अर्थ

ढुकुटी कारोबार गर्नेलाई नौ वर्षसम्म कैद हुने

काठमाडौं, वैशाख ९ । ढुकुटी खेलाउनुलाइर्क्ष् नेपाल कानुनले पहिलोपटक बैंकिङ कसुर परिभाषित गरेको छ । प्रस्तावित विधेयकले सहकारी र ढुकुटीलाई पनि समेटेको छ । प्रस्तावित विधेयकको दफा १४ (क) मा ढुकुटीलाई बैंकिङ कसुर मानिएको छ ।ढुकुटीलाई बैंकिङ कसुरअन्तर्गत राखिएको यो पहिलो पटक हो । यसअघि ढुकुटी कारोबारमा पक्राउ परेका अभियुक्तलाई ठगी र सार्वजनिक अपराध मुद्दा […]

२०७२ बैशाख ९ गते, बुधबार

परराष्ट्रमा भ्रस्टाचारीको राइदाइ

काठमाडौं, ८ बैशाख । विदेशस्थित नेपाली दूतावास तथा नियोगमा कार्यरत परराष्ट्र मन्त्रालयका कर्मचारीले परिवार साथमा रहेको प्रमाण नै पेस नगरी साढे ८ करोड रुपैयाँ पारिवारिक भत्ता बुझेको देखिएको छ। परिवार साथमा नलगे पनि उनीहरूले मन्त्री र सचिवको निर्णय गराई भत्ता बुझेका हुन्। यस्ता केहीले त निर्णय नै पेस नगरी पनि पारिवारिक भत्ता लिएका छन्।२०५१ जेठ […]

२०७२ बैशाख ८ गते, मंगलवार

कपडा पसलमा आगलागी करोड बराबरको क्षति

काठमाडौँ , ७ बैशाख । झापाको भद्रपुर–६ स्थित प्रदिप बस्त्रालयमा आगो लाग्दा एक करोड रुपैयाँ बराबरको क्षति भएको छ । विद्युत चुहावट भई आगो लाग्दा उक्त मुल्य बराबरको क्षति भएको वडा प्रहरी कार्यालय भद्रपुरले जनाएको छ । राती १० बजे लागेको आगो डेढ घण्टापछि नियन्त्रणमा आएको थियो । भद्रपुर र मेचीगनरका दुई वटा दमकल, नेपाल […]

२०७२ बैशाख ७ गते, सोमबार

भाषा परीक्षा उतीर्ण गर्दैमा कोरिया जान पाइँदैन

काठमाडौ । दक्षिण कोरियाको रोजगारीका लागि भाषा परीक्षा उतीर्ण गर्नेमध्ये ७५ प्रतिशतले मात्रै कोरिया प्रवेश पाएका छन् । सउलस्थित नेपाली दूतावासका अनुसार रोजगार अनुमति प्रणाली लागू भएयता भाषा उत्तीर्ण गर्ने २५ प्रतिशत कोरिया आउन पाएका छैनन् । भाषा परीक्षा उतीर्ण गर्दैमा कोरिया जान पाइँदैन ।

२०७२ बैशाख ६ गते, आईतवार

राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला वैशाख २० देखि

काठमाडौँ । उद्योग व्यापार प्रवद्र्धन संस्थाले १२ बर्षे रातो मच्छिन्द्रनाथको रथयात्राको अवसर परेर ललितपुरको जावलाखेलस्थित पूmटबल मैदानमा राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला गर्ने भएको छ । संस्थाले ‘नेपालको पहिचान हस्तकला र संस्कृतिको उत्थान’ भन्ने मुल नाराका साथ राष्ट्रिय हस्तकला औद्योगिक व्यापार मेला २०७२ ललितपुर उपमहानगरपालिका वडा नं ४ जावलाखेल स्थित पूmटबल मैदानमा आयोजना गर्न लागेको […]

