अर्थ

महिलाहरु चोर बाटोबाट खाडीतिर

काठमाडौ, २६ वैशाख ।सरकारले घरेलु महिला कामदारको विषयमा अध्ययन गर्ने भन्दै १० दिनसम्म श्रम स्वीकृति बन्द गरेपछि महिला कामदार भारतको बाटो हुँदै खाडी पुग्न थालेका छन् ।खाडी मुलुकमा घरेलु कामदारको रुपमा जाने महिला कामदारमाथि शारीरिक तथा मानसिक यातना दिने र अलपत्र पर्ने क्रम बढेको भन्दै सरकारले गत साता व्यक्तिगत श्रम स्वीकृति तत्काललाई बन्द गरेर अध्ययन […]

२०७१ बैशाख २६ गते, शुक्रबार

घरजग्गा मेला सुरुहुदै

काठमाडौ,२५ वैशाख । राजधानीको भृकुटीमण्डपमा आजदेखि घरजग्गा मेला सुरु हुँदैछ । एनएलएचडीएको आयोजनामा हुने सो मेला २८ गतेसम्म चल्नेछ । घर/अपार्टमेन्ट खरिद गर्ने वा आफैं निर्माण गर्न चाहनेलाई लक्षित गरेर यो मेला आयोजना गरिएको हो ।मेलामा २५ हाउजिङ कम्पनी सहभागी हुँदै छन् । यी बाहेक सिमेन्ट, डन्डी, रंग, फर्निचर, बैंक, वास्तु लगायतको स्टल पनि रहनेछ […]

२०७१ बैशाख २५ गते, बिहीबार

धुपीको तेल आम्दानीको स्रोतबन्दै

काठमाडौं,२३ वैशाख । ताप्लेजुङको घुन्साका स्थानियबासीले जंगलमा पर्याप्त पाईने धुपी संकलन गरी तेल पेलेरे राम्रो आम्दानी गर्न थालेका छन् । कञ्चनजंघा संरक्षण क्षेत्र आयोजना र डब्लु डब्लु एफको करीव ६ लाखको लगानीमा घुन्सामा नै धुपी तेल उत्पादन उद्योग स्थापना गरेपछि उनीहरुको आम्दानीको श्रोत बढेको हो । लगानी गर्ने संस्थाले समुदायलाई नै उद्योग हस्तान्तरण गरेपछि स्थानियले […]

२०७१ बैशाख २३ गते, मंगलवार

माथिल्लो कर्णाली परियोजनाको ठेक्का खारेज गर्न माग

काठमाडौं,२३ वैशाख ।कर्णाली जलाधार क्षेत्र संरक्षण समाजका अध्यक्ष लोकबहादुर रावतले माथिल्लो कर्णाली परियोजना भारतीय कम्पनी जीएमआरलाई ठेक्का दिने निर्णय खारेज गर्न, जलाधार क्षेत्रको संरक्षणको जिम्मा स्थानीय बासिन्दालाई दिनुपर्ने भन्दै प्रधानमन्त्रीको ध्यानाकर्षण गराएका छन् । उक्त ठेक्का खारेज गर्नका लागि समाजले कर्णाली क्षेत्रका बासिन्दाको हस्ताक्षरसमेत राजनीतिक दल र सरकारलाई बुझाईसकेको छ । यसै सन्धर्भमा कर्णाली जलाधार […]

२०७१ बैशाख २३ गते, मंगलवार

युवा तथा साना व्यवसायी स्वरोजगार कोषमा गुरागाईंको जंगे शासन

काठमाडौँ । सरकारले युवा तथा साना व्यवसायीलाई स्वरोजगारमा लाग्न सहयोग पुर्याउने उद्देश्यका साथ स्थापना गरेको युवा तथा साना व्यवसायी स्वरोजगार कोष धराशयी हुने अवस्थामा पुगेको स्रोतले बताएको छ । स्वरोजगार कोषका कार्यकारी निर्देशक विनोद गुरागाईंको स्वेच्छाचारिताले गर्दा कोष धराशयी बन्न लागेको कोषका कर्मचारीहरू बताउँछन् । कोषको यो दुरावस्था हुनुमा कार्यकारी निर्देशक गुरागाईं नै प्रमुख कारक […]

