अर्थ

डिजेल र मट्टितेलको मूल्य पुन घट्यो

काठमाडौं,२१ भदौ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको बिक्री मूल्य फेरि घटाएको छ । निगमले आइतबार राति १२ बजेदेखि लागू हुने गरी डिजेल र मट्टितेलमा एक/एक रुपैंया घटाउने निर्णय गरेको हो । निगमका प्रवक्ता दीपक बरालका अनुसार सार्वजनिक यातायातको भाडा कम गर्न सरकारलाई सहयोग होस् भन्ने उद्देश्यले डिजेल र मट्टितेलको मूल्यमा प्रति लिटर एक/एक […]

२०७२ भाद्र २१ गते, सोमबार

टेलिकमको २० र ३० रुपैयाँको रिचार्ज कार्ड बजारमा

काठमाडौ, २० भदौ । नेपाल टेलिकमले अबदेखि २० र ३० रुपैयाँको रिचार्ज कार्ड पनि बजारमा ल्याउने भएको छ । मध्यम तथा तल्लो तहसम्म रिचार्ज कार्डको पहुँच पुर्याउने उद्देश्यले टेलिकमले साना दरका कार्ड बजारमा ल्याउने तयारी गरेको हो । अहिलेसम्म ५०, १ सय, २ सय, ५ सय तथा हजार रुपैयाँका कार्ड बजारमा उपलब्ध भएपनि अब भने […]

२०७२ भाद्र २० गते, आईतवार

नयाँ वाणिज्य नीति सार्वजनिक

काठमाडौं । सरकारले २०६५ को वाणिज्य नीति विस्थापन गर्दै परिमार्जनसहितको नया वाणिज्य नीति २०७२ सार्वजनिक गरेको छ । बुधबार वाणिज्य तथा आपूर्तिमन्त्री सुनिलबहादुर थापाले सो नीतिको सार्वजनिक गरेका हुन् । नयाँ वाणिज्य नीतिले आपूर्तिजन्य क्षमताको सुदृढीकरण गर्ने र विश्व बजारमा मूल्य अभिबृद्धियुक्त प्रतिस्पर्धी वस्तु तथा सेवाको निकासी बढाइ व्यापारघाटा कम गर्ने, क्षेत्रीय तथा विश्व बजारमा […]

२०७२ भाद्र १७ गते, बिहीबार

क्षतिपूर्तिमा मनलाग्दी

काठमाडौं, १६ भदौ । गृह मन्त्रालयले विभिन्न व्यक्तिहरुलाई क्षतिपूर्ति दिने नाममा मनलाग्दी गरेको छ । क्षतिपूर्ति दिने नाममा गृह मन्त्रालयले आफूखुसी लाखौं रुपैयाँको ‘आर्थिक सहायता’ र ‘क्षतिपूर्ति’ बाँडेको छ । यसरी आर्थिक सहायता पाउनेमा भारतीय नागरिकसमेत परेका छन् । गृहले सुर्खेतका टीकाराम गौतम, मानबहादुर बीसी र गोपालसिंह रजवारको परिवारलाई जिल्ला प्रशासन कार्यालयमार्फत ३० लाख रुपैयाँ […]

२०७२ भाद्र १६ गते, बुधबार

इन्धनको मूल्य घट्यो

काठमाडाैँ, १६ भदाै । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको बिक्री मूल्य बुधबारबाट लागू हुने गरी घटाएको छ । निगमले पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँ ५० पैसा, डिजेल र मट्टितेलमा दुई रूपैयाँ तथा खाना पकाउने ग्यासमा प्रतिसिलिन्डर ३५ रूपैयाँ घटाइएको निगमका प्रवक्ता दीपक बरालले जानकारी दिए । यसअघि पेट्रोलको मूल्य प्रतिलि १०६ रूपैयाँ र ५० पैसा तथा […]

