स्वास्थ्य / शिक्षा

अखिल (क्रान्तिकारी) पर्वतको अध्यक्षमा अमृत मास्के

काठमाडौँ । अखिल (क्रान्तिकारी) पर्वतको प्रथम जिल्ला सम्मेलनले अमृत मास्केको नेतृत्वमा १९ सदस्यीय जिल्ला समिति चयन गरेको छ ।अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको प्रमुख आतिथ्यमा सम्पन्न कार्यक्रममा विशेष अतिथि नेपाल कम्युनिस्ट पार्टी पर्वत जिल्ला इन्चार्ज अनन्त, अतिथिहरूमा अखिल नेपाल महिला सङ्घ क्रान्तिकारीकी केन्द्रीय सचिव उषा, अखिल (क्रान्तिकारी) का केन्द्रीय सदस्य तथा धौलागिरि ब्युरो […]

२०७८ बैशाख १७ गते, शुक्रबार

कोरोनाविरुद्धको खोप अभियान स्थगित

काठमाडौं । जिल्ला स्वास्थ्य कार्यलय काठमाडौले कोरोनाविरुद्धको खोप लगाउने अभियान तत्कालका लागि स्थगित गरिएकाे विज्ञप्तिमार्फत जनाएको छ । काठमाडौमा कोरोनाविरुद्धको खोप अभियान निरन्तर संचालन गर्ने भनिए पनि अब सो खोप लगाउने कार्य केही समयको लागि बन्द गरिएको विज्ञप्तिमा उल्लेख छ । कोरोना संक्रमण नियन्त्रण गर्न का लागि उपत्यकामा निषेधाज्ञा गरिएकाले खोप अभियान स्थगित गरिएको कार्यालयले […]

२०७८ बैशाख १६ गते, बिहीबार

अखिल (क्रान्तिकारी) र सीटीईभीटीबीच ७ बुँदे सहमति

काठमाडौँ । अखिल (क्रान्तिकारी) सीटीईभीटी क्षेत्रीय समन्वय समितिले २०७७ माघ १९ गते बुझाएको १२ बुँदे मागपत्रमा सीटीईभीटी र अखिल (क्रान्तिकारी) बीच ७ बुँदे सहमति भएको छ । सहमतिमा सीटीईभीटी अन्तर्गतका आङ्गिक, सामुदायिक, साझेदारी र प्रतिष्ठानद्वारा सञ्चालित विभिन्न कार्यक्रममा लिइँदै आएको शुल्कमा भूगोल र सञ्चालित कार्यक्रमअनुसार एकरुपता कायम गर्ने, निजी शिक्षालायहरूमा तोकिएको शुल्क कडाइपूर्वक लागू गर्ने, […]

२०७८ बैशाख १४ गते, मंगलवार

अक्सिजन प्रयोग हुने उद्योग बन्द गर्न आग्रह

काठमाडौं । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले अक्सिजन प्रयोग गरिने उद्योग केही समयका लागि बन्द गर्न उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयलाई आग्रह गरेको छ । मन्त्रालयले उद्योग मन्त्रालयलाई सोमबार पत्र लेख्दै कोभिड–१९ का संक्रमितको उपचारमा अक्सिजन अभाव हुन नदिनका लागि उद्योगधन्दा केही समय बन्द गर्न आग्रह गरेको हो ।मन्त्रालयका वरिष्ठ सहायक प्रशासक डा. समीरकुमार अधिकारीले भारतमा […]

२०७८ बैशाख १३ गते, सोमबार

अखिल (क्रान्तिकारी) काभ्रेको अध्यक्षमा सुरज लामिछाने

काठमाडौं । अखिल (क्रान्तिकारी) काभ्रेले २० औँ जिल्ला सम्मेलनले अध्यक्षमा सुरज लामिछानेलाई चयन गरेको छ ।नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनद्वारा शुक्रबार बनेपा पोलिटेक्निकमा आयोजित भेलामा अखिल (क्रान्तिकारी) का केन्द्रीय अध्यक्ष चिरञ्जीवी ढकालको उपस्थिति रहेको थियो । उक्त भेलाबाट पुर्व अध्यक्ष महेन्द्र ओलीलाई बिदाई र नवनियुक्त अध्यक्ष सुरज लामिछानेलाई स्वागत गरिएको थियो । अध्यक्षमा नियुक्ति हुँदै […]

