अर्थ

बैंकहरूले घटाए निक्षेपको ब्याजदर

काठमाडौँ । वाणिज्य बैंकहरुले बैशाख महिनाका लागि निक्षेपको ब्याजदर घटाएका छन् । चैतको तुलनामा बैशाख महिनामा १३ वटा बैंकले ब्याजदर घटाएका छन् भने ५ ले स्थिर राखेका छन् । दुई बैंकले भने ब्याजदर बढाएका छन् । कृषि विकास, स्टान्डर्ड चार्टर्ड, नबिल, हिमालयन र नेपाल इन्भेस्टमेन्ट मेगा बैंकले व्यक्तिगत मुद्दतिको अधिकतम ब्याजदर बैशाखका लागि स्थिर राखेका […]

२०८० चैत्र ३० गते, शुक्रबार

सव-इन्जिनियर रोकायसहित दुई जना घुससहित पक्राउ

काठमाडौँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले पोखरा महानगरका सव-इन्जिनियर उषा किरण रोकाय र गोदार इन्जिनियरिङ कन्सल्टेन्सी सेवाका सुरज कुँवरलाई घुससहित पक्राउ गरेको छ। अख्तियारले उनीहरुलाई डेढ लाख घुससहित रङ्गेहात पक्राउ गरेको हो । अख्तियारले रोकाया र कुँवरले घर निर्माण सम्पन्न प्रमाणपत्र दिलाउन लिएको डेढ लाख घुससहित पोखरा-५ बाट बुधबार राति पक्राउ गरेको जनाएको छ । […]

२०८० चैत्र २९ गते, बिहीबार

नेप्से १०.७१ अंकले घट्यो

काठमाडौँ । नेप्से १०.७१ अंक घटेर २०२५ अंकमा कायम भएको छ । कुल ३ अर्ब ४८ करोड रुपैयाँको कारोबार भएको छ । यसअघि हिजो ४ अर्ब १४ करोड रुपैयाँ बराबरको कारोबार भएको थियो । कुल ६३ कम्पनीको मूल्य बढ्दा १७६ को घट्यो भने ६ को स्थिर रह्यो ।ब्यापार १.४६ प्रतिशत तथा उत्पादन ०.१३ प्रतिशत बढे […]

२०८० चैत्र २८ गते, बुधबार

सुन प्रतितोला एक लाख ३६ हजार आठ सय

काठमाडौँ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज छापावाला सुनको मूल्य प्रतितोला रु एक लाख ३६ हजार आठ सय निर्धारण भएको छ । त्यस्तै, तेजावी सुन सोमबार प्रतितोला रु एक लाख ३५ हजार छ सय ५० मा कारोबार भएकोमा महासङ्घले आजका लागि भने रु एक लाख ३६ हजार एक सय ५० निर्धारण भएको छ ।यस्तै, चाँदीको […]

२०८० चैत्र २८ गते, बुधबार

‘ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जा कारोबार गर’

काठमाडौँ । नेपाल राष्ट्र बैंकले एक सूचना जारी गर्दै ब्याजदर र आम्दानीबीच तालमेल हुने गरी मात्र कर्जाको कारोबार गर्न आग्रह गरेको छ ।राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाले विभिन्न व्यक्तिलाई लक्षित गरी घर कर्जा, सवारीसाधन कर्जा जस्ता विभिन्न कर्जाहरु प्रस्ताव गरेका हुने र यस्ता कर्जाको भुक्तानी अवधि निश्चित हुने र ब्याजदर भने परिवर्तनीय वा स्थिर […]

२०८० चैत्र २७ गते, मंगलवार

सुन प्रतितोला एक लाख ३६ हजार ३ सय

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुनको मूल्य प्रतितोला एक लाख ३६ हजार ३ सय रुपैयाँ पुगेर नयाँ रेकर्ड कायम गरेको छ । यसअघि सुनको मूल्य एक लाख ३६ हजार २ सय रुपैयाँ पुगेको थियो । आज छापावाल सुनको मूल्य तोलामा एक लाख ३६ हजार ३ सय रुपैयाँ रहेको छ भने तेजावी […]

२०८० चैत्र २७ गते, मंगलवार

नेप्से २२ दशमलव ७५ अंकले बढ्यो

काठमाडौँ । नेप्से २२ दशमलव ७५ अंकले बढेर दुई हजार २६ अंकमा पुगेको छ। आज विभिन्न कम्पनीका एक करोड १२ लाख १० हजार एक सय दुई कित्ता शेयर ६४ हजार दुई सय २१ पटक खरिदबिक्री हुँदा चार अर्ब २५ करोड ६६ लाख ७६ हजार तीन सय ३३ दशमलव ५६ मा कारोबार भएका छन्। आजको कारोबारपछि […]

२०८० चैत्र २५ गते, आईतवार

सुन तोलाको एक लाख ३५ हजार ६०० रुपैयाँ !

काठमाडौँ । आज छापावाल सुन एक लाख ३५ हजार ६०० रुपैयाँमा कारोबार भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि चैत २२ गते बिहीबार छापावाल सुन हालसम्मकै उच्च मूल्यमा कारोबार भएको थियो । उक्त दिन एक लाख ३४ हजार रुपैयाँमा कारोबार भएको थियो । गत शुक्रबारको तुलनामा छापावाल सुन २९ सय रुपैयाँले बढेको […]

२०८० चैत्र २५ गते, आईतवार

नागरिकलाई अनाबश्यक दवाब दिने लघुवित्तका कर्मचारी लखेटिए

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले नागरिकलाई बारम्बार अनाबश्यक दवाब दिने लघुवित्तका कर्मचारीलाई लखेटेको छ । शनिबार नागरिकलाई अनाबश्यक दवाब दिदै किस्ता उठाउन आएका जीवन विकास लघुवित्तका कर्मचारीलाई नेकपा सर्लाहीले लखेटेको हो ।सर्लाही जिल्लाको हरिवन नगरपालिका क्षेत्रमा जीवन विकास लघुवित्तले सर्वसाधारणलाई दुःख दिएको पाइएपछि नेकपाले शनिबार योजनाबद्ध रुपमा लखेटेको नेकपा सर्लाही जिल्ला इन्चार्ज सुर्य सीले बताए […]

२०८० चैत्र २४ गते, शनिबार

ई–सिगरेटको आयत बन्द !

काठमाडौँ । नेपालमा ई–सिगरेटको आयत बन्द हुने भएको छ । नेपाल विकास अनुसन्धान प्रतिष्ठानको नेपालमा सुर्तीजन्य पदार्थको सामाजिक आर्थिक र नीतिगत राष्ट्रिय सर्वेक्षण सार्वजनिक कार्यक्रममा स्वास्थ्य शिक्षा प्रशासक प्रमुख डा. भक्तबहादुर केसीले नेपालमा ई–सिगरेटको प्रयोग, निर्यात, प्रयोग आयत बन्द हुने जानकारी दिए । उनले सरकारले सुर्तीजन्य पदार्थ नियन्त्रण र नियमन गर्ने निर्देशिकामा ई–सिगरेट प्रयोग, निर्यात, […]

२०८० चैत्र २४ गते, शनिबार