स्वास्थ्य / शिक्षा

संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीका पोलिट्ब्युरो सदस्य मिलनले संसदीय सत्ताको विकल्प वैज्ञानिक समाजवादी सत्ता भएको बताउदै संसदीय व्यवस्था असफलसिद्ध भइ सकेको ठोकुवा गरेका छन । अखिल(क्रान्तिकारी) बागमती प्रदेशद्वारा बुधवार काठमाडौंको रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित स्व.वि.यु. निर्वाचण -२०७९ बिशेष प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै सो ठोकुवा गरेका हुन्। नेता मिलनले अब नयाँ ढंगले आफ्नो पार्टीले दलाल […]

२०७९ पुष २१ गते, बिहीबार

अखिल (क्रान्तिकारी) सुर्खेतको सम्मेलन माघ २७ गते

काठमाडौं । अखिल क्रान्तिकारी सुर्खेतले जिल्ला व्यापी संगठनलाई विस्तार र सुदृढ गर्दै शिक्षा क्षेत्रका विकृति विरुद्ध संघर्षको उठान गर्न आगामी माघ २७ गते जिल्ला सम्मेलन गर्ने निर्णय गरेको छ । शनिबार सुर्खेतको सदरमुकाम विरेन्द्रनगरमा भएको अखिल (क्रान्तिकारी) को बैठकमा नेपाल कम्युनिस्ट पार्टीका केन्द्रिय सदस्य ध्रुव सी, जिल्ला सेक्रेटरी जीत सी र संगठनका केन्द्रिय सदस्य तुलराज […]

२०७९ पुष १७ गते, आईतवार

राष्ट्रिय मावि कैलालीका लेखापाललाई तत्काल वर्खास्त गर्न माग

काठमाडौं । अखिल क्रान्तिकारी कैलालीले घोडाघोडीस्थित राष्ट्रिय माध्यामिक विद्यालयमा कार्यरत लेखापाल विष्णुबहादुर बिकलाई तत्काल तत्काल बर्खास्त गरि कार्बाही गर्न माग गरेको छ। अखिल क्रान्तिकारीले उक्त बिद्यालयले स्थापना गर्न लागेको आवासीय बिद्यालय निर्माणको क्रममा भएको आर्थिक अनियमितता र त्यसबारे स्थानीयको धारणा बुझ्न र स्थलगत अध्ययन गर्न गएको बेला लेखापाल बिकले जाडरक्सी प्रयोग गरि अखिल क्रान्तिकारीका नेता […]

२०७९ पुष १३ गते, बुधबार

अखिल (क्रान्तिकारी) रुकुम पश्चिमको अध्यक्षमा धनु , युवा संगठन नेपालको अध्यक्षमा महेश बस्नेत

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल(क्रान्तिकारी) रुकुम पश्चिमको अध्यक्षमा धनु ओली निर्वाचित भएका छन । २८ औं जिल्ला सम्मेलनबाट ओली सर्वसम्मत अध्यक्षमा निर्वाचित भएका हुन् । सम्मेलनले ओलीको अध्यक्षतामा २७ सदस्यीय जिल्ला समिति चयन गर्दै सम्पन्न भएको छ । जसको उपाध्यक्षमा राकेश बिक, सचिवमा पूर्ण केसी, सह सचिवमा रिया महर र कोषाध्यक्षमा हेमन्त शर्मा रहेका […]

२०७९ पुष १२ गते, मंगलवार

अखिल क्रान्तिकारीद्वारा टिकापुर बहुमुखी क्याम्पसमा तालाबन्दी

काठमाडौं । अखिल क्रान्तिकारी कैलालीले टिकापुर बहुमुखी क्याम्पसमा विभिन्न माग राख्दै तालाबन्दी गरेको छ। शिक्षक नियुक्ति प्रक्रियामा अनियमितता भएको,राजनीतिक भागबन्डाका आधारमा क्यापस चलाउने गरेको,नियम अनुसार विद्यार्थीलाई छात्रवृत्ति नदिएको लगाएतका मागहरू राख्दै अखिल क्रान्तिकारी कैलालीले तालाबन्दी गरेको हो।अखिल क्रान्तिकारी कैलाली जिल्ला सदस्य तथा टिकापुर संयोजक कमलेस कठायत नेतृत्वको टिमले क्याम्पस प्रमुख केसर कुवरको कार्यकक्षमा बिहिवार तालाबन्दी […]

२०७९ पुष ८ गते, शुक्रबार

बाबा रामदेवसहित १६ भारतीय कम्पनीको औषधि नेपालमा प्रतिबन्ध !

