गजल – लीला दाहाल
आगो दुबैतिर दिलमा पानी दुबैतिर मायालुको यादमा साथी सिरानी दुबैतिर मनको बह पोखे आज आँखा आँखाले पोख्न बाकी रह्यो यहाँ जवानी दुबैतिर खुशी किन्न जान्छु भन्दै रहर बोकि उड्यौ मन्मा उडे अनेकौं तरंग नजानी दुबैतिर भेट हुँदा सन्चारमा मन फुलेको हुन्छ लाग्छ खेर नफालु मायाको लगानी दुबैतिर
२०७४ चैत्र २३ गते, शुक्रबार