अन्तर्वार्ता

चुनावलाई सडकबाट खारेज गर्र्छौं – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटव्यूरो सदस्य-नेकपा-माओवादी

० तपाईंहरूले विरोध गर्दागर्दै पनि चुनाव त हुने नै भयो, होइन छ ? चुनाव हुने नै भयो भन्ने होइन चुनाव त नहुने भयो । अहिलेको राष्ट्रिय राजनीतिक माहोल हेर्नु भयो भने चुनाव नहुने परिवेश तयार भइसकेको छ । सुरुमा चार दलीय संयन्त्र र सरकराले संविधानसभाको चुनाव गर्ने नाटक गरिसकेपछि त्यसले एउटा ठूलो प्रश्न नेपाली राजनीतिमा […]

२०७० कार्तिक २३ गते, शनिबार

जनताको अधिकार र राष्ट्रको हितसँग नजोडिएको चुनावको कुनै औचित्य छैन – नेत्रविक्रम चन्द ‘विप्लव’ सचिव, नेकपा-माओवादी

० चार दल अन्तत गोलमेच सम्मेलनको लागि सहमत भएका छन्, गोलमेचबाट कस्तो सन्देश आउला ? गोलमेचको यो क्रान्तिकारी प्रस्ताव सचेत नागरिकहरू, शान्ति र परिवर्तनवाहक शक्तिको दबाबको कारणले एउटा संर्घष्ाकै रूपबाट सफल भएको हो । गोलमेचमा हामी संविधानको विषय उठाउँछौं । संविधान कस्तो बनाउने भन्ने विषय सुनिश्चित हुने गरी छलफल बहसबाट निकास निस्कनुपर्छ भन्ने हाम्रो चाहना […]

२०७० भाद्र ८ गते, शनिबार

टेबलबाट समस्याको समाधान भएन भने जनसंर्घषमा जान्छौँ -प्रकाण्ड , पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० पार्टीको पूण बैठक सकिएको छ, बैठक कस्तो रह्यो ? भर्खर पोखरामा सम्पन्न हाम्रो पार्टीको पूण बैठक भव्य र अभूतपूव भयो । सम्पूण केन्द्रीय सदस्य र केन्द्रीय सल्लाहकारहरूको उपस्थिति भएको बैठकमा व्यापक बहस गरी निष्कर्षमा पुगेको हुँदा हामीले यसलाई ऐतिहासिक बैठक भनेका छौँ । यो बैठकमा पार्टी र्पुनर्गठन भएको एक वर्षो समीक्षा पनि गरेका छौँ […]

२०७० असार २२ गते, शनिबार

वर्तमान संकटले नेपालमा आमूल परिवर्तनको माग गरेको छ – सीपी गजुरेल ‘गौरव’, उपाध्यक्ष, नेकपा-माओवादी

० सरकारले जबर्जस्ती चुनावको मिति घोषणा गरेको छ, के भन्नुहुन्छ – हामीलगायतका ३३ दल, उपेन्द्र यादव नेतृत्वको आठ दल र संघीय समाजवादी दलले संयुक्तरूपमा पत्रकार सम्मेलन गरी अहिले निर्वाचनको वातावरण बनेको छैन, यस्तो परिस्थितिमा निर्वाचन हुन सक्दैन । वातावरण बनाएर मात्र निर्वाचनको मिति घोषणा गर्नुपर्छ भनेर भनेकै दिन निर्वाचनको मिति घोषणा भयो । यो दुभाग्यपूण […]

२०७० असार ८ गते, शनिबार

नयाँ जनवादी क्रान्तिबिना समस्याको समाधान हुँदैन – मोहन वैद्य ‘किरण’, अध्यक्ष, नेकपा-माओवादी

० पार्टी र्पुनर्गठन भएको एक वर्षभएको छ, यो अवधिको कसरी मूल्यांकन गर्नुहुन्छ ? मुख्यरूपमा विचारधारात्मक राजनीतिक उपलब्धि नै हो । नेपालमा जनवादी क्रान्ति गर्ने पार्टी माओवादी पार्टी हो । मार्क्सवाद, लेनिनवाद, माओवादको पथप्रदर्शनमा हिँडेको पार्टी हो । देशको राष्ट्रिय स्वाधीनताको रक्षा गर्ने पार्टी हो । जनताको जनतान्त्रिक हक, अधिकारका निम्ति लड्ने पार्टी माओवादी पार्टी हो […]

