स्वास्थ्य / शिक्षा

चीनमा पढेका ‘डाक्टर’लाई ईन्टर्न गर्न दिन नमिल्ने : काउन्सिल

काठमाडौं ,५ भदौ। नेपाल मेडिकल काउन्सीलका अध्यक्ष दामोदर गजुरेलले चीनमा एमवीवीएस गरेका विद्यार्थीहरुलाई इन्टर्नसिप गर्न अनुमति दिन नमिल्ने बताएका छन् । उनले पुनरावेदन अदालतको फैसला विरुद्ध सर्वोच्चमा जाने चेतावनी दिए । रिपोर्टर्स क्लबमा आयोजित अन्र्तक्रियामा गजुरेलले भने ’मेडिकल काउन्सिल विदेशमा डाक्टर पढेर आएकाहरुको इन्टरर्नसिप गर्न अनुमति दिने संस्था होईन, हामी उनीहरुको ठेक्का लिएका छैनौं । […]

२०७० भाद्र ५ गते, बुधबार

विपी प्रतिष्ठानमा अख्तियार पस्यो

काठमाडौं, ३ भदौ – अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानले परीक्षाफल प्रकाशनमा गरेको अनियमिताको छानबिन सुरु गरेको छ ।प्रतिष्ठानले एमबीबीएस र बीडिएस तहको प्रवेश परीक्षाको नतिजा प्रकाशन गर्दा अनियमितता गरेको र २ पटक परीक्षाफल प्रकाशन गर्दा फरक फरक नामावली प्रकाशन गरेको उजुरी आयोगमा परेको थियो । परीक्षा सम्बन्धी सम्पूर्ण कागजात र […]

२०७० भाद्र ३ गते, सोमबार

मोटीका सन्तानको आयु छोटो

काठमाडौँ । मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरूको आयु छोटो हुने अध्ययनले देखाएको छ । मोटी आमाबाट जन्मिएका सन्तान ५५ वर्षो उमेर अगावै मर्ने सम्भावना सन्तुलित तौल भएका महिलाबाट जन्मिएका भन्दा एक तिहाइ बढि हुने अध्ययनको निष्कर्षरहेको छ । साथै मोटोपना भएका महिलाबाट जन्मिएका सन्तानहरू हृदयाघात तथा अन्य खाले मुटु सम्बन्धि रोगका कारण अस्पताल भर्ना हुनुपर्ने […]

२०७० भाद्र १ गते, शनिबार

विश्व स्तनपान सप्ताह सुरु

काठमाडौं, १७ साउन– विश्व स्तनपान सप्ताह विहीबारदेखि सुरु भएको छ ।शिशुलाई सुरक्षित तरिकाले स्तनपान गराउन आमालाई प्रेरित गर्न विश्व स्वास्थ्य संगठन र युनिसेफको अगुवाईमा अगस्त १ तारिखदेखि विश्वभर स्तनपान सप्ताह मनाउने गरिएको छ । सुत्केरी हुने बित्तिकै आमाको पहेँलो बिगौती दूध निकै पोषिलो र स्वास्थ्यकर हुन्छ । शिशुलाई २ वर्षसम्म निरन्तर आमाको दूध खुवाए उनीहरुको […]

२०७० श्रावण १७ गते, बिहीबार

नेपाल औषधि लिमिटेड बन्द गराउने खेल

काठमाडौं, ३१ साउन – उच्च गुणस्तरीय औषधि उत्पादन गरी सुपथ मूल्यमा सजिलै उपलब्ध गराउन भन्दै २०२९ सालमा शाही औषधि लिमिटेड स्थापना गरियो ।२०५८ सालसम्म यो कम्पनी फाइदामा थियो । जीवनजल, स्लाइन, डायलइसी फूडलगायत एक सयभन्दा बढी प्रकारका औषधि उत्पादन गरेर देशभित्र बिक्री वितरण गर्थ्यो।नेपालका ठूला अस्पतालहरु वीर, शिक्षण, पाटन सहित अन्य क्षेत्रमा औषधि आपूर्ति गर्ने […]

