अर्थ

आज साढे ६४ करोडको नेप्से कारोबार

काठमाडौँ , २४ साउन। आज साताको पहिलो दिन नेप्सेले सुधारात्मक कारोबार गरेको छ । कुल १ सय ३८ वटा कम्पनिको ११ लाख १० हजार ८ सय ५ कित्ता शेयर ४ हजार ४४ पटक किनबेच हुँदा ६४ करोड ५१ लाख ४५ हजार ३ सय ८४ रुपैँया बराबरको कारोबार भएको छ । सिमाङ्कनको प्रभावले आज नेप्से परिसूचक […]

२०७२ श्रावण २४ गते, आईतवार

इजरायलमा महिला कामदार लैजाने विषयमा सम्झौता हुदै

काठमाडौ, २२ साउन। इजरायलले नेपाली महिला कामदार लैजाने विषयमा आज नेपाल सरकार र इजरायलबीच दुई पक्षीय सम्झौता हुँदैछ । कामका लागि महिला कामदार जान पाउनेसम्बन्धी सम्झौता पत्रमा आज श्रम तथा रोजगार मन्त्रालयमा हस्ताक्षर हुँदैछ । दुई पक्षीय सम्झौतामा हस्ताक्षर गर्न इजरायली पक्ष पनि नेपाल आइसकेको श्रम तथा रोजगार राज्यमन्त्री टेकबहादुर गुरुङले जानकारी दिए । मन्त्रालयका […]

२०७२ श्रावण २२ गते, शुक्रबार

तातोपानी नाका संचालनमा

काठमाडौ, २१ साउन । नेपाली सेनाको सहयोगमा चीनको सशस्त्र प्रहरीले भूकम्पपछि पहिरोले अवरुद्ध नेपाल–चीन तातोपानी नाका खुलाएको छ ।चीनको सशस्त्र प्रहरीले पहिरो हटाई हिजो साँझदेखि बाटो खुलाएको सिन्धुपाल्चोक प्रहरीले जानकारी दिएको छ । आजदेखि गाडी आवात जावत सुरु भएको छ । वैशाख १२ को भूकम्पले त्यो नाका बन्द भएर कोदारी राजमार्गमार्फत नेपाल–चीन स्थल यातायात सम्पर्क […]

२०७२ श्रावण २१ गते, बिहीबार

सार्वजनिक सवारी साधनको भाडा घट्दैन : विभाग

काठमाडौँ, २० साउन । पेट्रोलियम पदार्थको भाउ घटे पनि सार्वजनिक सवारी साधनको भाडा तत्काल नघट्ने भएको छ । पेट्रोलियम पदार्थको भाउ रु पाँचभन्दा बढी घटेमात्र सार्वजनिक सवारी साधनको भाडा घट्ने व्यवस्था वैज्ञानिक भाडा पद्धतिमा गरिएकाले तत्काल भाडा नघट्ने यातायात व्यवस्था विभागले जनाएको छ । सरकारले विसं २०६५ फागुन २१ गते वैज्ञानिक भाडा पद्धति लागू गरेको […]

२०७२ श्रावण २० गते, बुधबार

६ वटा मन्त्रालय नेतृत्वविहीन

काठमाडौं, २० साउन । सरकारका ६ वटा महत्वपूर्ण मन्त्रालय र निकाय सचिवविहीन भएका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका सचिव तुलसी सटौला ५८ वर्ष उमेर पूरा गरी मंगलबारदेखि अनिवार्य अवकास पाएपछि प्रशासनिक नेतृत्वविहीन मन्त्रालय र निकायको संख्या ६ पुगेको हो । प्रशासनिक निकाय नेतृत्वविहीन भए पनि सरकारले बढुवा प्रक्रिया अघि बढाएको छैन । हाल […]

२०७२ श्रावण २० गते, बुधबार

​सुन तोलाको ४७ हजार ५ सय

काठमाडौं,१९ साउन। सुनको भाउ तोलामा ३ सय रुपैयाँ घटेर तोलाको ४७ हजार ५ सय रुपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । सुनको भाउ सोमबार २ सय रुपैयाँले घटेको थियो । यस्तै चाँदीको भाउ पनि मंगलबार तोलाको ५ रुपैयाँ सस्तो भएको छ । चाँदी तोलाको ६ सय ६० रुपैयाँमा किनबेच भैरहेको छ । अन्तर्राष्ट्रिय […]

२०७२ श्रावण १९ गते, मंगलवार

भारतीय बजारमा नक्कली नोटको बिगबिगी

काठमाडौ, १९ साउन । एक ताजा प्रतिवेदन अनुसार बजारमा चार सय करोड रुपैयाँ बराबरको भारतीय नक्कली नोट उपलब्ध छ । राष्ट्रिय जाँच एजेन्सीका तर्फबाट गरिएको पछिल्लो अध्ययनमा यो तथ्य प्रकाशमा आएको हो । प्रत्येक वर्ष ७० करोड भारतीय नक्कली नोट बजारमा आउने गरेको पनि सो अध्ययनले खुलासा गरेको छ । एउटा भारतीय गुप्तचर निकाय ‘आइबी’ले […]

२०७२ श्रावण १९ गते, मंगलवार

मोदीखोलाको विद्युत उत्पादन पुन : शुरु

काठमाडौं, १८ साउन । ६ दिनअघि बाढी पहिरोले बन्द भएको मोदीखोला जलविद्युत आयोजनाको विद्युत उत्पादन शुरु भएको छ । पर्वतको पातिचौरस्थित १४ दशमलव ८ मेगावाटको मोदीखोला जलविद्युत आयोजनाले हिजो बेलुकादेखी विद्युत उत्पादन शुरु गरेको हो । गतबुधबार राती आएको बर्षाका कारण मोदीखोलामा बाढी आउँदा बन्द भएको आयोजनाको प्रसारणलाईन मर्मत पछि बिद्युत उत्पादन सुचारु भएको हो […]

२०७२ श्रावण १८ गते, सोमबार

निशुल्क भिसा र टिकट लाभदायक

काठमाडौं । बैदेशिक रोजगार धेरै नेपालीको जीवन निर्वाहको आधार बनेको छ । स्वेशमा भरपर्दो रोजगारीको अभावमा लाखौं नेपाली खाडी मुलुकमा श्रम गरिरहेका छन् । बैदेशिक रोजगारीबाट प्राप्त आम्दानीमध्येको रेमिट्यान्सबाट देशको अर्थतन्त्रमा ठूलो सघाउ पुगिरहेको छ । त्रिभुवन अन्तराष्ट्रिय विमान स्थलबाट मात्र दैनिक १५ सय बढी युवा विदेश गइरहेका छन् । आधिकारिक तथ्याङ्क नभए पनि करिब […]

२०७२ श्रावण १७ गते, आईतवार

मोदीखोला र तल्लो मोदीखोलाको उत्पादन बन्द

काठमाडौ, १५ साउन । अविरल वर्षाका कारण मोदीखोलामा बाढी आउँदा दुई जलविद्युत् आयोजनाको उत्पादन बन्द भएको छ । पहिरोका कारण पर्वतको देउपुरस्थित १४.८ मेघावाट क्षमताको मोदीखोला जलविद्युत् केन्द्र र चुवास्थित १० मेघावाट क्षमताको तल्लो मोदीखोला एकमा विद्युत् उत्पादन बन्द भएको हो । पर्वतको तिलहार गाउँ विकास समिति–९ बेतनीमा गएको पहिरोले प्रसारण लाइनमा क्षति पु¥याएपछि मोदीखोला […]

२०७२ श्रावण १५ गते, शुक्रबार