अर्थ

नेप्से ७५.२४ अङ्कले वृद्धि

काठमाडौँ । नेप्से ७५.२४ अङ्कले बढेर २ हजार ८ सय ९० को विन्दुमा कायम भएको छ । जुन २.६७ प्रतिशतको वृद्धि हो । आज विभिन्न ३ सय दुई कम्पनीका २ करोड ९१ लाख ६६ हजार ६ सय ५६ कित्ता शेयर एक लाख ३९ हजार पाँच सय ९६ पटक खरिदबिक्री हुँदा रू १४ अर्ब २५ करोड […]

२०८१ फाल्गुन १८ गते, आईतवार

एभरेष्ट बैंकको ऋणपत्र बिक्री खुला

काठमाडौँ । एभरेष्ट बैंकले ३ अर्ब रुपैयाँ बराबरको ऋणपत्र बिक्री खुला गरेको छ । बैंकले प्रतिइकाई १ हजार रुपैयाँको दरमा ३० लाख इकाई ऋणपत्र बिक्री खुला गरेको हो । यसमध्ये १८ इकाई बैंकले आफ्नै पहलमा अन्य संघसंस्थालाई बिक्री गर्ने भएको छ ।बैंकले १० वर्ष अवधिको एभरेष्ट बैंक डिबेन्चर २०९१’ जारी गरेको हो । यसमा वार्षिक […]

२०८१ फाल्गुन १८ गते, आईतवार

डिजेल र मट्टीतेलको मूल्य घट्यो

काठमाडौँ । नेपाल आयल निगमले डिजेल र मट्टितेलको मूल्य घटाएको छ । इण्डियन आयल कर्पोरेशनबाट नयाँ मूल्य प्राप्त भएपछि निगमले मूल्य समायोजन गरेको हो । निगमले ग़ए रातीदेखि लागू हुने गरी प्रति लिटर डिजेल र मट्टितेलको मूल्यमा १ रुपैयाँले घटाउने निर्णय गरेको हो ।

२०८१ फाल्गुन १७ गते, शनिबार

अमेरिकी डलरको मूल्य हालसम्मकै उच्च !

काठमाडौँ । नेपाल राष्ट्र बैङ्कले आजका लागि निर्धारण गरेको दरअनुसार अमेरिकी डलर एकको खरिददर १३९ रूपैयाँ ७० पैसा र बिक्रीदर १४० रूपैयाँ ३० पैसा कायम भएको छ । त्यसगरी ,आजका लागि युरोपियन युरो एकको खरिददर १४५ रूपैयाँ २४ पैसा र बिक्रीदर १४५ रूपैयाँ ८६ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको खरिददर १७५ रूपैयाँ ८४ पैसा र […]

२०८१ फाल्गुन १७ गते, शनिबार

आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखन समिति गठन

काठमाडौँ । आर्थिक वर्ष २०८२/०८३ को बजेट लेखनका लागि अर्थ मन्त्रालयले बजेट लेखन समिति गठन गरेको छ । समितिको संयोजकमा बजेट महाशाखा प्रमुख श्रीकृष्ण नेपाल रहेका छन भने सदस्यहरुमा वैदेशिक महाशाखा प्रमुख धनीराम शर्मा, राजस्व महाशाखा प्रमुख उत्तरकुमार खत्री, प्रशासन महाशाखा प्रमुख थानप्रसाद पंगेनी, आन्तरिक राजस्व विभागका उपमहानिर्देशक तिर्थ चिलुवाल र सहमहालेखा नियन्त्रक सुशीला अर्याल […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

