Main Banner

३३ दलीय मोर्चाको दर्ता खारेज

काठमाडौं । निर्वाचन आयोगले मोहन वैद्य नेतृत्वको ३३ दलीय मोर्चा, नेपाल युवा किसान पार्टी र नेपाल शान्ति क्षेत्र परिषदको दल दर्ता खारेज गरेको छ । उनीहरूले समयमै निर्वाच आयोगलाई लेखा परीक्षण प्रतिवेदन नबुझाएका कारण खारेज गरेको बताइएको छ । समयमै लेखापरीक्षण प्रतिवेदन नबुझाउने दललाई २० हजार रुपैयाँ जरीवाना गर्ने र सो जरीवाना नतिर्ने दलको दर्ता […]

२०७८ माघ ७ गते, शुक्रबार

जनगणतान्त्रिक सम्पर्क मंचको राष्ट्रिय सम्मेलन स्थगित

काठमाडौं । जनगणतान्त्रिक सम्पर्क मंचको तेश्रो राष्ट्रिय सम्मेलन स्थगित भएको छ । मंचका केन्द्रीय समितिका अध्यक्ष रत्न मगरले प्रेस विज्ञप्ती जारी गर्दै सम्मेलन स्थगित भएको जानकारी गराएका हुन् । मगरद्वारा जारी बिज्ञप्तीमा विश्वभर र नेपालमा पनि कोभिड १९ (ओमिक्रोन) ले जनताको स्वास्थ्य अवस्थमा गम्भीर असर पारिरहेकोले सम्मेलन स्थगित गरिएको उल्लेख गरिएको छ।यस बिषयमा जनगणतान्त्रिक सम्पर्क […]

२०७८ माघ ७ गते, शुक्रबार

‘पेट्रोलियम पदार्थको मूल्यबृद्धि तत्काल खारेज गर’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)ले पेट्रोलियम पदार्थमा भएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गर्न माग गरेको छ । सो संगठनका केन्द्रीय अध्यक्ष प्रकाश शाहीले बिहीबार एक प्रेस विज्ञप्ति जारी गर्दै मूल्यबृद्धि तत्काल खारेज गर्न सरकारसँग माग गरेका हुन् । उनले पेट्रोलियम पदार्थमा गरिएको चर्काे मूल्यबृद्धि तत्काल खारेज गरि पदार्थमा भइरहेका चुहावट र भ्रष्टचारी कर्मचारीहरुमाथि […]

२०७८ माघ ६ गते, बिहीबार

वडा अध्यक्ष केसिलाई कालोमोसो र जुत्ताको माला

काठमाडौँ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)   जाजरकोटले छेडागाड नगरपालिका वडा नं. ६ का वडा अध्यक्ष रामबहादुर केसिलाई  कालोमोसो सहित जुत्ताको माला लगाएर कारबाही गरेको छ। सो संगठनले  भ्रष्ट वडा अध्यक्ष केसिलाई कारबाही गरिएको जनाउदै कारबाही किन भनेर ९ बुदे कारणसमेत उल्लेख गरेको  छ ।  नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल (क्रान्तिकारी)   जाजरकोटले वडा अध्यक्ष केसिमाथी कारवाही […]

२०७८ माघ ६ गते, बिहीबार

तीन बुँदे सहमति कार्यान्वयनमा ढिलाई नगर

सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच तीन बुँदे सहमति भएको दश महिना नाघिसकेको छ । २०७७ फागुन २१ गते दिनको २ बजे विशेष समारोह गरी सार्वजनिक गरिएको उक्त सहमतिमा नेपाल कम्युनिस्ट पार्टीले आफ्ना सम्पूर्ण राजनीतिक विषयहरुको समाधान सम्वादका माध्यमबाट गर्ने, आफ्ना सम्पूर्ण राजनीतिक क्रियाकलापहरु शान्तिपूर्ण रुपमा सञ्चालन गर्ने र नेपाल सरकारका तर्फबाट लगाइएको नेपाल कम्युनिस्ट पार्टीमाथिको […]

२०७८ माघ २ गते, आईतवार

काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई कालोमोसो

काठमाडौं । नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेका छन् । शिक्षा मन्त्रालयमा भएको सर्वपक्षीय बैठक सकेर बाहिर निस्कने क्रममा मन्त्रालय परिसरमै सोही कलेजमा अध्ययनरत विद्यार्थीले शर्मालाई कालोमोसो दलेका हुन् । पाँच जनाको समूहमा रहेका विद्यार्थीले नमस्कार गरेर शर्मालाई कालोमोसो दलेका थिए । कालोमोसोले पोतिएका शर्मा […]

२०७८ पुष ३० गते, शुक्रबार

सात बिद्यार्थी संगठनद्वारा शर्मालाई कालोमोसो दलेको स्वीकार : गिरपतार मास्के र पुनलाई तत्काल रिहा गर्न माग

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले नोबेल कलेज र काठमाडौं मेडिकल कलेजका कार्यकारी अध्यक्ष सुनिल शर्मालाई विद्यार्थीले शिक्षा मन्त्रालय परिसरमै कालोमोसो दलेको जिम्मेवारी लिदैं घटनामा गिरपतार अनेरास्ववियुका उपमहासचिव महेश मास्के र स्थायी कमिटी सदस्य अमर पुनको सिग्र रिहाईको माग गरेका छन। यस बिषयमा नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले […]

२०७८ माघ १ गते, शनिबार

नेकपा ललितपुरद्वारा ३७ आना जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी ललितपुरले महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ३७ आना जग्गा कब्जा गरेको छ। सो पार्टीले ललितपुर जिल्ला महालक्ष्मी नगरपालिका वडा न. ६ सानोगाउमा कित्ता नम्बर ६ मा फैलिएको ‘भू-माफिया’को ३७ आना जग्गामा पार्टीको झण्डा र ब्यानर गाडेर कब्जा गरेको बताएको छ । २००७ साल भन्दा […]

२०७८ पुष ३० गते, शुक्रबार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री खाॅडबीच भेटवार्ता : तीन बुँदे सहमति कार्यान्वयनको मार्ग चित्र तयार पार्ने सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाॅडबीच विहिवार अपरान्ह भेटवार्ता भएको छ । उक्त भेटवार्तामा तत्कालिन ओली सरकार र नेपाल कम्युनिष्ट पार्टीबीच भएको तीन बुँदे सहमतिलाई देउवा सरकारले कार्यान्वयन गर्ने प्रक्रियामा सरकारको तर्फवाट भए गरेको कामको बारेमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा तीन बुँदे सहमतिलाई कार्यान्वयन गर्न छिट्टै सरकारका […]

२०७८ पुष २९ गते, बिहीबार

मेडिकल कलेजलाई कारबाहीको माग: गृहमन्त्री खाँडलाई ध्यानाकर्षण पत्र

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीनिकट अखिल क्रान्तिकारीसहित सात बिद्यार्थी संगठनले चिकित्सा शिक्षा आयोगले तोकेको भन्दा बढी शुल्क लिने विभिन्न कलेजलाई छानबिन गरि कारबाही गर्न माग गर्दै गृहमन्त्री बालकृष्ण खाँडलाई ध्यानाकर्षण गराएका छन । नोबेल मेडिकल कलेजमा उत्पन्न विवादमा सहजीकरण गर्न गएको विद्यार्थी प्रतिनिधिहरुमाथि कलेज प्रशासन र संचालकका भिजिलान्ते गुण्डाहरुले सुरक्षा गार्डको पोशाक लगाएर विद्यार्थीहरु माथि […]

२०७८ पुष २७ गते, मंगलवार