दिइएको मृत्युदण्ड भन्दा बढीको हो । साउदी अरबमा गत वर्ष ६९ जनालाई मृत्युदण्ड दिइएको थियो । मृत्युदण्ड दिइएकाहरुमा सात जना यमनी र एक सिरियाली नागरिक पनि छन् । उनीहरुमाथि आतंकवाद सहितका अभियोग लागेको सरकारी समाचार संस्था एसपिएले जनाएको […]

२०७८ फाल्गुन २९ गते, आईतवार

भारतद्वारा पाकिस्तानी भूमिमा मिसाइल प्रहार भएकोमा क्षमायाचना

काठमाडौं । भारतीय रक्षा मन्त्रालयले गत मार्च ९ मा पाकिस्तानमा मिसाइल प्रहार भएकोप्रति पाकिस्तानसँग क्षमायाचना गरेको छ । भारतीय रक्षा मन्त्रालयले एक बिज्ञप्ति जारी गर्दै शुक्रबार प्रविधिक त्रुटिका कारण पाकिस्तानी भू-भागमा मिसाइल प्रहार भएको भन्दै क्षमा मागेको हो । ‘मार्च ९, २०२२ का दिन नियमित मर्मतका क्रममा प्राविधिक गडबढी हुँदा भूलवश मिसाइल प्रहार हुन गएको […]

२०७८ फाल्गुन २८ गते, शनिबार

एनआरएनए महाधिवेशन आयोजक समिति गठन

काठमाडौं । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) का प्रमुख संरक्षक शेष घलेले सङ्घको केन्द्रीय समितिको निर्वाचन गराउन निर्वाचन समिति पुनर्गठन गरेका छन । सङ्घको विधान २००३ (२०२१ संशोधनसहित) को धारा १६.१.४ अनुसार उनले निर्वाचन समिति पुनर्गठन गर्नुका साथै महाधिवेशन आयोजक समिति पनि गठन गरेको विज्ञप्तिमार्फत जनाएका छन ।गत वर्ष निर्वाचित एनआरएनएका ६५ राष्ट्रिय समन्वय परिषद् (एनसिसी)मध्ये […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

नेपाली दूतावासद्वारा भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु

काठमाडौं । लन्डनस्थित नेपाली दूतावासले भूपु गोर्खाको समस्या समाधान गर्न गृहकार्य सुरु गरेको छ । दूतावासले भूपूगोर्खा सङ्गठनका अभियानकर्मीसँग वार्ताको तयारीबारे छलफल थालनी गरेको हो । बेलायत सरकारसँग कहिले वार्ता सुरू गर्ने भन्नेबारेमा केही दिनमा जानकारी दिइने दूतावासका प्रवक्ता एवं उपनियोग प्रमुख रोशन खनालले जानकारी दिए । गोर्खाको प्रतिनिधित्व गर्न मेजर जुद्ध गुरुङ वार्तामा सहभागी […]

२०७८ फाल्गुन २२ गते, आईतवार

चीनको रक्षा बजेट ७.१ प्रतिशतले वृद्धि

काठमाडौं । चीनले सन् २०२२ को लागि ७.१ प्रतिशतले रक्षा बजेट बढाएको छ । समाचार अनुसार एक सरकारी बजेट रिपोर्टबाट चीन सरकारले २३० अर्ब डलर राष्ट्रिय सुरक्षाका लागि छुट्टाएको छ । यसअघि सन् २०२१ मा चीनले २०९ अर्ब डलरको रक्षा बजेट पेश गरेको थियो । चीनको सरकारी अखबार ग्लोबल टाइम्सले रक्षा बजेट वृद्धिको कारणमा सकारात्मक […]

२०७८ फाल्गुन २१ गते, शनिबार

युक्रेनमा रहेका ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा

काठमाडौँ । गैरआवासीय नेपाली संघको रुस–युक्रेन द्वन्द्व प्रभावित नेपालीको सहयोग एवम् उद्धार उच्चस्तरीय समितिका अनुसार रुस–युक्रेन द्वन्द्व प्रभावित ३०२ जना नेपाली सुरक्षित गन्तव्यमा पुगेका छन् । युक्रेनबाट नेपालीहरु सुरक्षित स्थानको खोजी गर्दै पोल्याण्ड, स्लोभाकिया, हंगेरी, रोमानिया र माल्दावा लगायत देशमा पुगेका हुन् । समितिका अनुसार मंगलबारसम्म २३२ जना पोल्याण्ड, ३९ जना स्लोभाकिया, ४ जना हंगेरी, […]

२०७८ फाल्गुन १८ गते, बुधबार