अर्थ

दुईवटा ब्राण्डको तेल बिक्री वितरणमा रोक

काठमाडौँ । वाणिज्य तथा आपूर्ति व्यवस्थापन विभागले दुईवटा ब्राण्डको तेललाई मुलुकभर बिक्री वितरणमा रोक लगाएको छ। विभागको नेतृत्वमा महानगरीय प्रहरी परिसर हनुमानढोका र उपभोक्ता मञ्च नेपालको सहभागितामा लाजिम्पाट र पुतलीसडक क्षेत्रमा गरिएको बजार अनुगमनका क्रममा अधिकतम बिक्री मूल्य र उत्पादित मिति नलेखी बिक्री वितरण गरिएको अवस्थामा भेटिएका तेललाई रोक लगाइएको विभागले जनाएको छ । लाजिम्पाटमा […]

२०७१ फाल्गुन २८ गते, बिहीबार

डलरको मूल्य आकासियो

काठमाडौ । विश्व बजारमा अमेरिकी डलरको मूल्य आकासिएको छ । अब विदेशमा आर्जन गरेको पैसा नेपाल पठाउनेलाई फाइदा हुने भएको छ । विश्व बजारमा अमेरिकी डलर मजबुत भएकाले प्रति डलर मूल्य फेरि एक सय रुपैंया भन्दा माथि पुगेकेा छ । झण्डै दुई महिना पछि डलर पुनः तीन अंकमा पुगेको हो। यो बृद्धिले विदेशमा डलर आर्जन […]

२०७१ फाल्गुन २७ गते, बुधबार

मलद्वारमा लुकाएर सुन तस्करी

काठमाडौ २७ फागुन । सुन तस्करले भरियालाई मलद्धारमा कुलाउन लगाएर सुन तस्करी गराउन थालेका छन् । मलद्धारमा लुकाएर ल्याएको करिव ४ किलो सुनसहित सातजनालाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाले अस्पतालमा मेडिकल प्रविधिमार्फत मलद्धारभित्र लुकाएको सुन निकालेको छ । प्रहरी अस्पतालमा राखेर भरत कार्की, इश्वर बस्नेत, सुनील खड्का र लक्ष्मण कार्कीको मलद्धारबाट दुई […]

२०७१ फाल्गुन २७ गते, बुधबार

म्यानपावर व्यावसायीले घुडा टेकाए सरकारलाइ

काठमाडौ, २६ फागुन। म्यानपावर व्यावसायीले सरकारलाइ घुडा टेकाएका छन । म्यानपावर व्यवसायीको दबाबपछि बैंकिङ कारोबार अनिवार्य गर्नबाट सरकार पछि हटेको छ ।ब्यवसायीको विरोध र दबाब आएपछि श्रम तथा रोजगार मन्न्त्रालयले वैदेशिक रोजगार बिभागलाई तत्काल बैंकिङ कारबार नगर्न निर्देशन दिएको छ । मन्त्रालयबाट अनिवार्य नगर्न आदेश पाएको भन्दै विभागले पनि समान्य रसिदका भरमा म्यानपावर कम्पनीका फाइल […]

२०७१ फाल्गुन २६ गते, मंगलवार

सुन तस्करीमा व्यापारीकै संलग्नता

काठमाडौं । व्यवसायीकै संलग्नतामा संगठित रुपमा सुनचाँदी चोरी पैठारी हुने गरेको खुलेको छ । महानगरीय प्रहरी अपराध महाशाखाले सुनचाँदी चोरी पैठारीमा संलग्न न्यूरोडको द युनाइटेड गोल्डमार्कका संचालक आकाश कुमार बज्राचार्यसहितको गिरोहलाई पक्राउ गरेको छ ।गत पुस २६ गते प्रहरीले सानोठिमीका प्रविण तिमल्सिना र दुवाकोटका देउता तिमल्सिनाको घरमा छापा मार्दा २-२ केजी अवैध सुनसहित ६ जनालाई […]

