Main Banner

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच दोश्रो चरणको वार्ता सम्पन्न

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच एकै दिन दुई चरणको वार्ता भएको छ । सरकारी वार्ता टोलीका सदस्य तथा प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराईले दोस्रो चरणको वार्ता बुधबार साँझ भएको बताएका छन् । भट्टराईले वार्ता विषय केन्द्रीत रहेको र दुवै पक्ष समान धारणा नजिक पुगेको बताउदै वार्ता सकारात्मक निष्कर्षमा पुग्ने उल्लेख गरेका छन् […]

२०७७ फाल्गुन १९ गते, बुधबार

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच तीन बुँदे सहमति

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच ३ बुँदे सहमति भएको छ । आजको वार्तापछि सरकारी वार्ता टोलीका संयोजक एवम् गृहमन्त्री रामबहादुर थापा ‘बादल’ र नेपाल कम्युनिस्ट पार्टीका वार्ता टोली संयोजक एवम् प्रवक्ता प्रकाण्डले हस्ताक्षर गरेको संयुक्त प्रेस नोट पनि सार्वजनिक गरिएको छ ।सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच बीच तीन बुँदे सहमति पत्रमा हस्ताक्षर […]

२०७७ फाल्गुन २० गते, बिहीबार

सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता

काठमाडौं । सरकार र नेपाल कम्युनिस्ट पार्टीबीच औपचारिक वार्ता सुरु भएको छ । सरकारका गृहमन्त्री रामबहादुर थापा र प्रधानमन्त्रीका परराष्ट्र मामिला सल्लाहकार राजन भट्टराई र नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्ड र उदयबहादुर चलाउनेबीच आज वार्ता भएको हो । पहिलो दिन भएको वार्ता सकारात्मक भएको सरकारी वार्ता टोलीका सदस्य एवं प्रधानमन्त्रीका […]

२०७७ फाल्गुन १९ गते, बुधबार

रणनैतिक संयुक्त मोर्चाद्वारा वार्ताको नाममा षड्यन्त्र नगर्न सरकारलाई चेतावनी

काठमाडौँ । रणनैतिक संयुक्त मोर्चाले इटहरीमा विशाल जनसभा सम्पन्न गरेको छ । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले मंगलबार इटहरीमा विशाल जनसभा सम्पन्न गरेको हो । सो जनसभाका सबै वक्ताहरुले सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग गर्ने वार्तालाई सफल तुल्याउनु […]

२०७७ फाल्गुन १९ गते, बुधबार

नेकपाद्वारा प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन

काठमाडौँ । सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरे लगत्तै नेपाल कम्युनिस्ट पार्टीले केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा वार्ता टोली गठन गरेको बताएको छ। सो पार्टीका महासचिव विप्लवले नेपाल सरकारसँग वार्तामा सहभागी बन्न पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य एवम् प्रवक्ता प्रकाण्डको नेतृत्वमा केन्द्रीय सदस्य […]

२०७७ फाल्गुन १८ गते, मंगलवार

सरकारद्वारा नेकपासँग वार्ता गर्न टोली गठन

काठमाडौँ । सरकारले नेपाल कम्युनिस्ट पार्टीसंग वार्ता गर्न गृहमन्त्री रामबहादुर थापा बादलको नेतृत्वमा वार्ता टोली गठन गरेको छ। वार्ता टोली दुई सदस्यीय रहेको बताइएको छ । जसमा गृहमन्त्री रामबहादुर थापा बादल र प्रधानमन्त्रीका परराष्ट्र सल्लाहकार राजन भट्टराई रहेको सरकारका प्रवक्ता सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले बताए ।

२०७७ फाल्गुन १८ गते, मंगलवार

चार पत्रकार संगठनबीच पत्रकार महासंघको निर्वाचनमा सहकार्य गर्ने सहमति

काठमाडौं । चार पत्रकार संगठन पत्रकार महासंघको आसन्न निर्वाचनमा सहकार्य गर्न सहमत भएका छन । जनपत्रकार संगठन , नेपाल, क्रान्तिकारी पत्रकार महासंघ, प्रगतिशील पत्रकार संघ, नेपाल र प्रेस नेपालले नेपाल पत्रकार महासंघको निर्वाचनमा सहकार्य गरेर जान सहमत भएका हुन । जनपत्रकार संगठन, नेपालको तर्फबाट शेरबहादुर विक, क्रान्तिकारी पत्रकार महासंघको तर्फबाट कार्यवाहक अध्यक्ष नारायण पंगेनी, प्रगतिशील […]

२०७७ फाल्गुन १६ गते, आईतवार

रणनीतिक संयुक्त माेर्चाद्वारा धनगढीमा विशाल जनसभा सम्पन्न

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी, नेपाल कम्युनिस्ट पार्टी(क्रान्तिकारी माओवादी), विश्वभक्त दुलाल आहुतिको वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी र ऋषि कट्टेलको नेपाल कम्युनिस्ट पार्टीको रणनैतिक संयुक्त मोर्चाले शुक्रबार धनगढीमा विशाल जनसभा सम्पन्न गरेको छ। सो जनसभालाई सम्बोधन गर्दे नेकपा (क्रान्तिकारी माओवादी) का स्थायी कमिटी सदस्य रामसिंह श्रीसले देशमा संसद् विघटन गर्ने र फेरी पुनर्स्थापना गर्ने जस्ता नाटक […]

२०७७ फाल्गुन १५ गते, शनिबार

‘संसदीय ब्यवस्था पूर्ण रुपमा असफल ‘

काठमाण्डौ । नेकपा ( क्रन्तिकारी माओबादी)का महासचिव मोहन बैद्य `किरण´ले संसदीय गणतंत्र असफल भैसकेको ठोकुवा गरेका छन।मार्क्सबादी एकता अभियान नेपालले सहिद सप्ताहको सन्दर्भमा ‘सहिद,जनयुद्ध र वर्तमान राजनीतिक अवस्था ‘ बिषयक अन्तरक्रियात्मक कार्यक्रममा बोल्दै महासचिव किरणले सहिदहरुका सपना साकार पार्न संसदीय गणतंत्र असफल भैसकेको धारणा ब्यक्त गर्दै जनगणतंत्र स्थापना गर्नु पर्ने बताएका हुन् । नेता किरणले […]

२०७७ फाल्गुन १५ गते, शनिबार

मकवानपुरमा सहिद सप्ताह भब्यरुपमा मनाइदै

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय कार्यक्रम अनुसार नेकपा मकवानपुरले सहिद सप्ताह कार्यक्रमको उद्घाटन गर्दै बागमती गाउँपालिकामा ९ सदस्यीय कार्समिति पनि गठन गरेको छ। तत्कालीन समयमा माओवादीले वि.सं २०५२ फागुन १ गते जनयुद्दको घोषणा गरे लगत्तै फागुन १४ गते जनयुद्धका प्रथम शहीदको रुपमा दिल बहादुर रम्तेलले सहादत प्राप्त गरे भने फागुन २१ गते तत्कालीन झापा […]

२०७७ फाल्गुन १५ गते, शनिबार