अर्थ

पेट्रोलियम पदार्थको मूल्यबृद्धिबिरुद्ध संघर्षमा उत्रन आह्वान

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट जनबर्गिय संगठनले पेट्रोलियम पदार्थमा भएको मूल्य बृद्धिको विरोध र सुजिता भण्डारीको हत्याको छानविन गरी दोषी पत्ता लगाई कारवाहीको माग गर्दै भोली (असार २४ गते) देशव्यापी विरोध तथा प्रदर्शनमा उत्रन आाम जनसमुदायमा अपिल गरेको छ । यस बिषयमा उनीहरुले जारी गरेको संयुक्त बिज्ञप्ती यस प्रकार रहेको छ – “नेपाल आयल निगमले […]

२०७८ असार २३ गते, बुधबार

पेट्रोलियम पदार्थको मूल्य पुन: वृद्धि

काठमाडौं । नेपाल आयाल निगमले इन्धनको मूल्य फेरि बढाएको छ । गएराति १२ बजेदेखि लागू हुने गरि डिजेल पेट्रोल, हवाइ इन्धन, मट्टितेल र खाना पकाउने एलपी ग्यासको मूल्य वृद्धि गरिएको हो। पेट्रोल, हवाइ इन्धन र मट्टितेलमा प्रतिलिटर दुई रुपैयाँ वृद्धि गरेको नेपाल आयल निगमले जानकारी दिएको छ। त्यस्तै खाना पकाउने एलपी ग्यासमा प्रति सिलिण्डर २५ […]

२०७८ असार २३ गते, बुधबार

१५ निर्माण व्यवसायी र आपूर्तिकर्ता कालोसूचीमा

काठमाडौं । सार्वजनिक खरिद अनुगमन कार्यालयले सार्वजनिक खरिद ऐन विपरित कार्य गर्ने १५ वटा निर्माण व्यवसायीरफर्मलाई कालो सूचीमा राखेको छ। विभिन्न कार्यालयका सिफारिशमा सार्वजनिक खरीद अुनगमन कार्यालयले ४ कम्पनीलाई दुई वर्ष र ११ कम्पनीलाई एक वर्षका लागि कालोसूचीमा राखिएको जनाइएको छ ।खरीद कार्यालयको सोमबार बसेको बैठकले आजदेखि लागू हुनेगरी प्रहरी प्रधान कार्यालयको सिफारिशका आधारमा पूजा […]

२०७८ असार २२ गते, मंगलवार

सेयर बजार : ५ दशमलव २४ अंकले गिरावट

काठमाडौं। सेयर बजार परिसूचक नेप्से ५ दशमलव २४ अंकले घटेर २८ सय १८ दशमलव १० अंकमा रोकिएको छ। आज कारोबार रकममा पनि संकुचन आएको छ। कूल २ सय २० कम्पनीको कारोबार हुँदा ४ अर्ब २२ करोड ४० लाख जतिको कारोबार भएको छ। आज बैंकिङ, बीमा, उत्पादन र माइक्रोफाइनान्स समूहको सेयर सामान्य बढेको छ। तर, विकास […]

२०७८ असार २२ गते, मंगलवार

राष्ट्र बैंकद्वारा भ्रामक सूचनामा विश्वास नगर्न आग्रह

काठमाडौं । नेपाल राष्ट्र बैंकले आफ्नो नाममा फेसबुक पेज बनाएर भ्रामक जानकारी तथा सूचना पोष्ट भइरहेकामा गम्भीर ध्यानाकर्षण भएको जनाउदै भ्रामक सूचनामा विश्वास नगर्न आग्रह गरेको छ । पछिल्लो समय सामाजिक सञ्जाल (फेसबुक) बाट भ्राकम सूचना पोष्ट भइरहेको भन्दै बैंकले आज एक विज्ञप्ती जारी गर्दै कुनै पनि सूचनामा विश्वास नगर्न आग्रह गरेको हो । हालसम्म […]

