अर्थ

वैदेशिक रोजगार बचतपत्र निष्काशन खुला

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले वैदेशिक रोजगार बचतपत्र–२०८६ निष्काशन गरेको छ । बिक्री खुला गरिएको रु एक अर्ब बराबरको बचतपत्र खरिदका लागि आगामी जेठ २२ गतेसम्म आवेदन दिन सकिने र जेठ २९ गते निष्काशन हुनेछ ।वैदेशिक रोजगारीमा सङ्लग्न नेपाली नागरिक वा निजको परिवारको सदस्य तथा गैर(आवासीय नेपालीले बचतपत्र खरिद गर्न सक्नेछन् । वार्षिक नौ […]

२०८१ बैशाख २४ गते, सोमबार

रायोको साग बेचेर वार्षिक २ लाख आम्दानी !

काठमाडौँ । गाउँबाट खाली फर्केका सवारीसाधन बजारबाट भरिभराउ भएर फर्कन्छन्। गाउँबाट बजार पठाउने स्थानीय उत्पादन नभएपछि अहिले अधिकांश गाउँमा आयातित उत्पादनको उपभोग हुने गर्दछ। तर बागलुङको रायडाँडामा भने यो लागु हुँदैन। यहाँका किसानले सवारीसाधन कृषि उपजले भरेर बजार पठाउने गरेका छन्। यहाँ बाह्रैमास रायोको साग उत्पादन हुन्छ। अहिले यहाँको रायोको साग बागलुङ बजार हुँदै पोखरासम्म […]

२०८१ बैशाख २३ गते, आईतवार

आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर विवरण बुझाउन निर्देशन

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले आरबी कम्प्लेक्स र पिपुल्स प्लाजालाई कर विवरण बुझाउन निर्देशन दिएको छ। आरबी कम्प्लेक्स र ‘पिपुल्स प्लाजा’ ले काठमाडौँ महानगरपालिकालाई अहिलेसम्म बहाल कर नतिरेको भेटिएको छ । आरबी कम्प्लेक्सले सम्पत्ति कर तिरेकै छैन भने पिपुल्स प्लाजाले नियमित ३ आर्थिक बर्षको तिरेको छैन । वहाल कर दुवैले तिरेका छैनन् ।प्रमुख प्रशासकीय अधिकृत प्रदीप […]

२०८१ बैशाख २१ गते, शुक्रबार

राष्ट्र बैंकद्वारा ६ बैंकलाई कारबाही

काठमाडौँ । नेपाल राष्ट्र बैंक सुपरीवेक्षण विभागले नियामकीय व्यवस्था उल्लंघन गर्ने चार वाणिज्य बैंक र शुद्धीकरण निवारण सम्बन्धी ऐन र निर्देशन उल्लंघन गर्ने दुई विकास बैंकलाई कारबाही गरेको छ । नियामकीय व्यवस्था उल्लंघन गर्ने लक्ष्मी सनराइज बैंक, कुमारी बैंक, प्राइम बैंक र नेपाल इन्भेस्टमेन्ट मेगा बैंक र सम्पत्ति शुद्धीकरण निवारण सम्बन्धी व्यवस्था उल्लंघन गर्ने लुम्बिनी […]

२०८१ बैशाख २० गते, बिहीबार

वैदेशिक रोजगार बचतपत्र २०८६ निष्कासन हुँदै

काठमाडौँ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले ‘वैदेशिक रोजगार बचतपत्र २०८६’ निष्कासन गर्ने भएको छ । सार्वजनिक ऋण व्यवस्थापन कार्यालयले बिहीबार एक सूचना जारी गर्दै वैदेशिक रोजगारीमा रहेका र हालसालै रोजगारीबाट स्वदेश फर्किएकाहरूका लागि पाँच वर्षे बचतपत्र निष्कासन गर्न लागेको हो । उक्त बचतपत्र बिक्री खुला हुने अवधि जेठ २३ गतेसम्म रहने छ ।कार्यालयले वार्षिक ९ […]

