Main Banner

मापदण्ड विपरित संचालित स्वर्गद्वारी हस्पिटल बन्द गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी प्यूठानले मापदण्ड विपरित संचालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.लाई वैधानिकता प्राप्त नगरेसम्म बन्द गर्न आग्रह गरेकाे छ। नेकपा प्युठानका सेक्रेटरी अजयले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै प्युठान नगरपालिका वडा नं. ८ स्थित धर्मावती वाग्दुलामा सन्चालित स्वर्गद्वारी लाइफ केयर हस्पिटल प्रा. लि.मिति २०७४/०३/०१ गते देखि मापदण्ड विपरित सन्चालन भएकोले बन्द […]

२०७८ माघ १५ गते, शनिबार

नेकपा अर्घाखाँचीद्वारा भ्रमको पछि नलाग्न अपिल

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले केही समय अघि ऋषिराम अधिकारीले सनपा ११ मा अवैध रुपमा सञ्चालन गरेको क्रसर उद्योग र सनपा ७ मा रहेमा भूगर्भ सिमेन्टद्वारा सञ्चालित चुनढुङगा खानी बन्द गरेको बिषयलाई लिएर भ्रमको पछि नलाग्न आम जनसमुदायलाई अनुरोध गर्दै सञ्चालकलाई उद्योग बन्द गर्न र नेकपाको निर्णयलाई बेवास्ता नगर्न विज्ञप्तिमार्फत जानकारी गराएको छ ।जिल्ला […]

२०७८ माघ १५ गते, शनिबार

जनपत्रकार सङ्गठनद्वारा पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई ज्ञापन पत्र

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपाल सुदूर–पश्चिम प्रदेश समितिले नेपाल पत्रकार महासंघ सुदूर–पश्चिम प्रदेशलाई मर्यादित , अनुशासित र जिम्मेबार पत्रकारिता बनाउने विषयमा ५ बुँदे ज्ञापनपत्र बझाएको छ । उक्त ज्ञापनपत्र ग्रहण गर्दै पत्रकार महासंघ प्रदेशका सचिव हरी जोशीले ज्ञापन पत्रमा उत्थान गरिएका विषयवस्तु सही र अहिलेको समय सान्दर्भिक भएको हुँदा आफ्नो नीति निर्णयमा लागू गरि अगाडी […]

२०७८ माघ १५ गते, शनिबार

नेकपा अर्घाखाँचीद्वारा चुनढुङ्गा उत्खनन् कार्यमा रोक

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी अर्घाखाँचीले चुनढुङ्गा उत्खनन् कार्य बन्द गराएको छ । सो पार्टीले भूगर्भ सिमेन्टद्धारा सञ्चालित उक्त चुनढुङ्गा उत्खनन् कार्यले सामाजिक, आर्थिक, पर्यावरण र पर्यटनमा प्रत्यक्ष प्रभाव पारेको , अर्घाखाँचीमा ठोस उपलब्धि प्राप्त हुन नसकेको, प्रकृतिको चरम दोहन गर्ने चुनढुङ्गा भइरहेको यसलाई बन्द गराउनु पर्ने आम जनगुनासो आएपछि बन्द गरेको बताइएको छ ।नेपाल […]

२०७८ माघ १४ गते, शुक्रबार

राष्ट्रिय जनगणनाको प्रारम्भिक नतिजा सार्वजनिक

काठमाडौं । केन्द्रीय तथ्यांक विभागले राष्ट्रिय जनगणना–२०७८ को प्रारम्भिक नतिजा सार्वजनिक गरेको छ । जसअनुसार नेपालको जनसंख्या २ करोड ९१ लाख ९२ हजार चार सय ८० पुगेको छ । यो वर्ष २०७८ मा सम्पन्न गरिएको जनगणनाको प्रारम्भिक तथ्यांकअनुसार कुल जनसंख्या २ करोड ९१ लाख ९२ हजार ४८० पुगेको तथ्यांक विभागले जानकारी दिएको हो । पुरुषको […]