२०७८ असार १७ गते, बिहीबार

आन्तरिक उडान शुरु

काठमाडौ । निषेधाज्ञा जारी भएपछि बन्द भएको आन्तरिक उडान आजदेखि शुरु भएको छ । उडान नियमित गरिए पनि पूर्ण रुपमा भने सञ्चालन हुने छेैन । हाललाई साविकको तुलनामा ५० प्रतिशत उडानमात्रै हुनेछ । नेपाल नागरिक उड्डयन प्राधिकरणले दैनिक ६४ वटा उडानमात्रै गर्ने गरी तयारी गरेको छ । बुद्ध एयरले दैनिक ३१ उडानको अनुमति पाएको छ […]

२०७८ असार १७ गते, बिहीबार

ट्रेड युनियन महासङ्घद्वारा राहत वितरण

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घ केन्द्रीय आयोजक समितिको आयोजनामा महासङ्घ अन्तर्गत रहेको पेसागत सङ्घहरूको सहयोगमा अति बिपन्न तथा असक्त यातायात मजदुर धुवानी मजदुर हाईड्रो तथा खानी मजदुरहरूलाई राहत सामाग्री वितरण गरिएको छ । नेपाल कम्युनिस्ट पार्टी निकट सो महासङ्घले जिबिका चलाउन अति नै सङ्कट परेका २३ घरपरिवारका मजदुरहरूलाई जनही एक बोरा चामल, […]

२०७८ असार १६ गते, बुधबार

बुटवल–बर्दघाट सडक अवरूद्ध

काठमाडौं । पूर्वपश्चिम राजमार्गको बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध भएको छ । गएराति अविरल वर्षापछि आएको बाढीले डाइभर्सन बगाएपछि सो सडकखण्ड अवरूद्ध भएको हो । बाढीले नवलपरासीको सुनवल नगरपालिका वडा नम्बर १३ बडेरास्थित डाइभर्सन बगाएको छ ।कल्भर्ट निर्माणका लागि बनाइएको डाइभर्सन नै बगाएपछि बुधबार बिहान साढे ४ बजेदेखि नै बुटवल–बर्दघाट सडकखण्ड अवरूद्ध रहेको प्रहरीले जानकारी दिएको छ […]

२०७८ असार १६ गते, बुधबार

१८ गतेबाट देशभर सार्वजनिक सवारी साधन चलाउने उदघोष !

काठमाडौं । नेपाल यातयात व्यवसायी राष्ट्रिय महासंघ, नेपाल यातायात स्वतन्त्र मजदुर संगठन, नेपाल यातायात मजदुर संघ र अखिल नेपाल यातायात मजदुर संगठनले बिज्ञप्ति जारी गर्दै सार्वजनिक यातयात सञ्चालन गर्ने निर्णय असार १० गते काठमाडौंका प्रमुख जिल्ला अधिकारी काली प्रसाद पराजुलीको कार्यकक्षमा भएको सरोकारवालको बैठकमा दिएको सुझाव विपरित भएको उल्लेख गरेका छन् । उनीहरुले सम्पूर्ण यातायात […]

२०७८ असार १५ गते, मंगलवार

नेप्से परिसूचक ४७.४९ अंकले घट्यो

काठमाडौं । शेयर बजारमा दोहोरो अंकले गिरावट आएको छ । मंगलबार ४७.५० अंकले घटेर २ हजार ८ सय २८ विन्दुमा झरेर थामिएको छ । यसदिन लघुवित्त समूह २६ अंकले बढ्दा अन्य समूह सबै समूहहरू घटेका छन् । निर्जीवन बीमामा सबैभन्दा ठूलो पहिरो गएर २ सय ५१ अंकले घट्दा, विकास बैंक १ सय ६७, जीवन बीमा […]

२०७८ असार १५ गते, मंगलवार