अर्थ

राष्ट्र बैंकद्वारा वित्तीय ठगीबाट बच्न आग्रह

काठमाडौँ । नेपाल राष्ट्र बैंकले पछिल्लो समय वित्तीय ठगीका घटना बढ्न थालेको भन्दै यस्ता ठगीबाट बच्न आग्रह गरेको छ । बैंकले एक वित्तीय चेतनाका लागि सन्देश दिँर्दै भनेको छ- ‘ह्वाट्सप, भाइवर, म्यासेन्जर जस्तो मोबाइल एप वा इमेल वा फोनबाट विभिन्न किसिमका चिट्ठा परेका, पुरस्कार जितेका, धन सम्पत्ती वा सुन फेला परेको, अपुताली सम्पत्ती फेला परेको […]

२०८० मंसिर १२ गते, मंगलवार

१० वाणिज्य बैंकद्वारा लाभांश घोषणा

काठमाडौँ । १० वाणिज्य बैंकहरुले गत आर्थिक वर्षसम्मको सञ्चित नाफाबाट सेयरधनीलाई लाभांश घोषणा गरेका छन् । लाभांश घोषणा गरेकामध्ये ७ बैंकको बुक क्लोज भइसकेको छ । बुक क्लोज भएका बैंकहरुको सेयर खरिद गर्नेले यो वर्षका लागि लाभांश पाउने छैनन् । बुक क्लोज भइसकेका बैंकहरुमा माछापुच्छ्रे, एभरेस्ट, एनआईसी एसिया, सानिमा, सिटिजन्स, सिद्धार्थ र स्टान्डर्ड चार्टर्ड छन् […]

२०८० मंसिर १२ गते, मंगलवार

प्राकृतिक रबर उद्योगमा आगलागी: ३५ लाख बराबरको क्षति

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय झापाका सूचना अधिकारी खगेन्द्र रिजालका अनुसार झापाको मेचीनगर नगरपालिका–१२ स्थित प्राकृतिक रबर उद्योगमा शुक्रबार आगलागी हुँदा ३५ लाख रुपैयाँ बराबरकोको क्षति भएको छ ।शुक्रबार बिहान ९ बजेतिर उद्योगको स्मोक हाउसबाट अचानक सल्किएको आगोले उद्योगको मेसिनरी र भण्डारण कक्षमा क्षति पुर्याएको थियो । आगलागीबाट उद्योगको रोलर मेसिन र स्मोक हाउसमा पूर्णरुपमा […]

२०८० मंसिर ९ गते, शनिबार

अनलाइनबाट ठगी गरेको आरोपमा ९ जना पक्राउ

काठमाडौँ । जिल्ला प्रहरी कार्यालय कैलाली, सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय र नेपाल प्रहरी प्रदेश कार्यालय महेन्द्रनगरबाट खटेको संयुक्त टोलीले धनगढीमा अनलाइनबाट ठगी गरेको आरोपमा ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । कैलालीका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) कुलदिप चन्दले धनगढी उपमहानगरपालीका-५ तारानगरमा कञ्चनपुरको बेल्डाडी गाउँपालिका-२ बस्ने ३० वर्षीय विशाल सुनारसमेतले अवैध रुपमा सञ्चालन गरेको आई।टी […]

२०८० मंसिर ७ गते, बिहीबार

सर्वाधिक कर तिर्ने करदातालाई सम्मान

काठमाडौँ । सरकारले गत आर्थिक वर्षमा सबैभन्दा बढी कर दाखिला गर्ने करदातालाई सम्मान गरेको छ । गत आर्थिक वर्ष २०७९/८० विभिन्न १६ विधामा सर्वाधिक कर तिर्ने कम्पनीलाई बिहीबार बिहान अर्थमन्त्री डा. प्रकाशशरण महतले आज सम्मान गरेका हुन् । हरेक वर्ष कर दिवसमा ‍विभिन्न विधामा सबैभन्दा धेरै कर तिर्नेलाई आन्तरिक राजस्व विभागले सम्मान गर्दै आइरहेको छ […]