२०७८ माघ १२ गते, बुधबार

केएमसी र नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित आठ विद्यार्थी संगठनले काठमाडौं मेडिकल कलेज (केएमसी) र विराटनगरको नोबेल मेडिकल कलेजलाई ठगी मुद्दामा कारबाही गर्न माग गरेका छन् ।नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित ८ विद्यार्थी संगठनका प्रतिनिधिले काठमाडौंका प्रमुख जिल्ला अधिकारीलाई भेट गरी केएमसी र नोबेलविरुद्ध ठगी मुद्दा चलाउन माग गरेका हुन् । केएमसी र नोबेलले विद्यार्थीहरुले […]

२०७८ माघ ११ गते, मंगलवार

वडाध्यक्ष र सचिवलाई कालाेमाेसाे !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी) बझाङले वित्थडचिर गाउँपालिका वडा ८ का वडाध्यक्ष र वडा सचिवलाई कालाेमाेसाे दलेकाे छ । उक्त संगठनले जिल्लाको वित्थडचिर गाउँपालिका वडा ८ का अध्यक्ष जयबहादुर मल्ल र वडा सचिव दत्तराम अवस्थीलाई लाखौँ रकम भ्रष्टाचार र अनियमितता गरेकोले कालाेमाेसाे दलेकाे बताएको छ ।साे संगठनका जिल्ला इन्चार्ज शंकर खाती र अध्यक्ष […]

२०७८ माघ ११ गते, मंगलवार

संसदीय चुनाव होइन जनमत संग्रह

१. गठबन्धनलाई टासिएर चुनावमा जानुपर्ने बाध्यता ः वर्तमान सत्ता गठबन्धनको बैठकमा फेरि संसदीय चुनावको प्रस्ताव आएको छ । हुन पनि वर्तमान सत्ता गठबन्धनको सामु दुईवटा जीवनमरणका सवाल छन्– पहिलो, जसरी पनि एमालेलाई हराउने वा कमजोर बनाउनुपर्नेछ र दोस्रो, माओवादी केन्द्र र एकीकृत समाजवादीको अस्तित्व बचाइदिनका लागि चुनावसम्म सत्ता गठबन्धन टाँस्सिएर जानु पर्ने । यसरी हेर्दा, […]

२०७८ माघ ९ गते, आईतवार

मेडिकल माफियालाई तह लगाउ

यतिबेला नोबेल र काठमाडौँं मेडिकल कलेजले बिद्यार्थीमाथि गरेको ज्यादतिविरुद्ध प्राय सबै विद्यार्थी संगठन संघर्षमा उत्रिएका छन । नोबेल र काठमाडौँं मेडिकल कलेजलेBBS, BDS र BNS का बिद्यार्थीवाट लाखौँ रुपैयाँ अनियमित ढंगले असुलेको प्रमाणसहित सम्बन्धित निकायमा उजुरी गर्दा समेत कारबाही भएको छैन । यसरी राज्यको कानुनको खिल्ली उडाउँदै बिद्यार्थीबाट लाखौँ रुपैयाँ असुल्ने नोबेल र काठमाडौँं मेडिकल […]

२०७८ माघ ९ गते, आईतवार

काठमाण्डौँ र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात विद्यार्थी संगठनले  विद्यार्थीहरुको जायज मागको सम्बोधन र सबै मेडिकल कलेजका विद्यार्थीहरुको सहज पठनपाठनको वाताबरण नबने सम्म काठमाण्डौँ मेडिकल कलेज र नोवेल मेडिकल कलेजको भर्ना प्रकृया र पठनपाठन स्थगन गर्न आग्रह गरेका छन ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाही , नेविसंघका अध्यक्ष राजिव ढुंगाना, अखिल […]

२०७८ माघ ८ गते, शनिबार