स्वास्थ्य / शिक्षा

काठमाडौं महानगरपालिकाद्वारा स्वास्थ्य बीमा सुरु

काठमाडौँ । काठमाडौं महानगरपालिका र स्वास्थ्य बीमा बोर्डबीच स्वास्थ्य बीमा कार्यक्रम सञ्चालन गर्न आज समझदारीपत्रमा हस्ताक्षर भएको छ । उक्त समझदारी पत्रमा महानगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत बसन्त अधिकारी र बोर्डका कार्यकारी निर्देशक डा. मदनकुमार उपाध्यायले हस्ताक्षर गरेका छन् । स्वास्थ्य बीमा ऐन २०७४, स्वास्थ्य बीमा नियमावली २०७५ र स्थानीय तह स्वास्थ्य बीमा संयोजन समिति गठन […]

२०८० पुष ११ गते, बुधबार

अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलन विशेष गीत ‘सन्देश नयाँ युगको’ सार्वजनिक

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी निकट अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई केन्द्रित गरेर ‘सन्देश नयाँ युगको’ बोलको गीत सोमबार एक कार्यक्रमबिच अखिल (क्रान्तिकारी) को केन्द्रीय कार्यालय बुद्धनगर काठमाडौँमा सार्वजनिक गरिएको छ ।संगठनका अध्यक्ष प्रकाश सीको अध्यक्षतामा भएको कार्यक्रमको प्रमुख अतिथि नेकपाका स्थायी कमिटी सदस्य शिलु सी, अतिथिहरु नेकपाका पोलिट ब्यूरो सदस्य तथा जनवादी […]

२०८० पुष १० गते, मंगलवार

अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस बाँकेको अध्यक्षमा सुरेन्द्र सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) महेन्द्र बहुमुखी क्याम्पस बाँकेको सातौं सम्मेलनले अध्यक्षमा सुरेन्द्र सीलाई निर्वाचित गरेको छ । यसैगरी, उक्त सम्मेलनले उपाध्यक्षमा अशोक सी, सचिवमा रितिका सी, सहसचिवमा प्रेङ्का सी, कोषाध्यक्षमा निर्मला सी लगायत २५ सदस्यीय इकाई समिति निर्वाचित गरेको छ ।उक्त सम्मेलनको अध्यक्षता निर्मला सी प्रमुख अतिथि संगठनका कोषाध्यक्ष प्रीतिमा सी विशिष्ट […]

२०८० पुष ८ गते, आईतवार

हृदय रोगको शल्य चिकित्सामा नयाँ सफलता

काठमाडौँ । शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्रमा १२ वर्षीय बालकको ‘ट्रिकस्पिड भल्भ’ पुरै निकालेर मुटुको बाहिरी खोल (पेरिकार्डियम) बाट भल्भ बनाइ प्रत्यारोपण गरिएको शल्यक्रिया सफल भएको छ । केही हप्ताअघि बालकको खुट्टामा चोट लागेर संक्रमण भएपछि उक्त संक्रमणले उनको ट्रिकस्पीड भल्भ नष्ट भएको थियो । डा. रवीन्द्र भक्त तिमलाको टोलीले उक्त भल्भ पुरै निकालेर मुटुको […]

२०८० पुष ८ गते, आईतवार

शिक्षक सेवा आयोगद्वारा मावि तहका शिक्षक माग

काठमाडौँ । शिक्षक सेवा आयोगले आइतबार सार्वजनिक सूचना जारी गर्दै माध्यमिक तहका शिक्षक माग गरेको छ । आयोगले मावि तह तृतिय श्रेणी शिक्षक पदका लागि योग्यता पुगेका इच्छुकहरुबाट दरखास्त आह्वान गरेको हो । यहि पुस ५ गते बसेको शिक्षक सेवा आयोगको बैठकको निर्णयअनुसार सामुदायिक विद्यालयको मावि तह, तृतिय श्रेणी शिक्षक पदमा खुला तथा समावेशी प्रतियोगितात्मक […]

