Main Banner

सामाजिक सञ्जालसम्बन्धी विधेयक खारेज गर

सरकारले सामाजिक सञ्जालको प्रयोगलाई नियमन गर्ने भन्दै  ‘सामाजिक सञ्जाल विधेयक २०८१’ संघीय संसदमा दर्ता गराएको छ  ।  प्रस्तावित विधेयकको दफा १६ मा सामाजिक सञ्जाल प्रयोगकर्ताले पालना गर्नु पर्ने  पाँचवटा शर्तहरू राख्ने प्रस्ताव छ । १.कसैको मान प्रतिष्ठामा आँच पुग्ने र होच्याउने नियतले अपमानजनक शब्द, श्रव्यदृष्य, तस्बिरको ट्रोल बनाउने, गाली बेइज्जती वा हेट स्पीच मानिने कार्य […]

२०८१ माघ २० गते, आईतवार

केयूद्वारा पुन: उपकुलपतिका लागि आवेदन माग

काठमाडौँ । काठमाडौं विश्वविद्यालयले पुन: उपकुलपतिका लागि आवेदन माग गरेको छ । उपकुलपतिका लागि नाम सिफारिस गर्न गठित खोज तथा सिफारिस समितिले स्नातकोत्तर उत्तीर्ण गरेकाले पनि आवेदन दिन पाउने गरी कार्यविधि संशोधन गरेर दोस्रो पटक आह्वान गरेको हो । छनोट समितिले आवेदनका लागि ७ दिनको समय दिइएको छ।यसअघि १८ पुसमा पहिलो पटक आवेदन माग गरिएको […]

२०८१ माघ १८ गते, शुक्रबार

नेपाल शिक्षक महासंघद्वारा आन्दोलनको उद्घोष

काठमाडौँ । नेपाल शिक्षक महासंघले आन्दोलनको घोषणा गरेको छ । यही माघ १६ र १७ गते बसेको महासंघको तेस्रो पूर्ण राष्ट्रिय बैठकपपछि आयोजित पत्रकार सम्मेलनमार्फत महासंघले पहिलो चरणको आन्दोलनका कार्यक्रमहरू सार्वजनिक हो । यस क्रममा, माघ २० गते सबै शिक्षक र कर्मचारीहरूले फेसबुकमा आयतकार रातो स्टिकर प्रयोग गर्दै ‘२०८१ को हिउँदे अधिवेशनबाट विद्यालय शिक्षा ऐन […]

२०८१ माघ १८ गते, शुक्रबार

समाजवादी मोर्चाले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी ,नेकपा माओवादी केन्द्र , नेकपा (एकीकृत समाजवादी) र नेपाल समाजवादी पार्टीसम्मिलित समाजवादी मोर्चा नेपालले चैत्र २४ गते काठमाडौँमा वृहत् आमसभा गर्ने भएको छ। बुधबार अपरान्ह नेकपा (एकीकृत समाजवादी) को केन्द्रीय कार्यालय आलोकनगरमा बसेको मोर्चाको बैठकले चैत्र २४ गते काठमाडौंमा वृहत् आमसभा गर्ने निर्णय गरेको नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी […]

२०८१ माघ १६ गते, बुधबार

समाजवादी मोर्चा देशको राजनीतिक विकल्प

काठमाडौँ । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभाका वक्ताहरुले समाजवादी मोर्चा देशको राजनीतिक विकल्प भएको ठोकुवा गरेका छन् । उक्त कार्यक्रमलाई सम्बोधन गर्दै नेपाल  कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरे । उनले वर्तमान […]

२०८१ माघ १५ गते, मंगलवार

दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवाद

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव तथा समाजवादी मोर्चा नेपालका संयोजक विप्लव सीले दलाल पुँजीवादको विकल्प नेपाली विशेषताको समाजवादमात्र भएको ठोकुवा गरेका छन् । समाजवादी मोर्चा नेपालद्वारा मंगलबार काठमाडौंमा आयोजित ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक विचार सभालाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्। संयोजक विप्लव सीले वर्तमान राजनीतिक संकटको निर्विकल्प निकास समाजवाद […]

२०८१ माघ १५ गते, मंगलवार

‘नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना छ’

काठमाडौँ । नेकपा कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले नयाँ तरिकाले सत्ताको नेतृत्व गर्ने चाहना भएको बताएका छन्। सोमवार नेपाल कम्युनिष्ट पार्टीद्धारा काठमाडौको बुढानिलकण्ठमा सुरु गरिएको सी व्यापार केन्द्र उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्। महासचिव विप्लव सीले कसैसँग मागेर नभइ आफ्नै शक्तिमा सत्ताको नेतृत्व गर्न चाहेको बताउदै भने- ‘२०८४ सामान्य हुँदैन । […]

२०८१ माघ १४ गते, सोमबार

समाजवादी मोर्चा बिचार सभा गर्दै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी , नेकपा माओवादी केन्द्र , एकीकृत समाजवादीलगायतका राजनीतिक दल सम्मिलित समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते ‘राष्ट्रिय राजनीति र समाजवादी मोर्चाको कार्यभार’ विषयक बिचार सभा गर्ने भएको छ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता तथा समाजवादी मोर्चा नेपालका सदस्य सचिव प्रकाण्ड सी ले समाजवादी मोर्चा नेपालले भोलि माघ १५ गते […]

२०८१ माघ १४ गते, सोमबार

‘संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने चाहना छ’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले संसदीय चुनावबाट समाजवादको यात्रा लड्ने चाहना भएको बताएका छन् । सो पार्टीद्वारा आइतबार आयोजित क्रान्तिकारी कम्युनिस्टहरूबीच ध्रुविकरण कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव विप्लव सीले ०८४ मा हुने संसदीय चुनावमा नेकपाले भाग लिने निर्णय गरिसकेको बताउदै भने- ‘हाम्रो पार्टीले के निर्णय गरेको छ भने एक […]

२०८१ माघ १३ गते, आईतवार

नेकपाको धैर्यता र पटक–पटकको आग्रहलाई नजरअन्दाज नगर

२०७७ फागुन २१ गते तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच भएको तीन बुँदे सहमति सरकारले अहिलेसम्म पूर्णरुपमा कार्यान्वयन गरेको छैन । नेकपाले उक्त सहमतिको अक्षरशः पालना गरेपनि सरकारले पालना गरेका छैन । जसका कारण अहिले पनि नेकपाका दर्जनभन्दा बढी नेता–कार्यकर्ता जेलमा छन् भने दर्जनौले भूmठा मुद्दा खेपिरहेका छन् । यसैक्रममा […]

२०८१ माघ १३ गते, आईतवार