२०७८ बैशाख १३ गते, सोमबार

‘प्यारामाउण्ट घटनाको दोषीलाई कडा कारवाही गर ‘

काठमाडौँ । अखिल (क्रान्तिकारी) रूपन्देहीले प्यारामाउण्ट बोर्डिङ हाई स्कुलमा घटेको दुःखद् घटनाप्रति गम्भीर ध्यानाकर्षण गरेको छ ।नेपाल कम्युनिस्ट पार्टी निकट सो सङ्गठनका जिल्ला अध्यक्ष इन्दु वलीले विज्ञप्तिमार्फत् तिलोत्तमा नगरपालिका–१, रुपन्देहीस्थित प्यारामाउण्ट बोर्डिङ् हाई स्कुलमा कक्षा–१० मा अध्ययनरत विद्यालयकै होस्टेलमा बस्दै आइरहेकी छात्रा प्रतिभा सापकोटाको केही दिनदेखि स्वास्थ्यमा आएको समस्याबारे जानकारी हुँदाहुँदै पनि अभिभावकलाई जानकारी नदिइएको, […]

२०७८ बैशाख १२ गते, आईतवार

उपत्यकालगायतका अस्पतालमा शैया र अक्सिजनको अभाव

काठमाडौं । कोरोना भाइरसको बढ्दो संक्रमणका कारण काठमाडौं उपत्यकालगायत नेपालगञ्ज, वीरगञ्जलगायतका जिल्लामा रहेका अस्पतालमा शैया अभाव हुन थालेको छ । दैनिक संक्रमितको संख्या बढ्न थालेपछि अस्पतालहरुमा शैया अभाव हुन थालेको हो । अस्पतालहरुमा पर्याप्त अक्सिजनको समेत अभाव हुन थालेको छ । यही वैशाख ३ गते ९ सय संक्रमित भेटिएकोमा हिजोसम्म करिब तीनगुणा २६ सय १८ […]

२०७८ बैशाख १२ गते, आईतवार

चार साता ‘लकडाउन’ गर्न सुझाव !

काठमाडौं । स्वास्थ्य मन्त्रालयले काठमाडौं उपत्यकामा ‘लकडाउन’ गर्न सुझाव दिएको छ । मन्त्रालयले कोरोना महामारी नियन्त्रण बाहिर गएको भन्दै स्थिति नियन्त्रणमा लिन कम्तिमा चार साता ‘लकडाउन’ गर्न सुझाव दिएको हो । आज अपरान्ह ४ बजे प्रधानमन्त्री केपी शर्मा ओलीलाई कोभिड १९ सङ्कट व्यवस्थापन केन्द्र (सीसीएमसी) ले कम्तीमा १ महिना ‘लकडाउन’ गर्न सुझाव दिने सीसीएमसीको तयारी […]

२०७८ बैशाख ११ गते, शनिबार

असारसम्म तीन लाखलाई कोरोना संक्रमण हुन सक्ने !

काठमाडौं । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आगामी असार महिना सम्ममा नेपालमा तीन लाख व्यक्तिमा कोभिड–१९ संक्रमण देखा पर्नसक्ने अनुमान गरेको छ । मन्त्रालयले कोभिड–१९को युके भेरियन्टको संक्रमण दर उच्च भएको र नेपालमा अहिले युके भेरियन्ट देखा परेकाले अवको तीन महिनामा संक्रमण दर उच्च हुने देखिएको बताएको हो । बिहीबार प्रतिनिधिसभाको अर्थ समितिको बैठकमा स्वास्थ्य तथा […]

२०७८ बैशाख १० गते, शुक्रबार

अखिल (क्रान्तिकारी) डँडेल्धुराको अध्यक्षमा गणेश बोहोरा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) डँडेल्धुराको १२ औं जिल्ला सम्मेलनले गणेश बोहोराको अध्यक्षतामा २३ सदस्यीय जिल्ला कार्य समिति निर्वाचित गरेको छ ।सो कार्यक्रममा बोल्दै अखिल (क्रान्तीकारी) सेती महाकाली ब्युरो संयोजक वीरेन्द्र शाहले दलाल संसदीय व्यवस्थाले मुलुकको शैक्षिक समस्याको समाधान दिन नसक्ने भएकाले वैज्ञानिक समाजवाद आवश्यक भएको बताए ।नेकपा डँडेल्धुरा जिल्ला इन्चार्ज दौलत बिष्टले […]

२०७८ बैशाख ९ गते, बिहीबार