स्वास्थ्य / शिक्षा

विद्यार्थीलाई पोषणयुक्त चामल

काठमाडौं, १ माघ । शिक्षा मन्त्रालयले माघ पहिलो सातादेखि विद्यार्थीलाई पिठोको सट्टा पोषणयुक्त चामल खुवाउने भएको छ । दुर्गम क्षेत्रका बालबालिकाको शिक्षामा पहुँच विस्तार गर्ने उद्देश्यले सुरु गरिएको शिक्षाका लागि खाद्य कार्यक्रमले नयाँ स्वरुपमा दिवा खाजा कार्यक्रम सञ्चालन गर्न लागेको हो । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रमको सहयोगमा २०५२ मन्त्रालय अन्तर्गत शिक्षाका लागिथ खाद्य परियोजना संचालनमा […]

२०७४ माघ १ गते, सोमबार

सुर्तीजन्य पदार्थको नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक

काठमाडौं, २८ पुस । स्वास्थ्यमन्त्री दीपक बोहराले सुर्तीजन्य पदार्थको नियन्त्रण महासन्धि, २०३० रणनीति सार्वजनिक गरेका छन । उनले सुर्तीजन्य पदार्थको नियन्त्रण गर्न विश्व स्वास्थ्य संगठनले तयार पारेको रणनीति सार्वजनिक गरेका हुन् । स्वास्थ्य मन्त्रालय र विश्व स्वास्थ्य संगठनले काठमाडौंमा गरेको कार्यक्रममा मन्त्री बोहराले विश्व स्वास्थ्य संगठनले बनाएको रणनीतिले निकै राम्रो सुझाव दिएको भन्दै यो कार्यान्वयन […]

२०७४ पुष २८ गते, शुक्रबार

मानव अंग प्रत्यारोपण केन्द्रमा ३८६ जनाको मिर्गौला प्रत्यारोपण

काठमाडौं, २८ पुस । मानव अंग प्रत्यारोपण केन्द्र, भक्तपुरले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको छ । २०६९ साल वैशाख ११ गतेदेखि सेवा सञ्चालन गरेको केन्द्रले हालसम्म ३८६ जनाको मिर्गौला प्रत्यारोपण गरेको र गत वैशाखदेखि हालसम्म मात्र १०४ जनाको मिर्गौला प्रत्यारोपण गरेको केन्द्रका कार्यकारी निर्देशक डा पुकारचन्द्र श्रेष्ठले बताए । केन्द्रले चौबिसै घण्टा दैनिक १०० […]

२०७४ पुष २८ गते, शुक्रबार

पत्रकारद्वारा दलहरुले गरेको फोहोर सफा

काठमाडौं, २७ पुस । दोलखाको सदरमुकाम चरिकोटमा राजनीतिक दलले चुनावी अभियानका क्रममा बिजुलीका खम्बामा राखेका ब्यानर, झण्डालगायतका सामग्री दुई पत्रकारले झिकेर फाल्न थालेका छन् । नेपाल पत्रकार महासंघका पूर्व केन्द्रीय सदस्य चिरञ्जीवी मास्के र नेपाल प्रेस युनियनका वाग्मती क्षेत्र विशेष संयोजक रमेश खतिवडा चरिकोटलाई सफा र स्वच्छ चरिकोट बनाउने उद्देश्यले विगत केही दिनदेखि सरसफाइ अभियानमा […]

२०७४ पुष २७ गते, बिहीबार

भाइरलका कारण १२ को मृत्यु

काठमाडौं, २५ पुस । जाजरकोट जिल्लाको जुनीचाँदे–३ मा भाइरलका कारण थप एकजनाको मंगलबार बिहान मृत्यु भएकोे छ । जुनीचाँदे गाउँपालिका–३ का ५८ वर्षीय लालबहादुर भण्डारीको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका कृष्णबहादुर खत्रीले जानकारी दिए । भण्डारी तीनदिनदेखि बिरामी थिए । अहिले गाउँपालिकाका विभिन्न ठाउँमा स्वास्थ्य शिविर सन्चालन गरी उपचारसमेत जारी राखिएको खत्रीले बताए । यससहित […]

