अर्थ

सुनको मूल्य प्रतितोला २ लाख ५० हजार नाघ्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार २ सय रुपैयाँले बढेर प्रतितोला २ लाख ५० हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । अघिल्लो दिन भने सुनको मूल्य ४ सय रुपैयाँले घट्दै प्रतितोला २ लाख ४८ हजार ४ सय रुपैयाँमा कारोबार भएको थियो । यस्तै आज चाँदीको भाउ पनि बढेको […]

२०८२ मंसिर १३ गते, शुक्रबार

बंगलादेशले थप २० मेगावाट विद्युत लैजाने

काठमाडौँ । बंगलादेशले नेपालबाट थप २० मेगावाट विद्युत लैजाने भएको छ। हाल ४० मेगावाट विजुली आयात गरिरहेको बंगलादेशले आगामी बर्खादेखि कूल ६० मेगावाट बिजुली नेपालबाट लिन सहमति जनाएको हो। बंगलादेशको ढाकामा बिहीबार बसेको नेपाल-बंगलादेश ऊर्जा सचिवस्तरीय संयुक्त निर्देशक समिति (जेएससी) को सातौं बैठक पछि यस्तो सहमति भएको हो। बैठकमा नेपालका ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्रालयका […]

२०८२ मंसिर १३ गते, शुक्रबार

प्यान नम्बर लिनेको संख्या ७० लाख नाघ्यो

काठमाडौँ । आन्तरिक राजश्व विभागका अनुसार प्यान नम्बर लिनेको संख्या ७० लाख नाघेको छ । विभागले व्यवसायिक र व्यक्तिगत स्थायी लेखा नम्बर (प्यान) लिनेको कुल संख्या ७० लाख नाघेको जनाएको छ ।विभागको तथ्यांक अनुसार चालु आर्थिक वर्ष २०८१/८२ सम्ममा व्यवसायिक स्थायी लेखा नम्बर लिने करदाताको संख्या २१ लाख ४५ हजार ८ सय २० पुगेको हाे। […]

२०८२ मंसिर १२ गते, बिहीबार

चुच्चे नक्सा भएको १ सय रूपैयाँको नोट प्रचलनमा

काठमाडौँ । नेपाल राष्ट्र बैंकले मंसिर ११ गतेदेखि साविककै आकार तथा रङ्गमा १०० रूपैयाँ दरको बैंक नोट प्रचलनमा ल्याउने भएको छ ।राष्ट्र बैंकका अनुसार सङ्केत नं. क२० ०००००१ देखि घ४० ९९९९९९ सम्म ‘नेपाल सरकारको जमानत प्राप्त यसको रूपैयाँ भुक्तानी माग्न आएमा नेपाल राष्ट्र बैंकबाट रुपैयाँ १०० रुपैयाँ तुरुन्त पाइने छ ।’ भन्ने प्रतिज्ञामूलक वाक्यांशसहित नोट […]

२०८२ मंसिर १२ गते, बिहीबार

१४ कम्पनीलाई ७ दिनभित्र स्पष्टीकरण बुझाउन निर्देशन

काठमाडौँ । प्रधानमन्त्री कार्यालय मातहतको सार्वजनिक खरिद अनुगमन कार्यालयले काम सन्तोषजनक नभएपछि कालोसूचीमा राख्न सिफारिस भएर आएका १४ निर्माण कम्पनीलाई अन्तिम पटकका लागि ७ दिने स्पष्टीकरण सोधेको छ । यसअघि ति निर्माण कम्पनीलाई ३० दिने म्याद दिएर स्पष्टीकरण सोधिएको थियो । तर सो अवधिभित्र स्पष्टीकरण नबुझाएकाले पुन: स्पष्टीकरण सोधिएको कार्यालयले जनाएको छ ।स्पष्टीकरण सोधिएका कम्पनीहरुमा […]

२०८२ मंसिर १२ गते, बिहीबार

कन्काई पुलको ठेक्का तोडियो

काठमाडौँ । सडक विभाग मातहतको हुलाकी राजमार्ग निर्देशनालय अन्तर्गत योजना कार्यालय इटहरीले हुलाकी राजमार्गअन्तर्गत १४ वर्षदेखि अलपत्र पारिएको झापा गाउँपालिका—२ र गौरीगञ्ज गाउँपालिका—१ जोड्ने करिब ७२३ मिटर लामो कन्काई पुल निर्माणको ठेक्का तोडिएको जनाएको छ । कार्यालयले बिहीबार पुल निर्माणका लागि पप्पु महादेव खिम्तीको संयुक्त उपक्रम (जेभी) सँग ठेक्का सम्झौता अन्त्य गरिएको सार्वजनिक सूचना जारी […]

२०८२ मंसिर १२ गते, बिहीबार

नेप्से ९.६१ अंकले बढ्यो

काठमाडौँ । नेप्से ९.६१ अंकले बढेर २ हजार ६ सय ६५ दशमलव ६० बिन्दुमा पुगेको छ। आज कारोबार रकम पनि बढेको छ । अघिल्लो दिन ५ अर्ब ८२ करोडको कारोबार भएकोमा आज ६ अर्ब ६९ करोडको भयो । पछिल्लो समय बजारसँग सम्बन्धित धेरै नीतिगत विषयमा सहजता गरिएको छ । जसले लगानीकर्तामा मनोबल केही बढेको छ […]

२०८२ मंसिर ११ गते, बुधबार

सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब नाघ्यो !

काठमाडौँ । सार्वजनिक ऋण २७ खर्ब २९ अर्ब रुपैयाँ नाघेको छ । यो कूल जीडीपीको झन्डै ४५ प्रतिशत हो । आन्तरिक ऋण १२ खर्ब ७५ अर्ब र बाह्य ऋण १४ खर्ब ५३ अर्ब रुपैयाँ पुगेको छ ।गत असारदेखि कात्तिकसम्म सार्वजनिक ऋण ५५ अर्ब ३६ करोड रुपैयाँले बढेको छ । गएको असारसम्म सार्वजनिक ऋण २६ खर्ब […]

२०८२ मंसिर ११ गते, बुधबार

धितोपत्र दलाल व्यवसायीले नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार गर्न पाउने

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)ले तयार परेको मार्जिन कारोबार सुविधा सम्बन्धी निर्देशन, २०८२ (प्रारम्भिक मस्यौदा) अनुसार अव धितोपत्र दलाल व्यवसायीले आफ्नो नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार गर्न पाउने भएका छन् । प्रारम्भिक मस्यौदा अनुसार धितोपत्र दलाल व्यवसायीले आफ्नो प्रमाणित नेटवर्थको ५ गुणासम्म मार्जिन कारोबार सुविधा उपलब्ध गराउन सक्ने व्यवस्था गरिएको छ । धितोपत्र दलाल […]

२०८२ मंसिर १० गते, मंगलवार

१४ वटा उद्योग तथा फर्मलाई कारबाही !

काठमाडौँ । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजार अनुमगन, निरीक्षण र कारबाही प्रक्रियालाई तीव्र पारेको छ। यसैक्रममा विभागले १४ वटा उद्योग तथा फर्मलाई कारबाही गरेको छ। विभागले भक्तपुरको मध्यपुर थिमीमा रहेको हलेसी मार्ट प्रालिलाई दुई लाख जरिवाना गरेको छ। सोही स्थानका ओम शिवशक्ति सेरामिक प्रालिलाई ५० हजार रुपैयाँ जरिवाना गरेको छ।अनुगमनका क्रममा उपभोक्ता संरक्षण […]

२०८२ मंसिर १० गते, मंगलवार