२०७२ भाद्र १६ गते, बुधबार

भारतमा इन्धनको मूल्यमा अत्यधिक गिरावट

काठमाडौं,१५ भदौ । भारतमा एक महिनाको अवधिमा तीन पटक पेट्रोलियम पदार्थको मूल्य घटेको छ । भारतमा गए मध्यरातदेखि पेट्रोलको मूल्यमा प्रतिलिटर दुई रुपैयाँ (भारु) कटौती गरिएको छ । त्यस्तै डिजेलमा पचास पैसा प्रतिलिटर मूल्य घटेको छ । भारतीय आयल कर्पोरेशनका अनुसार अन्तर्राष्ट्रिय बजारमा तेलको मूल्यमा कटौती भइरहेका कारण इन्धनको मूल्य घटाइएको हो । नेपालमा भने […]

२०७२ भाद्र १५ गते, मंगलवार

पेट्रोलियम पदार्थको हाहाकार

काठमाडौं, १४ भदौ । अनिश्चितकालीन मधेस बन्दको कारण महोत्तरीको सदरमुकाम जलेश्वरमा पेट्रोलियम पदार्थको हाहाकार भएको छ । विगत १७ दिनदेखि मधेस बन्दका कारण जलेश्वरको सात वटा पेट्रोलपम्पमा पेट्रोल र डिजेल पाउन छाडिएको छ । त्यस्तै जिल्लाको पिपरा, रामगोपालपुर, औरही, सुगा, सहोडवा, मनरा, सम्सी, गौशालासहितका ठाउँमा रहेको पेट्रोलपम्पमा पनि पेट्रोलियम पदार्थ नरहेको जनाइएको छ । जिल्लामा […]

२०७२ भाद्र १४ गते, सोमबार

अघोषित मिल्क होलिडेले दैनिक ५० हजार लिटर दूध खेर जाँदै

काठमाडौं, १४ भदौ । दुग्ध विकास संस्थानले अघोषित मिल्क होलिडे लागु गरेपछि दैनिक ५० हजार लिटर दूध खेर गएको छ ।बजारको समस्या भएपछि सरकारी स्वामित्वको दुग्ध विकास संस्थानसहितका निजी डेरीहरुले विभिन्न क्षेत्रबाट दैनिक रुपमा दूधको खरिद गर्न छाडेका हुन् । बजारीकरणको समस्याले दैनिक झण्डै ५० हजार लिटर दूध खेर जान थालेको छ । दूधको उत्पादन […]

२०७२ भाद्र १४ गते, सोमबार

टेलिकमको ग्राहक सवा करोड नाघ्यो

काठमाडौँ । नेपाल टेलिकमकाले हालै सार्वजनिक गरेको तथ्यांकअनुसार उसको कुल ग्राहक १ करोड २८ लाख २७ हजार ७ सय पुगेको छ । यो ग्राहक संख्या ६ वर्ष अगाडिको तुलनामा १ सय ३४ प्रतिशत बढी हो । २०६७ असार मसान्तमा टेलिकमका ग्राहक संख्या ५४ लाख ६४ हजार थियो । ग्रामीण तथा सहरोन्मुख क्षेत्रमा दूरसञ्चार सेवाको प्रयोग […]

२०७२ भाद्र १२ गते, शनिबार

धराशायी बन्दै वायुसेवा निगम

काठमाडौँ, ११ भदौ । मुलुकको एकमात्र राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमका वरिष्ठ पदाधिकारीबीचको विवादले संस्थाको सम्पूर्ण काम कारबाही प्रभावित भएको छ । निगमका अध्यक्ष र महाप्रबन्धकबीचको आपसी खिचातानीले संस्थालाई धरासायी बनाउने खेल सुरु भएको भन्दै सम्बद्ध पदाधिकारी नै आरोप प्रत्यारोपमा उत्रिएका छन् । दुई पदाधिकारीबीचको विवादले निगममा लामो समयदेखि बोर्ड बैठक बस्न नसक्दा निगमका कतिपय […]

२०७२ भाद्र ११ गते, शुक्रबार