पेट्रोल चोर्ने ट्यांकरको सम्झौता निलम्बन
काठमाडौं,१८ वैशाख । पेट्रोलियम पदार्थ चोरीको विषयलाई लिएर नेपाल आयल निगमले १९ वटा ट्यांकरहरुसंग करार सम्झौता निलम्बन गरेको छ । पेट्रोलियम पदार्थ निगममा बुझाउनु अघि चोरी, साटफेर जस्ता चुहावटको काममा संलग्न भएको पाइएकाले इन्डियन आयल कर्पोरेशनको बेतालपुर डिपोदेखि निगमको रुपन्देही भलवारी डिपोसम्म पेट्रोलियम पदार्थ ढुवानीमा संलग्न रहेका ट्यांकरहरु संगको सम्झौता रद्द गरिएको निगमले जनाएको छ […]
२०७१ बैशाख १८ गते, बिहीबार