काठमाडौं । औषधि विभागले बाबा रामदेवको कम्पनी दिव्या फार्मेसीसहित १६ भारतीय औषधि कम्पनीलाई कालोसूचीमा राखेको छ । यी कम्पनीहरूले विश्व स्वास्थ्य संगठनको उत्पादन मापदण्ड पालना गर्न असफल भएको खुलेको हो । औषधि विभागले यी औषधि आपूर्ति गर्ने नेपालका स्थानीय प्रतिनिधिलाई तत्काल प्रभावबाट फिर्ता लिन भन्दै सूचना जारी गरेको छ । ती औषधि नेपालमा पैठारी गरी […]

२०७९ पुष ६ गते, बुधबार

अखिल क्रान्तिकारी कालिकोटको अध्यक्षमा हस्त विक

काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी निकट अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलनले हस्त विकको अध्यक्षतामा २७ सदस्सीय नयाँ जिल्ला समिति निर्वाचित गरेको छ ।उक्त सम्मेलनको उद्घाटन सत्रलाई सम्मेलनका प्रमुख अतिथि अखिल क्रान्तिकारीका केन्द्रीय उपाध्यक्ष नरेन्द्र सीले सम्वोधन गर्दै दलाल संसदीय व्यवस्थाको खरावीले शिक्षा क्षेत्रपनि दलालीकरणमा पुगेको वताए । उनले शिक्षामा भएको दलालीकरण र व्यापारीकरणका […]

२०७९ पुष ६ गते, बुधबार

अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा पदम सी

काठमाडौं । नेकपाको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) रुपन्देहीको अध्यक्षमा पदम सी निर्वाचित भएका छन् । पराजुलीको अध्यक्षतामा ३१ सदस्यीय जिल्ला समिति निर्वाचित भएको हो । निर्वाचित उपाध्यक्षमा नयन सी, सचिव प्रसुन सी, सहसचिव माधव सी र कोषाध्यक्षमा प्रति सी रहेका छन् । रुपन्देहीको सैनामैनास्थित मुर्गियामा सम्पन्न सम्मेलनले नयाँ जिल्ला संगठन समिति निर्वाचित गरेको हो । […]

२०७९ पुष ६ गते, बुधबार

अखिल क्रान्तिकारी कालिकोटको चौधौं सम्मेलन सम्पन्न

काठमाडौँ । अखिल क्रान्तिकारी कालिकोटको १४ औ जिल्ला सम्मेलन सम्पन्न भएको छ । सम्मेलनलाई अखिल क्रान्तिकारीका उपाध्यक्ष तथा नेपाल कम्युनिस्ट पार्टीका बैकल्पिक केन्द्रिय सदस्य नरेन्द्र सी ले औपचारिक रुपमा उद्वघाटन गरेका हुन।जिल्लाको रास्कोट स्थिति आरसिपी बजारमा शुरु गरिएको कार्यक्रममा प्रमुख अतिथि नरेन्द्र सी ले शिक्षा क्षेत्रका बिकृती र बिसङ्गतीबिरुद्ध लड्दै अखिल क्रान्तिकारीको जन्म भएको र […]

२०७९ पुष ३ गते, आईतवार

सुवाल कलेजद्वारा पीडित विद्यार्थी आन्दोलित

काठमाडौँ । सुवाल इन्टरनेशनल कलेजद्वारा पिडित विद्यार्थी आन्दोलित भएका छन। भक्तपुस्थित प्रकाश सुवाल प्रीन्सिपल रहेको उक्त कलेजका विद्यार्थी ‘विद्यार्थी ठग्न पाइदैन , प्रकाश सुवाललाई कार्बाहि गर, हाम्रो माग पुरा गर भन्दै आन्दोलनमा उत्रिएका छन् । झण्डै ३ सय ५०विद्यार्थीले मङ्गलवार राजधानीको माइतीघर मण्डलामा धर्नासहित बिरोध प्रदर्शन गरेका हुन।” सुवाल इन्टरनेशनल कलेजका प्रमुख डा प्रकाश सुवालले […]

२०७९ मंसिर २८ गते, बुधबार