२०७१ बैशाख २० गते, शनिबार

पेट्रोल चोर्ने ट्यांकरको सम्झौता निलम्बन

काठमाडौं,१८ वैशाख । पेट्रोलियम पदार्थ चोरीको विषयलाई लिएर नेपाल आयल निगमले १९ वटा ट्यांकरहरुसंग करार सम्झौता निलम्बन गरेको छ । पेट्रोलियम पदार्थ निगममा बुझाउनु अघि चोरी, साटफेर जस्ता चुहावटको काममा संलग्न भएको पाइएकाले इन्डियन आयल कर्पोरेशनको बेतालपुर डिपोदेखि निगमको रुपन्देही भलवारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका ट्यांकरहरु संगको सम्झौता रद्द गरिएको निगमले जनाएको छ […]

२०७१ बैशाख १८ गते, बिहीबार

कालीगण्डकी ‘ए’ को उत्पादन आधा घट्यो

काठमाडौ,१७ वैशाख – स्याङ्जाको श्रीकृष्णगण्डकी गाविसस्थित देशकै सबैभन्दा ठूलो विद्युत् उत्पादन गृह कालीगण्डकी ‘ए’ जलविद्युत् केन्द्रमा पानीको बहाव घटेसँगै अहिले औसत उत्पादन ५५ मेगावाटमा सीमित बन्न पुगेको छ । नेपाल विद्युत् प्राधिकरण कालीगण्डकी ‘ए’ जलविद्युत् विभागका प्रमुख दीर्घायु श्रेष्ठका अनुसार कालीगण्डकी नदीमा पानीको बहाव १४४ क्युसेक हुनुपर्नेमा सो घटेर जम्मा ५५ क्युसेकमा सीमित रहेकाले उत्पादन […]

२०७१ बैशाख १७ गते, बुधबार

वायु बिजुलीले गाउँ झलमल

काठमाडौं ,१६ बैशाख । विद्युत्को राष्ट्रिय प्रसारण लाइन पुग्न नसकेको नवलपरासीको धौवादी-१ धौवादीमा वायु अर्थात् हावाबाट निकालिएको बिजुलीले गाउँ झलमल भएको छ ।पहिले विद्युत् नहुँदा मट्टतिेलबाट बालिने टुकीको भरमा रात काट्न बाध्य भएका यहाँ बासिन्दालाई वायु ऊर्जा अर्थात् हावाबाट उत्पादन गरिने बिजुलीको उज्यालोमा बस्न पाएका त छ नै त्यसमाथि बिहानै उठेर काम गर्नसमेत सजिलो भएको […]

२०७१ बैशाख १६ गते, मंगलवार

चिनियाँ स्याउ बरामद

काठमाडौं, १५ बैशाख । आज बिहान रुपन्देहीमा प्रहरीले लाखौं मुल्य बराबरको चिनियाँ स्याउ बरामद गरेको छ । रुपन्देहीको कालीदहस्थित एक गोदाममा राखिएको अवस्थामा उक्त स्याउ बरामद गरिएको हो । नेपालभारत सीमाको १० गजा क्षेत्रबाट करिब २० मिटरको दूरीमा आमा गाविस वडा नम्बर ८ मा रहेको गोदाममा राखिएको स्याउ गस्तीमा रहेको प्रहरी टोलीले फेला पारेको हो […]

२०७१ बैशाख १५ गते, सोमबार

चिनियाँ जहाज काठमाडौं आइपुग्दै

काठमाडौं, १४ बैशाख। नेपाल वायु सेवा निगमले आन्तरिक उडान प्रयोजनका लागि ल्याउन लागेको जहाज आज काठमाडौँ आइपुग्दैछन् ।चीनमा निर्मित सो जहाज दिउँसो साढे १२ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गराउने छ । चीन सरकारले अनुदानमा उपलब्ध गराउन लागेको सो जहाजमा ५६ सिट रहेको छ । मुलुकका सुगम गन्तव्यमा व्यावसायिक उडानका लागि भरपर्दो मानिएको सो जहाज […]

२०७१ बैशाख १४ गते, आईतवार