अर्थ

बसमा आगजनी

काठमाडौं,३ असोज । काठमाडौको पुरानो बसपार्कमा बन्दकर्ताहरुले एउटा यात्रु बसमा आगजनी गरेका छन् । दक्षिणकालीबाट यात्रु लिएर आएको बस रत्नपार्क पुगे लगत्तै बन्दकर्ताले आगजनी गरेका हुन । बा ३ ख २९०९ नम्बरको बसमा आगजनी गरेका थिए । बसबाट यात्रुहरु निस्किसकेपछि आगो लगाइएको थियो । आगजनीबाट बसमा पूर्ण रुपमा क्षति पुगेको छ । बसमा लगाइएको आगो […]

२०७२ आश्विन ३ गते, आईतवार

सुपथ मुल्य पसल खोल्ने तयारी

काठमाडौ, २ असोज । सरकारले घटस्थापनाको एक हप्ताअघि एकीकृत सुपथ मुल्य पसल खोल्ने तयारी भैरहेको जनाएको छ । एकीकृत सुपथ मुल्य पसल खोल्नका लागि वाणिज्य तथा आपुर्ति व्यवस्थापन विभागले नेपाल खाद्य संस्थान, साल्ट ट्रेडिङ कर्पोरेसन र नेसनल ट्रेडिङ लिमिटेडसँग छलफल गरिरहेको विभागका निर्देशक हरिनारायण वेलवासेले बताए । उनका अनुसार दशै आउन लागेकाले छलफललाई तिब्रता दिइएको […]

२०७२ आश्विन २ गते, शनिबार

थाइ एयरवेजको विमानमा आगलागी

काठमाडौं, १ असोज । बैंककबाट काठमाडौं आएको थाइ एयरवेजको विमानमा आगलागी भएको छ । शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने क्रममा सो विमानको एउटा चक्कामा आगो लागेको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल स्रोतका अनुसार विमानको बायाँ चक्कामा आगलागी भएको हो । बारुण यन्त्रद्वारा आगो निभाइएको स्रोतले जनाएको छ । दुर्घटनामा कुनै मानवीय क्षति भएको छैन […]

२०७२ आश्विन १ गते, शुक्रबार

नेपाल चेम्बर एक्स्पो ०७२ असोज २१ देखि

काठमाडौं। नेपाली औद्योगिक एंव वाणिज्य क्षेत्रको विकास तथा अन्तर्राष्ट्रिय व्यापार प्रवद्र्धनको सहजीकरणका लागि वाणिज्य तथा आपूर्ति मन्त्रालयको सहकार्यमा नेपाल चेम्बर अफ कमर्सले यहि असोज २१ देखि २५ गतेसम्म काठमाडौंको भृकुटीमन्डप प्रदर्शनी हलमा ‘नेपाल चेम्बर एक्स्पो २०७२’ को आयोजना गर्ने भएको छ । हालै गएको विनाशकारी भूकम्पले गर्दा देशको आर्थिक, औद्योगिक तथा व्यापारिक क्षेत्रहरू सुस्ताइरहेको अवस्थामा […]

२०७२ भाद्र २९ गते, मंगलवार

घटेको भाडादर लागू गर्न अनुगमन

काठमाडौ २८ भदौ । सरकारले सार्वजनिक गाडीमा घटेको भाडादर लागू गर्न अनुगमन थालेको छ । यातायात व्यवस्था विभागले अनुगमनका क्रममा भाडा बढी लिने गाडीलाई कारबाही गर्ने बताएको छ । हिजो ३० वटा गाडीलाई कारबाही गरिएको र आज पनि बिहानैदेखि अनुगमन थालेको विभागले जनाएको छ । विभागका प्रवक्ता वसन्त अधिकारीका अनुसार सवारी तथा यातायात व्यवस्था ऐन […]

