अर्थ

चैत १३देखि पुष्प प्रदर्शनी

काठमाडौं- आगामी चैत १३(बिहीबार )देखि राजधानीमा दोस्रो अन्तर्राष्ट्रिय पुष्प प्रदर्शनी हुने भएको छ । भृकृटीमण्डपस्थित प्रदर्शनी हलमा चैत १६ गतेसम्म चल्ने प्रदर्शनीमा ५ सयभन्दा बढी प्रजातिका आलंकारिक फूल तथा बिरुवाको प्रदर्शनी तथा बिक्री गरिने आयोजकले जनाएको छ । मेलामा नेपालसहित ६ देशका पुष्प व्यवसायीको उपस्थिति हुने आयोजक फ्लोरिकल्चर एसोसिएसन अफ नेपाल (फ्यान)ले जनाएको छ । […]

२०७० चैत्र ११ गते, मंगलवार

किसानका उखु बारी मै सुके

काठमाडौँ , १० चैत । किसानको उखु बारीमा हुँदै जिल्लामा रहेका चिनी उद्योगहरू बन्द भएपछि सुकेर खेर जान थालेका छन् । उखुको भुक्तानी नपाएको भन्दै नवलपरासीका किसानले मूल्य माग गर्दा चिनी उद्योगहरू उखु क्रसिङ नसकिँदै बन्द भएका हुन् । माघदेखि उखु क्रसिङ थाले पनि चिनी उद्योगहरूले मूल्य निर्धारण नभएको भन्दै किसानलाई भुक्तानी दिएका छैनन् । […]

२०७० चैत्र १० गते, सोमबार

जगदम्बा स्टील उद्योगमा तालाबन्दी

काठमाडौं ,१ चैत्र । प्रदुषणबाट पीडित भएको भन्दै स्थानीयबासिन्दाले आज बाराको सिमरास्थित जगदम्बा स्टील उद्योगमा तालाबन्दी गरेका छन् । खिया लागेको फलाम पगाल्न उद्योगको चारवटा भट्टीमा आगो लगाएपछि त्यसबाट निस्केको धुँवाले सिमरा वरिपरिको क्षेत्र नै अँध्यारो बनाइ तुँवालो लाग्ने क्रम नरोकिएको भन्दै स्थानीयले ताला लगाएका हुन् ।उद्योगबाट निस्केको धुलो र धुँवाले विभिन्न रोग लाग्नुका साथै […]

२०७० चैत्र १ गते, शनिबार

पेट्रोलियम पदार्थको मुल्य बढयो

काठमाडौं , ३० फागुन । नेपाल आयल निगमले आजदेखि लागु हुने गरि पेट्रोलियम पदार्थको मुल्य बृद्धि गरेको छ ।नेपाल आयल निगम सञ्चालक समितिको बैठकले पेट्रोलियम पदार्थको भाउ बढाएको निगमका प्रवक्ता मुकुन्द घिमिरेले जानकारी दिए । जस अनुसार पेट्रोलको भाउ लिटरमा १० रुपैयाँ, डिजेल र मट्टितेलको भाउ ६/६ रुपैयाँ वृद्धि गरिएको हो ।नयाँ भाउ अनुसार अब […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

मूल्यवृद्धि नौ प्रतिशत

काठमाडौँ, ३० फागुन। आर्थिक वर्ष २०७०/७१ को सात महिना सूचकले मूल्यवृद्धि सीमाभन्दा बाहिर नगएको देखाएको छ । अघिल्लो वर्ष दोहोरो अङ्कमा वृद्धि दर पुगेको मुद्रास्फीति चालू आवको सात महिनामा सीमाभन्दा बाहिर नगएको हो । दोहोरो अङ्कभन्दा कम रहेको मुद्रास्फीतिलाई नियन्त्रणभित्रैको अधिकारीहरूले औँल्याउने गरेका छन् । नेपाल राष्ट्र बैङ्कले सार्वजनिक गरेको देशको वर्तमान आर्थिक अवस्थाको स्थितिमा […]

