अर्थ

‘डेभिड सिस्लेन’ विश्व बैंकको नेपालको कन्ट्री डाइरेक्टर

काठमाडौँ । नेपालस्थित विश्वबैंकको कार्यालयले डेभिड सिस्लेन विश्व बैंकको माल्दिभ्स, नेपाल र श्रीलंकाका लागि नयाँ कन्ट्री डाइरेक्टरमा नियुक्त भएको जनाएको छ । उनको नयाँ कार्यकाल जुलाई १, २०२४ देखि लागू हुने छ । सिस्लेनले फारिस हदाद-जेर्भोसको स्थान लिने भएका छन् । अमेरिका र इटालीका दोहोरो नागरिक रहेका सिस्लेनले सन् २००१ मा अर्बन क्लस्टर युनिटमा अर्थशास्त्रीका […]

२०८१ असार ५ गते, बुधबार

मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान

काठमाडौँ । खानेपानी मन्त्रालयले एसियाली विकास बैंक (एडिबी) ले मेलम्ची खानेपानी आयोजनालाई दुई अर्ब रुपैयाँ अनुदान दिएको जनाएको छ । मन्त्रालयका सचिव सुरेश आचार्यले मेलम्ची खानेपानी आयोजनाको दातृ निकाय एडिबीले २ अर्ब (१९.७५ मिलियन अमेरिकी डलर) बराबर अनुदान दिएको वताए ।२०७८ असार १, साउन १६ र १७ गते भेमाथाङबाट आएको भलबाढीले तल्लो तटीय क्षेत्रमा क्षति […]

२०८१ असार ५ गते, बुधबार

बालश्रमिक राख्ने रोजगारदातालाई कारबाही

काठमाडौँ । श्रम तथा रोजगार कार्यालय हेटौँडाले बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ उद्योग प्रतिष्ठान तथा रोजगारदातालाई कारबाही गरेको छ । सो कार्यालयका प्रमुख छन्दनारायण श्रेष्ठले चालु आर्थिक वर्ष २०८०–८१ को १० महिना अवधिमा गरिएको अनुगमनका क्रममा बालबालिकालाई बालश्रमिकका रूपमा काममा लगाउने १५ प्रतिष्ठान तथा रोजगारदातामाथि कारबाही गरिएको जानकारी दिए । उनका अनुुसार प्रतिष्ठान तथा […]

२०८१ असार ४ गते, मंगलवार

बैंक खातालाई प्यान नम्बरसँग अनिवार्य जोड्न सुझाव

काठमाडौँ । कर प्रणाली सुधारसम्बन्धी उच्चस्तरीय सुझाव समितिले बैंक खातालाई प्यान नम्बरसँग अनिवार्य जोड्न सुझाव दिएको छ । समितिले भुक्तानी कारोबारको सीमालाई बढाएर कर संकलनलाई चुस्त राख्न बैंक खातालाई प्यान नम्बरसँग अनिवार्य जोड्नुपर्ने व्यवस्था गर्न समेत सुझाव दिएको हो । समितिले दिएको प्रतिवेदनमा बैंकिङ कारोबारलाई प्रवर्द्धन गर्ने र बैंक खातामा अनिवार्यरुपमा स्थायी लेखा नम्बर लिने […]

२०८१ असार ४ गते, मंगलवार

घरजग्गा कारोबारमा वृद्धि

काठमाडौँ । भूमि, व्यवस्था तथा अभिलेख विभागले जेठ महिनामा काठमाडौंमा घरजग्गा कारोबार बढेको जानेको छ। विभागका अनुसार जेठ महिनामा ६१ हजार १ सय ६१ लिखत पास भएको छ । जेठमा भएको घरजग्गा कारोबार वैशाखको तुलनामा २३ प्रतिशतले कारोबार बढेको देखिएको छ । वैशाखमा ४९ हजार ७ सय ८२ वटा लिखत पारित भएका थिए ।कारोबार बढेसँगै राजस्वमा पनि […]