२०७० श्रावण ३१ गते, बिहीबार

टाइफाइड नियन्त्रण गर्न खोप कार्यक्रम

काठमाडौं, १५ साउन – काठमाडौं र बाहिरी जिल्लामा टाइफाइड नियन्त्रण कार्यक्रम अन्तर्गत खोप कार्यक्रम सञ्चालन गर्न आवश्यक तयारी भइरहेको बताइएको छ ।भक्तपुर र ललितपुरमा दुई वर्षअघि विद्यालय केन्द्रित पहिलो चरणको खोप कार्यक्रम सञ्चालन गरिएको थियो ।खोपको प्रभावकारिता अवधि तीन वर्ष हुने भएकाले त्यसको प्रभावकारीताबारे अध्ययन गर्ने र अरु ठाउँमा पनि खोप कार्यक्रम सञ्चालन गर्नेबारे छलफल […]

२०७० श्रावण १५ गते, मंगलवार

एड्मार्क कलेजका एकसय पचास जनाद्धारा रक्तदान

काठमाडौं, २८ साउन – कलङ्कीस्थित एड्मार्क कलेजले गरेको रक्तदान कार्यक्रममा करिब १५० जनाले रक्तदान गरेका छन् । यसअघि पनि कलेजको वार्षिकोत्सवका अवसरमा विभिन्न सरकारी विद्यालयलाई सहयोग गर्दै आइरहेको सो कलेजले यस पटक सातौँ वार्षिकोत्सवमा रेडक्रसको सहयोगमा रक्तदान कार्यक्रमको आयोजना गरेको कलेजका प्रिन्सिपल शिव अधिकारीले बताए । नर्सरीदेखि स्नातक तहसम्म अध्यापन गराइने सो कलेजमा अध्ययनरत स्नातक […]

२०७० श्रावण २८ गते, सोमबार

बिहानको नास्ता मुटु स्वस्थ

काठमाडौँ । आफ्नो मुटु स्वस्थ राख्ने हो भने बिहान नास्ता खान नभुल्नुहोस् । विहान खाजा नखाने मानिसको मुटु अस्वस्थ हुने खतरा बढि हुने एक अध्ययनले देखाएको छ । अमेरिकी शोधकर्ताहरुले २७ हजार मानिसमा गरेको शोधबाट यस्तो निष्कर्षनिकालेका हुन् । हार्वर्ड विश्वविद्यालयको स्कुल अफ पब्लिक हेल्थका शोधकर्ताहरुको यो शोध सम्बन्धि समाचार र्सकलेशन नामक जर्नलमा छापिएको छ […]

२०७० श्रावण १२ गते, शनिबार

कलेज पोशाकमा निगरानी

काठमाडौ, ११ साउन । उच्च माध्यमिक शिक्षा परिषदको आचारसंहिता कार्यान्वयन अनुगमन समितिले विद्यालय वा कलेजको युनिफर्मको दुरुपयोग हुन नदिन प्रशासन कार्यालयलाई गुहार्ने निर्णय गरेको छ । होटेल, रेस्टुराँ, मल, पार्क, डिस्को, सिनेमाहलजस्ता सार्वजनिक स्थलमा छात्रछात्राले युनिर्फममै उपस्थित हुन, युनिफर्ममै प्रेमालाप तथा यौनजन्य क्रियाकलापमा सहभागी भएको पाएमा प्रहरी प्रशासनले नियन्त्रणमा लिनसक्ने भएको छ । अनुगमनका निम्ति […]

२०७० श्रावण ११ गते, शुक्रबार

सिटिइभिटीद्वारा सम्बन्धन दिने व्यवस्था परिमार्जन

काठमाडौं,२५ साउन । प्रबिधिक शिक्षा तथा व्यवसायिक तालिम परिषद् {सिटिइभिटी}ले नर्सिङ्ग कलेजलगायतका बिभिन्न संस्था सम्बन्धन सम्बन्धी व्यबस्थालाई परिमार्जन गरेको छ ।सिटिइभिटीले अबदेखि संस्था स्वीकृति दिँदा सरकारी, सार्वजनिक शैक्षिक गुठी, परोपकारी संस्था, स्थानीय निकायद्वारा सञ्चालित संस्थालाई पहिलो प्राथमिकता दिएर संस्था स्वीकृति दिने भएको हो ।‘हालैको बैठकले संस्था स्वीकृति दिने नियममा केही परिमार्जन गरेको छ, जथाभावी संस्था […]

२०७० श्रावण २५ गते, शुक्रबार