२०७० असार १ गते, शनिबार

चैत्र १ को घटना वैदेशिक हस्तक्षेपको पराकाष्ठा हो – कुलप्रसाद केसी ‘सोनाम’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

सरकारले चुनावको मिति घोषणा गर्ने तयारी गरिरहेको बताएको छ, के भन्नुहुन्छ – निर्वाचनको मिति तोक्ने नतोक्ने भन्ने अहिलेको प्रमुख मुद्दा होइन, अहिले. नेपालको राजनीतिक स्थायित्व कायम गर्ने कुरा प्रमुख हो । जनतालाई नयाँ संविधान कस्तो दिने भन्नेमा पहिले विश्वस्त हुनुपर्छ । पछिल्लो संविधानसभा विघटनदेखिको विषयमा नयाँ संश्लेषण नगरेर गरिने नियमित प्रक्रिया पुर्याउन गरिने निर्वाचनले खास […]

२०७० जेष्ठ २५ गते, शनिबार

दल दर्ताको औचित्य छैन – नेत्रविक्रम चन्द ‘विप्लव’, सचिव, नेकपा-माओवादी

० निर्वाचन आयोगले दल दर्ताको आह्वान गरेको छ, तपाईंहरूले दल दर्ता गराउनु भएको छैन, किन ? अहिले दल दर्ताको औचित्य नै छैन । खिलराज सरकार नै अवैधानिक परिणाम हो । पार्टीले राखेका जनयुद्धकालीन एजेण्डाहरूको बहस नगरेर सहमति नगरेर अरु कार्यहरू गर्नुको कुनै औचित्य छैन । त्यसकारण हामीले दल दर्ता नगराएका हौँ । ० सरकारले तपाईंहरूलाई […]

२०७० जेष्ठ ११ गते, शनिबार

वार्ताको आह्वान षड्यन्त्रपूर्ण छ – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० सरकारले तपाईंको पार्टीलाई वार्तामा बोलाएको थियो, जानु भएन नि किन ? यो प्रतिगमनबाट जन्मेको सरकारले अग्रगामी निकासको निम्ति गम्भीरताका साथ सकारात्मकरूपले र अहिलेको समस्याको सही समाधानको निम्ति जिम्मेवार भएर वार्ताको आहृवान गरेको भनेर कसैले सोचेको छ भने त्यो सोह्रैआना गलत हो । यो वार्ता नेपाली जनता, राष्ट्र र यसको नेतृत्व गरिरहेको हाम्रो पार्टीको विरुद्धमा […]

२०७० जेष्ठ ४ गते, शनिबार

शक्तिशाली आन्दोलनबिना निकास सम्भव छैन – खड्गबहादुर विश्वकर्मा ‘प्रकाण्ड’, पोलिटब्युरो सदस्य, नेकपा-माओवादी

० पार्टी केन्द्रीय समितिको बैठक भर्खरै सम्पन्न भएको छ, बैठकले के-के निर्ण्र्ाय गर्यो ? नेपालको विशिष्ट राजनीतिक स्थितिमा हाम्रो पार्टी केन्द्रीय समितिको विस्तारित बैठक सम्पन्न भएको छ । बैठकले पार्टी आत्मगत अवस्थाको विश्लेषण र समीक्षा गरेको छ र नेपालको वस्तुगत राजनीति स्थितिको पनि विश्लेषण र समीक्षा गरेको छ । वस्तुगत राजनीतिक विश्लेषणबाट हामी के निष्कर्षा […]

२०७० बैशाख १४ गते, शनिबार

असंवैधानिक सरकारसँग वार्तामा बस्नुको औचित्य छैन – धर्मेन्द्र बास्तोला, पोलिटव्यूरो सदस्य, नेकपा-माओवादी

० तपाईंको पार्टी सरकारले वार्तामा बोलाएको छ, वार्तामा किन जानु भएन ? सरकारले वार्तामा बोलाएको छ । तर, यो सरकार नै वैधानिक नभएकोले वार्तामा नगएका हौँ । यस विषयमा पार्टीमा छलफल भइरहेको छ । ० तपाईंको पार्टीको बैठक चलिरहेको छ, बैठकमा के-के विषयमा छलफल भइरहेको छ? बैठकमा मुख्य गरी संगठनको विषयमा छलफल भइरहेको छ । […]

२०७० बैशाख ७ गते, शनिबार