२०७४ पुष २५ गते, मंगलवार

सवारी साधन एकआपसमा ठोक्किदा एकको मृत्यु, सातजना घाइते

काठमाडौं, २५ पुस । नवलपरासी (बर्दघाट सुस्ता पूर्व) को विनयी त्रिवेणी गाउँपालिका–२ दाउन्नेको ओरालोमा सोमबार पाँचवटा सवारी साधन एकापसमा ठक्कर खाँदा एकजनाको मृत्यु भएको छ भने सातजना घाइते भएका छन् । घाइतेमध्ये चार जनाको अवस्था गम्भीर रहेको छ । घाइतेको चितवनको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । दाउन्नेबाट दुम्किवासतर्फ आउँदै गरेको लु३त ४५०० […]

२०७४ पुष २५ गते, मंगलवार

प्रधानन्यायाधीशको राजीनामा माग्दै अनशन सुरु

काठमाडौं, २४ पुस । सर्वोच्च अदालतले चिकित्साशास्त्र अध्ययन संस्थान (आइओएम)को डीनबाट बर्खास्तीमा परेका डा. शशी शर्मालाई पुनर्बहाली गर्न आदेश दिएपछि त्रिवि शिक्षण अस्पताल महाराजगन्जका वरिष्ठ चिकित्सक डा. गोविन्द केसीले अनशन सुरु गरेका छन् । प्रधानन्यायाधीश गोपाल पराजुलीको राजीनामा माग्दै डा. केसीले आजदेखि त्रिवि शिक्षण अस्पताल परिसरमै आमरण अनशन सुरु गरेका हुन् । डा. केसीले प्रधानन्यायाधीश […]

२०७४ पुष २४ गते, सोमबार

द्वन्द्वका घाइतेलाई निःशुल्क उपचार

काठमाडौं, २२ पुस । धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानले असाह्य र द्वन्द्वका घाइतेहरुलाई निःशुल्क उपचार सेवा दिइरहेको जनाएको छ । प्रतिष्ठानले शुक्रबार राजधानीमा गरेको कार्यक्रममा पाँचै विकास क्षेत्रमा पुनःस्थापना केन्द्र सन्चालन गर्ने सरकारी नीतिअनुसार यस्तो सुविधा उपलब्ध गराएको जनाएको हो । शान्ति तथा पुनर्निर्माण मन्त्रालयको सहयोगमा यस्तो सेवा सन्चालन गर्ने भनिए पनि अन्य क्षेत्रमा […]

२०७४ पुष २२ गते, शनिबार

चिसो बढ्दै, जनजीवन कष्टकर

काठमाडौं, २० पुस । न्यूनतम तापमान लगातार घट्दै गएका कारण देशभर चिसो बढ्दै गएको छ । च्ज्सोका कारण जनजीवन कष्टकर बन्दै गएको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार बिहीबार न्यूनतम तापमान २ डिग्री सेल्सियस रहेको छ । बुधबार न्यूनतम तापमान २.२ डिग्री सेल्सियस थियो । बिहीबार दिउँसोको अधिकतम् तापक्रम १६ देखि १८ डिग्री […]

२०७४ पुष २० गते, बिहीबार

२५ कम्पनीका औषधि गुणस्तरहीन

काठमाडौं, १८ पुस । नेपालमा २५ वटा औषधि उत्पादन कम्पनी मापदण्डविपरीत सञ्चालन भइरहेको पाइएको छ । त्यस्ता कम्पनीलाई कानुनबमोजिम कारबाही गर्ने जिम्मेवारी पाएको औषधि व्यवस्था विभाग भने मुकदर्शक बनेको छ । विभागका अनुसार मुलुकमा भिन्नभिन्न प्रकारका औषधि उत्पादन गर्ने ५५ कम्पनी सञ्चालनमा छन् । यसका अतिरिक्त नौ वटा कम्पनी भौतिक पूर्वाधार निर्माणका चरणमा छन् । […]

२०७४ पुष १८ गते, मंगलवार