कला तथा साहित्य

बिश्वका मज़दूर एक हौं – झपेन्द्रराज बैद्य

शासन हुकुमी त छैन भनाइमा काशन हुकुमी हो नसोध रेडियोमा माफीमाग्नुपर्ला है! नलेख पत्रिकामा धरौटीमा रिहाहुनुपर्ला है! उस्तै हो र! ब्यंग्यगरे पूर्व सचिब पनि पर्छन् भंगालमा पूर्व मंत्री पनि निषेध हुन्छन् पाइदैन है उजुरी दिन सत्ताको बल अगाध छ जे गर्छ गर्छ चूपचाप लाग्ने हो छुट छैन बिरोधगर्न जस्तै परे पनि। एउटै लाइनमालागे पछि भू […]

२०७७ बैशाख १९ गते, शुक्रबार

बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन

काठमाडौं, १८ बैशाख । बलिउडका चर्चित अभिनेता ऋषि कपुरको निधन भएको छ । बुधबार स्वास्थ्यमा समस्या देखिएपछि एचएन रिलायन्स अस्पतालमा भर्ना गरिएका ६७ वर्षीय अभिनेता कपुरको उपचारका क्रममा निधन भएको हो । उनलाई क्यान्सर र स्वासप्रश्वाससम्बन्धी समस्या थियो । अमेरिकामा करिब एक वर्षसम्म क्यान्सरको उपचार गराएपछि उनी गत वर्ष सेप्टेम्बर महिनामा भारत फर्किएका थिए । […]

२०७७ बैशाख १८ गते, बिहीबार

देशमा”वामपन्थी”को सरकार छ – बलराम तिमल्सिना

अलि बिस्तारै बोल्नुस नरम कुरा मात्रै लेख्नुस नत्र खतरामा पर्न सक्नु हुन्छ समियाँ साल खराव छ देशमा वामपन्थीको सरकार छ ! हिड्दा पनि ख्याल गर्नू हतार हतार पनि नहिड्नू टोलाएर पनि नबस्नू तपाईमाथि निगरानी हुन सक्छ समियाँ साल खराव छ देशमा वामपन्थीको सरकार छ ! महङ्गी बढे बढ्न दिनोस बस्तीमा डोजर आए स्वागत गर्नुस पटक्कै […]

२०७७ बैशाख १३ गते, शनिबार

आऊ गिरफ्तार गर – बलराम तिमल्सिना

सत्य कुरा बोल्नलाई,छैन हामीलाई डर ! म कविता लेखिरा’छु,आऊ गिरफ्तार गर ! न अपेक्षा न आशक्ति,न छ कुनै लेना देना ! तिमीसँग हामीलाई, न छ भय न छ भर ! हामी हाम्रो विवेकको आदेशमा चल्नेहरू तिम्रो खुनी आदेश त्यो मान्नै पर्छ भन्ने छ र ? कायरले भजन लेख्छ र कविता शाहसीले ! कविता नै कविहरूको […]

२०७७ बैशाख १३ गते, शनिबार

शासकको आदेश: ढुक्कले मर – बलराम तिमल्सिना

भोकले जत्ति मर्छौ मर खासै फिकर छैन मर्न जन्मेकाहरू मर्नु पर्छ ! अरु रोगले जत्ति मर्छौ मर हाम्लाई खास सुर्ता छैन रोग लागेकै मर्नलाई हो ढुक्कले मर ! झाडा पखालाले मर उँधै-उँभैले मर निमुनियाँले मर क्षययोगले मर संसारका कत्रा कत्रा त मरेका छन् मर्नु कुन अचम्म भयो र ? मर ! ओछ्यानमै मर या बाटो […]

२०७७ बैशाख ८ गते, सोमबार

नदीको कथा – प्रथा

यतिखेर उदास बनेको छ मजस्तै एउटा सुनसान बगर ! सायद, आफ्नै सपनाहरू गुमाएपछि फुटेको हुनुपर्दछ यो पहाडको मनको बाँध पनि ! र त वर्षौं-वर्षदेखि, जीवनका सारा लयहरू टुटाएर यो धर्तीमा बगिरहेछ – यति ठुलो आँसुको नदी ! किनारा छेवैमा एकजोर बुढा आँखाहरू ओछ्याएर एउटी माझिनी हेरिरहिछे पानीको पन्नामा कोरिएका अक्षरहरू जहाँ लेखिएको छ उसकै वैंसको […]

२०७७ बैशाख १ गते, सोमबार

कथाङ्स – बलराम तिमल्सिना

भ्यागुते कुवामा नुहाएर फर्केपछि सूर्यको प्रचण्डता बिस्तारै सेलाउँदै जान्छ र बदलिन्छ त्यो चिसो विशालकाय वरफको टुक्रामा ! चिसोको कहर फैलिन्छ कोलाहल मच्चिन्छ चारैतिर कमजोर जीवहरू भुतुभुतु मर्छन र चिसोका सहयात्रीमा फेरिन्छन् ! आकासमा वादल देखिन्छ तर गर्जन्छ मात्रै एक थोपा पानी पार्दैन त्यसले वादल पनि विस्तारै जम्छ र वरफको पिण्डमा मिसिन्छ ! वादलकै हटेपछि आकासबाट […]

२०७६ चैत्र ३० गते, आईतवार

म गिध्द – बलराम तिमल्सिना

म गिध्द अर्थात सबैले गाली गर्ने दुखी चरो ! तिमीहरूका गाईबस्तु मर्छन यत्र तत्र फालिएका हुन्छन् कुहिरहेका हुन्छन् फैलिरहेको हुन्छ दुर्गन्ध र दुर्गन्धसँगै रोग ब्याँध ! म सफाई चरो टाढाटाढाबाट पनि हेरिरहेको हुन्छु र तत्काल ओर्लन्छु त्यहाँ जहाँ म ओर्लन जरुरी हुन्छ ! स्यालले जस्तै म तिम्रा खोरका खसी घिसार्दिन बाघले जस्तै म तिम्रा गोठका […]

२०७६ चैत्र २१ गते, शुक्रबार

जनकलाकार ढकालको निधन

काठमाडौँ, १९ चैत । लामो समय गण्डक क्षेत्रको हरेक पाखा पखेरा, गाउँटोल र बस्तीबस्तीमा पुगेर राज्यसत्ताले गरेका दमन र शोषणका बिरुद्ध नाच्दै र गाउदै जनता जगाउन सक्रिय जनकलाकार अम्बिका ढकालको अल्पआयुमै निधन भएको छ। पक्षघात र मानसिक रोगलेग्रस्त उनको काठमाण्डौमा उपचार हुँदै गर्दा निधन भएको हो। उनी बिप्लव नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी समर्थित चुनु शिल्पा […]

२०७६ चैत्र १९ गते, बुधबार

प्रश्न गर – बलराम तिमल्सिना

प्रश्न गर, प्रश्नबाटै सत्य खोज्न लागिपर ! प्रश्न विना चुप नबस फेरि अर्को प्रश्न गर ! विना प्रश्न चुप बस्ने मान्छेसँग मान डर ! प्रश्न गर्दै हल खोज्दै चेतनाको घडा भर ! किन कहाँ के कसरी कस्तो कस्को सोच ! तथ्य तर्क आघि राख सत्य के हो खोज ! आँखा चिम्ली हो हो हुन्छ भन्छौ […]

२०७६ चैत्र ७ गते, शुक्रबार