२०८० मंसिर ७ गते, बिहीबार

३३ किलो सुन तस्करी प्रकरण : २ चिनियाँसहित १५ जना सार्वजनिक

काठमाडौँ । प्रहरीले ३३ किलो सुन तस्करी गरेको आरोपमा २ चिनियाँ नागरिक सहित १५ जनालाई सार्वजनिक गरेको छ । जिल्ला प्रहरी कार्यालय दोलखा र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)ले मंगलबार संयुक्त रूपमा पत्रकार सम्मेलन गर्दै सुन तस्करी गर्ने गिरोहलाई पक्राउ गरेपछि अनुसन्धानका क्रममा सो तथ्य खुलेको प्रहरी नायब उपरीक्षक दीपक खड्काले जानकारी दिए ।दोलखाको […]

२०८० मंसिर ६ गते, बुधबार

नेप्से २०.६७ अंकले बढ्याे

काठमाडौँ । आज नेप्से परिसूचक २०.६७ अंकले बढेर १८५०.३३ को विन्दुमा कायम भएको छ । नेप्सेमा सूचीकृत कुल २९४ कम्पनीहरुको ४२ लाख १३ हजार २८५ कित्ता शेयर किनबेच हुँदा १ अर्ब ८ करोड ७० लाख ९८ हजार रुपैयाँको कारोबार भएको छ । आज १२ वटा उपसूचकमा हरियाली छाएको छ भने एकमात्र म्युचुअल फण्ड उपसूचक ०.०३ […]

२०८० मंसिर ६ गते, बुधबार

घरजग्गाको कारोबार घट्यो

काठमाडौँ । कात्तिक महिनामा दशैं–तिहार जस्ता ठूला चाडपर्वले गर्दा घरजग्गाको कारोबार घटेको छ । एक महिनाभित्रै दुई ठूला पर्वहरु परेकाले सार्वजनिक बिदा पनि धेरै भएको र नागरिक पनि चाडपर्वमा व्यस्त रहेकाले घरजग्गाको कारोबारमा कमी आएको हो । भूमि व्यवस्था तथा अभिलेख विभागले तथ्याङ्क सार्वजनिक गर्दै चाडपर्वमा कारोबार घटेको जनाएको छ । जग्गाको कारोबार घटेसँगै कात्तिक […]

२०८० मंसिर ३ गते, आईतवार

नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग !

काठमाडौँ । नेपाल दूरसञ्चार प्राधिकरणले नेपालमा मासिक २ अर्ब रुपैयाँको ब्याण्डविथ प्रयोग हुने गरेकोमा ७० प्रतिशत टिकटकमैँ प्रयोग हुने गरेको जनाएको छ । इन्टरनेट सेवा प्रदायक (आईएसपी) हरुले विदेशबाट ब्याण्डविथ आयात गरेर नेपाल ल्याउने गरेका छन् । प्राधिकरणका सहायक प्रवक्ता अच्युतानन्द मिश्रका अनुसार नेपालमा मासिक २ अर्बको ब्याण्डविथ आयात हुने र त्यसको करिब ७० प्रतिशत […]

२०८० मंसिर २ गते, शनिबार

अष्ट्रेलियाद्वारा भूकम्पपीडितलाई पाँच करोड प्रदान गर्ने घोषणा

काठमाडौँ । अष्ट्रेलिया सरकारले पश्चिम नेपालमा हालै भएको भूकम्पमा परेका पीडितहरुका लागि आकस्मिक आवश्यकता परिपूर्तिका लागि छ लाख अष्ट्रेलियाली डलर अर्थात् करिब रु पाँच करोड नौ लाख बराबरको मानवीय सहायता घोषणा गरेको छ । अष्ट्रेलियाली राजदूतावासका अनुसार उक्त सहयोग नेपालस्थित विश्व खाद्य कार्यक्रमले नगदका लागि काम कार्यक्रममार्फत प्रभावित समुदायलाई प्रदान गर्नेछ ।नेपालस्थित संयुक्त राष्ट्रसङ्घीय जनसङ्ख्या […]

२०८० मंसिर १ गते, शुक्रबार