विद्युत् प्राधिकरणको नाफा ११ अर्ब ३६ करोड

काठमाडौँ । नेपाल विद्युत् प्राधिकरणले चालु आर्थिक वर्ष २०८१ र ८२ पहिलो ६ महिनामा ११ अर्ब ३६ करोड रुपैयाँ बराबर नाफा कमाएको छ ।प्राधिकरणले यस अवधिमा विद्युत् बिक्री, ब्याज तथा अन्यबाट कुल ७० अर्ब ४४ करोड रुपैयाँ आम्दानी गरेको छ । विद्युत् खरिद, प्रशासनिक, विभिन्न आयोजना लगायतमा जम्मा ५९ अर्ब ८ करोड रुपैयाँ खर्च गरिएको […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु

काठमाडौँ ।खोटाङको दिक्तेल बजारमा प्रथम राष्ट्रिय बाँस सम्मेलन सुरु भएको छ । दिक्तेलस्थित खोटाङ बहुउद्देश्यीय कभर्डहलमा औपचारिक उद्घाटन गरिएको बाँस सम्मेलनमा नजिकै रहेको माटिकोरे खेल मैदानमा विभिन्न स्टलहरु राखिएको छ ।सम्मेलनमा बाँसको गेट, बाँसकै कार्यक्रमस्थल र बाँसकै घरायसी सामग्री तथा सजावटका सामग्रीहरु प्रदर्शनीमा राखिएका छन् । सम्मेलनमा स्थानीयदेखि अन्तर्राष्ट्रियस्तरसम्म व्यापार व्यवसाय गरिरहेका बाँस व्यवसायी, स्थानीयस्तरमा […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

कुमारी सहकारीका २५ जनाविरूद्ध मुद्दा दर्ता : एक अर्ब १३ करोड बिगो दाबी

 काठमाडौँ । म्याग्दीको  बेनीस्थित कुमारी बहुउद्देश्यीय सहकारी संस्थाको रकम हिनामिना प्रकरणमा जिल्ला समन्वय समितिका प्रमुख राजकुमार थापासहित २५ जनाविरूद्ध रू एक अर्ब १३ करोड बिगो दाबी गर्दै जिल्ला सरकारी वकिल कार्यालयले मुद्दा दर्ता गरेको छ। सहकारी रजिष्ट्रारको कार्यालय पोखराको सिफारिसमा जिल्ला प्रहरी कार्यालयले गरेको अनुसन्धानपछि उनिहरूविरूद्ध बिहीबार म्याग्दी जिल्ला अदालतमा सरकारी वकिल कार्यालयले माग दाबीसहितको […]

२०८१ फाल्गुन १६ गते, शुक्रबार

साढे तीन किलो सुनसहित चार विदेशी पक्राउ

काठमाडौँ । दुबईबाट काठमाडौं आएका तीन महिला र एक विदेशी पुरुष साढे तीन किलो सात सय ७५ ग्राम सुनसहित पक्राउ परेका छन्। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयका एएसपी सोमेन्द्र सिंह राठौंरले फ्लाई दुवईको एफजेड ५७५ उडानबाट बुधबार साँझ आएका उज्वेकिस्तानका नागरिकहरुलाई पक्राउ गरेको जानकारी दिए।चेकजाँच सकेर भन्सारबाट पास भइसकेका उनीहरुलाई नेपाल प्रहरीको सादा पोशाकका प्रहरीले पक्राउ […]

२०८१ फाल्गुन १५ गते, बिहीबार

नेकपा गण्डकी प्रदेशद्वारा ७० क्विन्टल आलु उत्पादन

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी गण्डकी प्रदेशले उत्पादन गरेको झण्डै ७० क्विन्टल आलु निर्यात गर्दैछ । व्यापारिक घराना चौधरी ग्रुपलाई चिप्स उत्पादनको प्रयोजनका लागी नेकपा गण्डकीले आलु पठाउन लागेको हो ।सम्झौता अनुरुप देशभरमा पार्टीमार्फत आलु लगाइएको र सोही बमोजिम गण्डकीबाट आलु तयार भएको छ, सोही आलु ग्रेडिङ्ग गरेर पठाउन लागिएको नेकपाका स्थायी समिति सदस्य एवम् […]

२०८१ फाल्गुन १५ गते, बिहीबार