वीर अस्पताल दुवाकोटमा सर्ने
काठमाडौं, ७ साउन । आजको मन्त्रिपरिषद् बैठकले देशकै पुरानो वीर अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको छ। बैठकले दुवाकोटमा जग्गा प्राप्तीका लागि स्वीकृति दिएपछि वीर अस्पताल सर्ने पक्का भएको हो । काठमाडौंको महाबौद्धमा रहेको वीर अस्पताल साँघुरो र नयाँ संरचना निर्माण गर्ने समेत स्थान नभएको भन्दै मन्त्रिपरिषद्ले अस्पताललाई भक्तपुरको दुवाकोटमा सार्ने निर्णय गरेको हो । […]
२०७३ श्रावण ७ गते, शुक्रबार