२०७२ भाद्र २८ गते, सोमबार

घटेको भाडादर लागु गर : महासंघ

काठमाडौं,२७ भदौ । यातायात व्यवसायी राष्ट्रिय महासंघले सार्वजनिक गाडीमा घटेको भाडा लागु गर्न सबैलाई परिपत्र गरिसकिएको जनाएको छ । महासंघका महासचिवसरोज सिटौलाका अनुसार केन्द्रबाट सबै अञ्चलमा घटेको भाडा लागु गर्न पत्र पठाइसकिएको छ । तर व्यवसायीले पत्र नपाएको भन्दै पुरानै भाडा दर लिइरहेका छन् । पेट्रोलियम पदार्थको भाउ घटेपछि सरकार र यातायात व्यवसायीबीचको सहमतिमा गएको […]

२०७२ भाद्र २७ गते, आईतवार

नाडा अटो शो भदौ २९ देखि

काठमाडौँ । नेपाल अटो मोबाइल्स एशोसियन अफ नेपाल (नाडा) ले ‘नाडा अटो शो’ आयोजना गर्ने भएको छ । काठमाडौंस्थित भृकुटीमण्डपमा भदौ २९ गतेदेखि सवारी साधनको कुम्भ मेला लाग्ने नाडाले जनाएको हो । १२० वटा अवलोकन कक्ष हुने मेलामा विभिन्न ३२ ब्रान्ड सहभागी हुने नाडाले जनाएको छ । विगतको नाडा अटो शोभन्दा यस पटकको अटो शो […]

२०७२ भाद्र २६ गते, शनिबार

लाङटाङबासी थातथलो फर्किए

काठमाडौं, २५ भदौ । काठमाडौंको पहेँलो गुम्बामा शरण लिई बसेका रसुवाको लाङ्टाङबासी चार महिनापछि आफ्नो थातथलोमा फर्किएका छन् । हिमपहिरो र सुख्खा पहिरोले पैदलमार्ग भत्किएका कारण हवाई मार्गबाट उनीहरु लाङटाङ फर्किएका हुन् । पहेँलो गुम्बामा शरण लिई बसेको बिस्थापितहरु विभिन्न संघ संस्थाको सहयोगमा हेलिकोप्टरमार्फत् लाङटाङ पुगेका हुन् । तत्काल गोरेटो बाटो र अन्य आवश्यक पूर्वाधार […]

२०७२ भाद्र २५ गते, शुक्रबार

‘लोडसेडिङ मुक्त गर ‘

काठमाडौं, २३ भदौ । कञ्चनपुरलाई लोडसेडिङ मुक्त जिल्ला घोषणा गर्न माग गर्दै कञ्चनपुरका विद्यार्थी संगठनहरुले आज जिल्ला बन्दको आह्वान गरेका छन् । विद्यार्थीको बन्दका कारण यातायात, शैक्षिक संस्था र बजार ठप्प बनेका छन् । बन्दका क्रममा विद्यार्थीहरुले जिल्ला वन कार्यालय कञ्चनपुरको एउटा मोटरसाइकल र बसपार्कका केही पसलमा समेत तोडफोड गरेका छन् । तोडफोडमा उत्रिएका बिद्यार्थीलाई […]

२०७२ भाद्र २३ गते, बुधबार

‘ सेयर कारोबारमा भ्याट नलगाउ ‘

काठमाडौं । सेयर बजार विज्ञ र लगानीकर्ताले सेयर कारोबारमा मूल्य अभिवृद्धि कर (भ्याट) नलगाउन सरकारसँग आग्रह गरेका छन् । सेयर लगानीकर्ताले ब्रोकरलाई तिर्ने कमिसनमा भ्याट लगाउने आशयले आन्तरिक राजस्व कार्यालयले पत्राचार गरेपछि लगानीकर्ता झस्केका छन् । ब्रोकरले लिने कमिसनमा भ्याट लाग्ने भनिए पनि यसको भार आफूहरुलाई नै पर्ने लगानीकर्ताको गुनासो छ । सेयर कारोबारमा भ्याट […]

२०७२ भाद्र २२ गते, मंगलवार