२०७० फाल्गुन ३० गते, शुक्रबार

सरकार साझा सहमतिको नीति तथा कार्यक्रम ल्याउदै

काठमाडौं, २९ फागुन । सरकारले एक बर्षभित्र गर्ने मुख्य काम सहितको साझा सहमतिको नीति तथा कार्यक्रम आज सार्वजनिक गर्ने भएको छ । बिहान मन्त्रिपरिषद्ले पारित गरेपछि साँझ सार्वजनिक हुनेछ । एक वर्षभित्रै संविधान निर्माण र ६ महिनाभित्र स्थानीय निकाय निर्वाचन सम्पन्न गर्ने विषयलाई उच्च प्राथमिकतामा राखेर अन्तिम रूप दिएको कार्यक्रम आज सार्वजनिक गर्ने छ ।समय […]

२०७० फाल्गुन २९ गते, बिहीबार

दूधको मुल्य बढ्यो

काठमाडौ, २८ फागुन । दुग्ध विकास संस्थान (डिडिसी) ले आजदेखि लागुहुने गरी दूधको मूल्य बढाएको छ ।संस्थानले प्रति आधा लिटर दूधको प्याकेटमा ३ रुपैयाँका मूल्य बढाएको हो । दूधको उत्पादन लागत बढेको र अहिले माग अनुसार आपुर्ति हुन नसकेकाले मूल्य बढाउनुपरेको संस्थानले जनाएको छ । संस्थानका अनुसार वृद्धि भएको मूल्यको ६९ प्रतिशत रकम किसानले पाउनेछन् […]

२०७० फाल्गुन २८ गते, बुधबार

न्युनतम साझा कार्यक्रम ल्याइदै

काठमाडौ,२७ फागुन ।सरकारले आज न्युनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी गरेको छ ।आज दिउँसोसम्ममा संयुक्त सरकारको न्यूनतम साझा कार्यक्रम सार्वजनिक गर्ने तयारी भएपनि समय भने अझै टुंगो नलागेको प्रधानमन्त्री कार्यालयले जनाएको छ ।सरकारले सुशासन, आर्थिक विकास, संविधान, नागरिकलाई राहत कार्यक्रम तथा मन्त्रीहरुको आचार संहिता सहितको नीति तथा कार्यक्रम तयार गरेको जनाएको छ ।सरकारको नीति तथा […]

२०७० फाल्गुन २७ गते, मंगलवार

आयल निगम आइओसीको बक्यौता तिर्दै

काठमाडौं, २६ फागुन। आयल निगमले भ्याट फिर्ताको एक अर्ब रुपैयाँ पाएपछि सोमबार पाँच अर्ब रुपैयाँ इन्डियन आयल कर्पोरेसन (आइओसी) लाई पठाउने भएको छ। निगमले पेट्रोलियम पदार्थ ल्याएबापत ८ अर्ब रुपैयाँ आइओसीलाई बुझाउन बाँकी छ।’हामीले भ्याट फिर्ताबापतको एक अर्ब रुपैयाँ पाएपछि सोमबार तीन अर्ब १० करोड भारु आइओसीलाई पठाउँदैछौ,’ निगमका प्रवक्ता मुकुन्दप्रसाद घिमिरेले भने, ‘अझै तीन […]

२०७० फाल्गुन २६ गते, सोमबार

६ खर्बको बजेट बन्दै

काठमाडौ, फाल्गुन २३ – राष्ट्रिय योजना आयोगले सरकारलाई ५ खर्ब ९६ अर्ब रुपैयाँको बजेट सीमा दिएको छ । यही रकमभित्र रहेर अर्थ मन्त्रालयले आगामी वर्षको बजेट निर्माण गर्नुपर्नेछ ।आयोगले चालू आर्थिक वर्षको भन्दा करिब ८० अर्ब रुपैयाँ बढाएर सीमा दिएको हो । चालू आर्थिक वर्षको बजेट ५ खर्ब १७ अर्ब २४ करोड रुपैयाँ बराबरको छ […]

२०७० फाल्गुन २३ गते, शुक्रबार