२०८० पुष ८ गते, आईतवार

अखिल (क्रान्तिकारी) त्रिविको अध्यक्षमा हेमराज सी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीको ७ औं जिल्ला सम्मेलनले अध्यक्षमा हेमराज सी, उपाध्यक्ष कविन्द्र सी, सचिव सुवास सी, सह-सचिव विपि सी, कोषाध्यक्ष अभिरुचि सीसहित १५ सदस्यीय त्रिवि जिल्ला कमिटी निर्वाचित गरेको छ ।त्रिवि जिल्ला संयोजक हेमराज सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्थायी कमिटी सदस्य […]

२०८० पुष ८ गते, आईतवार

मध्यपश्चिम विश्वविद्यालयकाे अध्यक्षमा चिनबहादुर सी

काठमाडौँ । अखिल (क्रान्तिकारी) मध्यपश्चिम विश्वविद्यालयकाे तेस्रो क्याम्पस जिल्ला सम्मेलनले चिनबहादुर सीको नेतृत्वमा २७ सदस्यीय मध्यपश्चिम विश्वविद्यालय जिल्ला समिति निर्वाचित गरेको छ । जसको पदाधिकारीहरुमा अध्यक्ष चिन बहादुर सी, उपाध्यक्ष अमृता शाही, हितेन्द्र शाह, सचिव सुदर्शन ऐडि, सह-सचिवसम्झना परियार, मनिषा सहकारी, कोषाध्यक्ष रितु कुमारी बम लगायत २७ सदस्यीय जिल्ला समिति रहेको छ ।खोज अनुसन्धान सहितको […]

२०८० पुष ७ गते, शनिबार

अखिल क्रान्तिकारी क्याम्पस जिल्ला अध्यक्षमा सुवास सी निर्वाचित

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीनिकट अखिल क्रान्तिकारी क्याम्पस जिल्लाको २६ औं जिल्ला सम्मेलन सुवास सीको अध्यक्षता ४१ सदस्यीय जिल्ला कमिटी निर्वाचित गर्दै सम्पन्न भएको छ । क्याम्पस जिल्ला संयोजक सुवास सीको अध्यक्षतामा सुरु भएको कार्यक्रमको प्रमुख आतिथ्यता नेकपाका स्थायी कमिटी सदस्य तथा विद्यार्थी फ्र्याक्सन इन्चार्ज सिलु सीको रहेको थियो भने विशेष आतिथ्यता अखिल (क्रान्तिकारी) का […]

२०८० पुष ७ गते, शनिबार

विद्यालयको भन्दा फरक पोशाक किन्न लगाए कारबाही !

काठमाडौँ । काठमाडौं महानगरपालिकाले एक सूचना जारी गर्दै बालबालिकालाई चाडपर्वका नाममा पोशाक किन्न लगाउने विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएको छ । महानगरका शिक्षा अधिकारी सीताराम कोइरालाले केही विद्यालयले चाडपर्वका नाममा नियमित विद्यालय पोशाकभन्दा फरक पोशाक किन्न बाध्य पारेको गुनासो आएको भन्दै सूचना निकालेर त्यस्ता विद्यालयलाई कारबाही गर्ने चेतावनी दिएका हुन् ।सूचनामा भनिएको छ – ‘तोकिएको […]

२०८० पुष ६ गते, शुक्रबार

एसइईमा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनुपर्ने

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने जनाएको छ। बोर्डका अध्यक्ष डा महाश्रम शर्माले विद्यार्थीले २०८० सालमा सञ्चालन हुने एसइई परीक्षामा कम्तीमा ३५ प्रतिशत अङ्क ल्याउनैपर्ने बताएका हुन् । नेशनल प्याप्सन भक्तपुरले शैक्षिक वर्ष २०८० को एसइईमा सम्मिलित हुने विद्यार्थीका लागि आयोजित परीक्षा मार्गनिर्देशन कार्यक्रममा उनले २०८० मा एसइई परीक्षा […]

२०८० पुष ६ गते, शुक्रबार