२०८१ बैशाख २० गते, बिहीबार

एलओडी र दोहोरी साँझलाई कर तिर्न ताकेता

काठमाडौँ । काठमाडौं महानगरपालिकाले मनोरन्जन क्षेत्रमा संचालित दोहोरी साँझ, क्लव लगायतलाई तत्काल मनोरन्जन कर तिर्न ताकेता गर्दै चेतावनीसहितको पत्र काटेको छ । महानगरले बुधबार सार्वजनिक सूचना जारी गर्दै पटक–पटक ताकेता गर्दा पनि कर तिर्न नआएको भन्दै गोपिकृष्ण मुभिज, एलओडी डिस्को, दोहोरी साँझ, डान्स बार र नाइट क्लवलाई ३५ दिनभित्र मनोरन्जन कर बुझाउन आव्हान गरेको हो […]

२०८१ बैशाख १९ गते, बुधबार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्य घटएको छ । भारतबाट मूल्य घटेर आएपछि निगमले डिजेल र मट्टीतेलको मूल्य घटाउने निर्णय गरेको हो । निगम सञ्चालक समिति बैठकले पेट्रोल र खाना पकाउने ग्याँसको मूल्य भने यथावत राख्ने निर्णय गरेको छ । डिजेल र मट्टीतेलमा प्रतिलिटर २ रुपैयाँको दरले मूल्य घटाउने निर्णय भएको निगमले जनाएको […]

२०८१ बैशाख १९ गते, बुधबार

सुन प्रतितोला २७ सयले घट्यो

काठमाडौँ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला १ लाख ३४ हजार ५ सय रुपैयाँमा झरेको छ । अघिल्लो दिन प्रतितोला १ लाख ३७ हजार २ सय रुपैयाँमा कारोबार भएको थियो । अन्तर्राष्ट्रिय बजारमा मूल्य करिब २ प्रतिशत घटेपछि नेपाली बजारमा सोअनुसार मूल्य समायोजन गरिएको हो । यसअघि वैशाख ९ गते सुनको […]

२०८१ बैशाख १९ गते, बुधबार

नेपाल इन्स्योरेन्सले हकप्रद सेयर निष्कासन गर्ने

काठमाडौँ । नेपाल इन्स्योरेन्स कम्पनीले विद्यमान सेयरधनीहरुका लागि ४० प्रतिशत हकप्रद सेयर निष्कासन प्रस्ताव पारित गर्नका लागि जेठ ४ गते साधारणसभा आह्वान गरेको छ । वैशाख २६ गतेसम्म सेयर खरिद वा होल्ड गरेका लगानीकर्ताले हकप्रद सेयरमा आवेदन दिन सक्नेछन् । आफूसँग भएको सेयर संख्याको ४० प्रतिशत (१० बराबर ४ कित्ता) का दरले अंकित मूल्यमा सेयर […]

२०८१ बैशाख १९ गते, बुधबार

स्रोत नखुलेको सामानसहित भारतीय नागरिक पक्राउ

काठमाडौँ । प्रहरीले ४० लाख रुपैयाँभन्दा बढीको स्रोत नखुलेको सामानसहित भारतीय नागरिकलाई पक्राउ गरेको छ । कैलालीका प्रमुख प्रहरी उपरीक्षक(एसपी) पदमबहादुर विष्टले भारतको लखिमपुर पलिया कला खिरी जिल्ला स्थायी घर भएर धनगढी उपमहानगरपालिका–३ मा बस्दै आएका ४४ वर्षीया आशिष गुप्तालाई स्रोत नखुलेको सामानसहित पक्राउ गरिएको जानकारी दिए । उनका अनुसार विशेष सूचनाका आधारमा जिल्ला प्रहरी […]

२०८१ बैशाख १८ गते, मंगलवार