२०७१ फाल्गुन २५ गते, सोमबार

पीडितद्वारा वैदेशिक रोजगार विभागमा तालाबन्दी

काठमाडौ, २५ फागुन । कोरिया पठाइदिने भन्‍दै तीन करोडको ठगीमा परेका युवाहरुले वैदेशिक रोजगार विभागमा तालाबन्दी गरेका छन्। तीनकुनेस्थित कार्यालयमा उनीहरुले बिहान ९: ३० बजे वैदेशिक रोजगार विभाग र उजुरी शाखामा तालाबन्दी गरेका हुन। आफूहरुले ठगिएकोबारे वैदेशिक रोजगार विभागले कुनै सुनुवाइ नगरेको, ठगेर फरार भएका म्‍यानपावर कम्‍पनीका दलालहरुलाई नसमातिएको र कुनै प्रगति विवरण नदिनुका साथै […]

२०७१ फाल्गुन २५ गते, सोमबार

सुनको भाउ ओरालो लाग्यो

काठमाडौं,२५ फागुन । हिजो अाइतबार सुनको भाउ तोलामा ११ सय रुपैंयाले घटेपछि सुन बजारमा केहि चहलपहल बढेको छ । उपभोक्ताको चहलपहल बढेपनि भाउ सोध्नको लागि मात्र उपभोक्ता छिर्ने गरेको ललितपुर सुनचाँदी व्यवसायी संघका निवर्तमान अध्यक्ष रुपकुमार शाक्यले बताए । उनका अनुसार अझैपनि सुनको भाउ घट्छ कि भनेर उपभोक्ता पर्ख र हेरको मनस्थितिमा छन् ।यसपाली विवाहको […]

२०७१ फाल्गुन २५ गते, सोमबार

आयल निगम १० अर्ब नाफामा

काठमाडौ, २४ फागुन । निरन्तर नोक्सानीमा सञ्चालन भएको नेपाल आयल निगमले चालू आर्थिक वर्षको सात महिनामा झन्डै दश अर्ब नाफा गरेको छ । नाफामध्ये ६ अर्ब ६५ करोड रुपैयाँ ऋण भुक्तानी गरिएको निगम प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । १३ असोजबाट पेट्रोल,डिजेल र मट्टिितेलको मूल्य अन्तर्राष्ट्रिय बजारअनुसार समायोजन हुन थालेपछि निगमले नाफा कमाउन थालेको हो […]

२०७१ फाल्गुन २४ गते, आईतवार

राष्ट्रिय रोजगार नीति पारित

काठमाडौँ । सरकारले रोजगारको बढी सम्भावना भएका मुख्य ६ क्षेत्रलाई प्राथमिकतामा राखेर ‘राष्ट्रिय रोजगार नीति–२०७१’ पारित गरेको छ । श्रम तथा रोजगार मन्त्रालयको प्रस्तावमा मन्त्रिपरिषद्को आर्थिक तथा पूर्वाधार समितिको बैठकले सो नीति पारित गरेको हो । कृषि, उत्पादन, निर्माण, पर्यटन, सूचना–प्रविधि र जलस्रोत र ऊर्जालाई रोजगारीको प्रमुख क्षेत्र मानी प्राथमिकतामा राखिएको छ । नीतिमा यी […]

२०७१ फाल्गुन २३ गते, शनिबार

त्रिभुवन विमानस्थल सुचारु

काठमाडौ, २२ फागुन। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको धावन मार्गमा दुर्घटनामा परेको टर्किस एयरलाइन्सको विमान भारतबाट उपकरणसहित आएको विज्ञ टोलीले बिहिबार दिउँसो, राति र शुक्रबार बिहानको अथक प्रयासपछि हटाउन सफल भएको छ । टर्किस एयरलाइन्सको उडान नं टिके ७२६ विमान अवतरण गर्ने क्रममा बुधबार बिहान धावन मार्गको पश्चिमपट्टि किनारमा अड्किएर धावन मार्ग अवरुद्ध भएपछि अन्तर्राष्ट्रिय उडान रद्द […]

२०७१ फाल्गुन २२ गते, शुक्रबार