शुक्रबार ३ श्रावण २०८२
काठमाडौँ । नेपाल राष्ट्र बैंकका अनुसार चालु आर्थिक वर्षको ११ महिनामा मोबाइल बैंकिङमार्फत साढे ३ खर्ब बढीको भुक्तानी कारोबार भएको छ । जेठ मसान्तसम्म २ करोड ४३ लाख ६३ हजार ७७६ जना मोबाइल प्रयोगकर्ताहरूमार्फत कूल ३ खर्ब ५१ अर्ब २८ करोड ७० लाख रुपैयाँ कारोबार भएको हो । यो अघिल्लो महिनाको तुलनामा १५ अर्ब २२ […]
२०८१ असार ३० गते, आईतवारकाठमाडौँ । उद्योग विभागले १० वटा उद्योगलाई भारतबाट चिनी आयातको अनुमति दिएको छ। विभागले भारत सरकारबाट नेपाललाई चिनी आयातको लागि तोकिएको कोटा बमोजिम औद्योगिक कच्चा पदार्थको रुपमा आयात गर्न विभागमा दिएको आवेदन अनुसार १० वटा उद्योगले अनुमति पाएको जनाएको छ।चिनी आयातको अनुमति पाउनेमा एग्रो थाई फुड्स प्रालि, ललितपुर, गुडलाइफ बेभरेज प्रालि, सोनापुर सुनसरी, एसियन बिस्कुट […]
२०८१ असार ३० गते, आईतवारकाठमाडौँ । जिल्ला प्रहरी कार्यालय दमौलीले मकवानपुरको हेटौँडा उपमहानगरपालिका–५ पिप्ले बस्ने २२ वर्षीया आस्था थापालाई अनलाइनमार्फत् ठगी गरेको आरोपमा पक्राउ गरेको छ । उनले तनहुँको व्यास नगरपालिका–१ बस्ने सिर्जना खड्कालाई सामाजिक सञ्जाल ह्वाट्सएपको प्रयोग गरी म्यासेजमार्फत विदेशबाट मोबाइललगायत सामान एयरपोर्टमा आएको छ भनी झुक्याएर पाँच लाख ठगी गरेकी थिइन् ।पक्राउ परेकी थापा विरुद्ध जिल्ला अदालतबाट […]
२०८१ असार २९ गते, शनिबारकाठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नापी कार्यालय लगनखेल, ललितपुरका सर्भेक्षक संजिवकुमार यादव र आरबी लेखापढी सेन्टरका संचालक रामबाबु भुजेललाई ४ लाख घुससहित पक्राउ गरेको छ । अख्तियारले जग्गा हालसाविक गरी पुर्जा उपलब्ध गराइदिने प्रयोजनका लागि सेवाग्राहीबाट घुस लिएको सूचनाका आधारमा उनीहरूलाई नियन्त्रणमा लिएको हो ।अख्तियारले उनीहरूलाई घुस लिइसकेको अवस्थामा ललितपुर महानगरपालिका-१२ हनुमानस्थानमा रहेको आरबी […]
२०८१ असार २८ गते, शुक्रबारकाठमाडौँ ।अन्तर्राष्ट्रिय मुद्रा कोषको बोर्डले (आईएमएफ) ले विस्तारित ऋण सुविधा (ईसीएफ)को अन्तिम किस्ता स्वीकृत गरेको छ । बोर्डले नेपालमा ईसीएफबारे चौथो समीक्षा गर्दै अन्तिम किस्ता रकम उपलब्ध गराउने निर्णय गरेको हो । आईएमएफ कार्यकारी बोर्डले कोरोना महामारीको समयमा २०७८ पुसमा नेपाललाई इसिएफअन्तर्गत चार वर्षभित्र ३९ करोड ८८ लाख अमेरिकी डलर सहुलियतपूर्ण कर्जा दिने निर्णय गरेको […]
२०८१ असार २७ गते, बिहीबारकाठमाडौँ । वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढीमा बिक्री गर्ने र उपभोग्य अवधि व्यतित भएका खाद्यवस्तु बिक्री गर्ने दुई फार्मलाई तीन/तीन लाख रुपैयाँ जरिबाना गरेको छ ।काठमाडौं महानगरपालिका वडा नं. १३ सोल्टीमोडस्थित म्याक्रो मिनिमार्टले साल्टट्रेडिङ कर्पोरेसनबाट वितरित आयोडिनयुक्त नुन अधिकतम खुद्रा मूल्यभन्दा बढी लिई बिक्री गरेको विभागले बताएको छ […]
२०८१ असार २७ गते, बिहीबारकाठमाडौँ । नेपाल आयल निगमले खाना पकाउने एलपी ग्यासमा दोहोरो मूल्य कायम गर्ने तयारी भइरहेको जनाएको छ । निगमका कार्यकारी निर्देशक डा. चन्डिकाप्रसाद भट्टले घरायसी र व्यावसायिक प्रयोजनका लागि छुुट्टाछुुट्टै मूल्य कायम गर्ने तयारी गरिएको जनाए ।उनले दुई थरी मूल्य गर्ने तयारी गरी कार्ययोजना बनाउन लागिएको जानकारी दिए । उपभोक्तालाई सहुलियत दिनका लागि दुुई थरी […]
२०८१ असार २७ गते, बिहीबारकाठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले अर्घाखाँची सिमेन्ट, घोराही सिमेन्ट र रिलायन्स स्पिनिङ मिल्सको लाइन काटेको छ । र प्राधिकरणले मंगलबार राति ९ बजे ती उद्योगको लाइन काटेको हो ।प्राधिकरणका अनुसार रिलायन्सले ७५ करोड ३७ लाख, अर्घाखाँचीले ४४ करोड ८६ लाख र घोराही सिमेन्ट उद्योगले ५१ करोड रुपैयाँ बक्यौता तिर्न बाँकी छ । ती उद्योगहरुले २०७२ […]
२०८१ असार २६ गते, बुधबारकाठमाडौँ । राष्ट्रिय सहकारी महासंघले सहकारी विभागको एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक हुन नपाउने व्यवस्था कार्यान्वयन गर्न नसकिने बताएको छ । विभागले १९ जेठमा एक सूचना जारी गर्दै एउटै व्यक्ति दुई वा दुईभन्दा बढी सहकारी संघरसंस्थाको सञ्चालक भएमा त्यस्तो व्यक्तिले ३० दिनभित्र दोहोरो पद त्यागेर एकल पदमा मात्रै बस्न निर्देशन दिएको […]
२०८१ असार २५ गते, मंगलवार