२०८१ असार ३ गते, सोमबार

६ किलो सुनसहित चिनियाँ नागरिक पक्राउ

काठमाडौँ । नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान व्यूरो (सिआइबी)ले तस्करीका लागि तयारी अवस्थामा रहेको ६ किलो सुन सहित एक चिनियाँ नागरिकलाई पक्राउ गरेको छ । कपनबाट पक्राउ परेका उनीहरुबाट अन्य व्यक्तिहरुको पहिचान खुलाउने आधार तय भएको भन्दै पहिचान खुलाएको छैन।सिआइबी अहिले सुन तस्करी घटनाको दोस्रो चरणको अनुसन्धानको क्रममा चिनियाँ नागरिकसम्म पुगेको हो। करिब ६१ किलो सुन […]

२०८१ असार ३ गते, सोमबार

पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोल, डिजल र मट्टीतेलको मूल्य घटाएको छ । शनिबार बसेको निगम सञ्चालक समितिको बैठकले पेट्रोलमा प्रतिलिटर ३ रुपैयाँ र डिजल तथा मट्टीतेलमा प्रतिलिटर एक रुपैयाँ घटाएको हो ।घटेको मूल्य शनिबार राति १२ बजेदेखि लागू हुनेछ । मूल्य घटेपछि काठमाडौं, पोखरा र दिपायल वरपर पेट्रोलको मूल्य प्रतिलिटर १६५ कायम भएको छ […]

२०८१ असार २ गते, आईतवार

२० जनालाई रोजगारी दिने व्यवसायीलाई ३ वर्षसम्म कर छुट !

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आगामी आर्थिक वर्षदेखि कम्तीमा २० जनालाई रोजगारी दिने व्यवसायीलाई शुरुका तीन वर्ष व्यवसाय करमा शतप्रतिशत छुटको घोषणा गरेको छ । महानगर मेयर बालेनले शुक्रबार काठमाडौं महानगरपालिकाको आगामी आर्थिक वर्ष २०८१/८२ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै सो घोषणा गरेका हुन् । उनले काठमाडौं महानगरपालिकाबाट कार्यान्वयन हुने विकास निर्माणसम्बन्धि कार्यक्रममा आवश्यक जनशक्तिमध्ये […]

२०८१ असार १ गते, शनिबार

महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार !

काठमाडौँ । महोत्तरीको गौशाला नगरपालिकामा चरम भ्रष्ट्राचार हुने गरेको तथ्य फेला परेको छ । नगरपालिकामा भइरहेका विकास निर्माणका कार्यमा कमसल खालका निर्माण सामाग्री प्रयोग गरि चरम भ्रष्टाचार र अनियमितता गरेको तथ्य फेला परेको हो । निर्माणको जिम्मा लिएको उष्ण इन्जिनियरिङ एण्ड कन्सल्टेन्सी,नगरपालिकाका इन्जिनियर अजय यादव, वडा अध्यक्ष र इलाका प्रहरी प्रमुखको समेत मिलेमत्तोमा भ्रष्टाचार भएको […]

२०८१ असार १ गते, शनिबार

१० महिनामा १२ खर्ब रेमिट्यान्स भित्रियो

काठमाडौँ । नेपाल राष्ट्र बैंक आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिनामा करिब १२ खर्ब रेमिट्यान्स भित्रिएको जनाएको छ । राष्ट्र बैंकको आर्थिक अनुसन्धान विभागले चालु आर्थिक वर्षको १० महिना (२०८० साउन– २०८१ वैशाख) सम्मको देशको वर्तमान आर्थिक स्थिति सम्बन्धी सार्वजनिक प्रतिवेदन अनुसार १० महिनामा रेमिट्यान्स १९.२ प्रतिशतले वृद्धि भएर ११ खर्ब ९८ अर्ब […]

२०८१ जेष्ठ २८ गते, सोमबार