२०७२ बैशाख ५ गते, शनिबार

सार्वजनिक यातायातमा ठगी, सरकार मौन

काठमाडौं, ५ बैशाख । मिलेमतोमा सार्वजनिक यातायात व्यवसायीले यात्रुबाट दैनिक लाखौंं रुपैयाँ ठग्दै आएका छन्।व्यवसायीले सरकारले तोकेको न्यूनतम भाडा दरभन्दा बढी रकम असुलेर उपत्यकाबाट हरेक दिन ३६ लाख रुपैयाँभन्दा बढी असुलेको पाइएको छ।यातायात क्षेत्रका बेथिति सम्बोधन गर्न यातायात व्यवस्था विभागको संयोजकत्वमा केन्द्रीय अनुगमन समिति गठन भए पनि प्रभावकारी रूपमा नियमन नहुँदा यात्रुहरूले न्यूनतम दूरीमा सरकारले […]

२०७२ बैशाख ५ गते, शनिबार

लोडसेडिङ पुन घट्यो

काठमाडौं, ४ वैशाख । नेपाल विद्युत् प्राधिकरणले साविकको लोडसेडिङ तालिका हेरफेर गरेको छ । प्राधिकरणले शुक्रबार (आज)देखि लागू हुने गरी नयाँ तालिका सार्वजनिक गरेको हो ।प्राधिकरणको नयाँ तालिकाअनुसार अब सातामा ५५ घन्टासम्म लोडसेडिङ हुनेछ । यसअघि सातामा ५९ घन्टासम्म विद्युत् कटौती हुँदै आएको थियो ।अब सातामा ६ दिन ८ घन्टा र एक दिन ७ घन्टासम्म […]

२०७२ बैशाख ४ गते, शुक्रबार

चार वर्षदेखि तलब नपाए पछि

काठमाडौ, ३ बैशाख । नवलपरासीको गैँडाकोटमा रहेको भृकुटी कागज कारखाना बन्द भएको पाँच वर्ष हुन थाल्दा पनि त्यहाँ कार्यरत स्थायी कर्मचारीले तलब पाएका छैनन् । भृकुटी कागज कारखानामा कार्यरत ३४२ कर्मचारीले चार वर्षदेखिको तलब पाउन नसकेको सङ्घर्ष समितिका संयोजक दर्शन सापकोटाले बताए ।सो कारखानामा कार्यरत कर्मचारीले झन्डै २० करोड तलब नपाएको उनले बताए । ‘रकम […]

२०७२ बैशाख ३ गते, बिहीबार

जलविद्युत् विकासमा सघाउने नर्वेको चाहना

काठमाडौँ, २ वैशाख । नर्वेले नेपालको आर्थिक विकासको मेरुदण्डका रुपमा रहेको जलविद्युत् क्षेत्रको विकासमा लगानी वृद्धि गर्ने चाहना व्यक्त गरेको छ । नेपालको दुईदिने औपचारिक भ्रमणमा रहेका नर्वेका विदेश राज्यमन्त्री मोर्टेन हगलन्डले परराष्ट्र मन्त्री महेन्द्रबहादुर पाण्डेसँग आज परराष्ट्र मन्त्रालयमा भएको भेटवार्तामा त्यस्तो चाहना व्यक्त गरेका हुन् ।आफूसँगको भेटमा नर्वेले नेपालको लोकतन्त्र, सुशासन प्रवद्र्धन, शिक्षा र […]

२०७२ बैशाख २ गते, बुधबार

काठमाडौंमा चोरको बिगबिगी

काठमाडौ, २ बैशाख । काठमाडौंका हरेक प्रहरी कार्यालयमा चोर भेटिन्छन् । प्रहरीले उनीहरुलाई पक्राउ गरेर ल्याउछ, थुन्छ, कानुनी अन्तगर्त मद्दा चलाउँछ । तर ती चोर केही समयपछि नै छाडिन्छन् । छाडिएलगत्तै उनीहरु पूरानै पेसा चोरीमै फर्किहाल्छन् । पक्राउ गरेर ल्यायो, केही सार्वजनिक अपराध ऐन अन्तर्गत मुद्दा चलायो, त्यसको केही समयपछि चोर छुट्छन् । यसरी काठमाडौंमा […]

२०७२ बैशाख २ गते, बुधबार