Main Banner

आज नेपाल बन्द

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टीले आज नेपाल बन्दकोे आव्हान गरेको छ । सो पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत सयौ नेता- कार्यकर्ताहरुको तत्काल रिहाईको माग गर्दै सो पार्टीले नेपाल बन्दको आव्हान गरेको हो । आज विहानैदेखि देशभर बन्दको प्रभाव परेको छ । देशका बिभिन्न स्थानमा बजार, उद्योगधन्दा खुलेका छैनन् भने सडकमा सवारीको आवतजावत नगन्य रहेको छ […]

२०७७ माघ १० गते, शनिबार

नेपालबन्दको पूर्वसन्ध्यामा देशभर मसाल जुलुस प्रदर्शन

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो ।  नेपाल कम्युनिस्ट पार्टीले नेपाल बन्दको पूर्वसन्ध्यामा आज साँझ देशभर मसाल जुलुस प्रदर्शन गरेको छ । यसैक्रममा नेपाल कम्युनिस्ट पार्टीका नेताहरुको गैरन्यायिक गिरफ्तारीका बिरुद्द आयोजित नेपाल […]

२०७७ माघ ९ गते, शुक्रबार

भोलि नेपाल बन्द

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भोलि माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध भोलि नेपाल बन्दको घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले माघ १ गते बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत […]

२०७७ माघ ९ गते, शुक्रबार

नेकपाद्वारा सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सो पार्टीका मोरङ जिल्ला इन्चार्ज तथा ब्युरो सदस्य डीबी सिलवाललाई तत्काल रिहा नगरे सशक्त प्रतिवाद गर्ने चेतावनी दिएको छ । सो पार्टीको मेची–कोसी ब्युरोले शुक्रबार विज्ञप्ति जारी गर्दै पार्टीका मोरङ जिल्ला इन्चार्जसमेत रहेका ब्युरो सदस्य डीबी सिलवाललाई सरकारले बिनाकारण गिरफ्तार गरी मिक्लाजुङ कारबाहीसँग जोडेर फसाउन खोजेको भन्दै अविलम्ब रिहा नगरिए […]

२०७७ माघ ९ गते, शुक्रबार

अन्नपूर्ण चिनी मिललाई मिथिला स्वायत्त जनपरिषद्को चेतावनी

काठमाडौँ । मिथिला स्वायत्त जनपरिषद्ले लामो समयदेखि उखु किसानको उखुको मूल्य भुक्तानी नगरेर किसानलाई बिचल्लीमा पार्दै आएको सर्लाहीको धनकौलस्थित अन्नपूर्ण चिनी मिललाई तत्काल रकम भुक्तानी दिन चेतावनी दिएको छ । नेपाल कम्युनिस्ट पार्टीसम्बद्ध सो जनपरिषद्ले अन्नपूर्ण चिनी मिलको प्रवेशद्वारमा ब्यानर टाँगेको छ । जनपरिषद्द्वारा चेतावनी दिँदै टाँगेको ब्यानरमा ‘किसानहरूको उखुको बक्यौता भुक्तानी तत्काल गर, उखुको […]

२०७७ माघ ८ गते, बिहीबार

जनपत्रकार सङ्गठनद्वारा संयोजक विकलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । जनपत्रकार सङ्गठन नेपालले सङ्गठनका संयोजक शेरबहादुर विकलाई तत्काल रिहा गर्न माग गरेको छ। संयोजक विकलाई काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रिहा गरेलगत्तै प्रहरीले पुनः गिरफ्तार गरी अछाम पुर्याएकोमा गम्भीर ध्यानाकर्षण भएको जनाउँदै तत्काल रिहा गर्न माग गरेको हो । जनपत्रकार सङ्गठन नेपाल राष्ट्रिय सम्मेलन आयोजक समितिकी कार्यालय सचिव जानकी चौधरीले बिहिबार प्रेस विज्ञप्ति जारी […]

२०७७ माघ ८ गते, बिहीबार

सरकारद्वारा नेकपामाथि पुन: चरम दमन गर्ने संकेत : प्रवक्ता प्रकाण्डकाे नाममा पक्राउ पूर्जी जारी

काठमाडौं । बिगत दुई बर्षदेखि प्रतिबन्ध लागाएर नेपाल कम्युनिस्ट पार्टीमाथि दमनमा उत्रिएको सरकारले सो पार्टीमाथि पुन चरम दमन गर्ने संकेत देखाएको छ । जसको संकेत स्वरुप सरकारले नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डको नाममा पुनः पक्राउ पूर्जी जारी गरेको पाइएको छ । बिगतमा ५१ दिनको हिरासतपछि रिहा भएका प्रकाण्डलाई पुनः गिरफ्तार गर्नका लागि अदालतले जारी गरेको […]

२०७७ माघ ७ गते, बुधबार

ट्रेड युनियन महासङ्घद्वारा बास्तोलालाई तत्काल रिहा गर्न माग

काठमाडौँ । अखिल नेपाल क्रान्तिकारी ट्रेड युनियन महासङ्घले नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेता–कार्यकर्र्तालाई तत्काल रिहा गर्न माग गरेको छ । नेपाल कम्युनिस्ट पार्टीनिकट सो महासङ्घका संयोजक विनोद थापाले जारी गरेको विज्ञप्तिमा बास्तोलालगायत नेता – कार्यकर्ताको गिएफ़्तारीको बिरोध गर्दै मजदुरविरोधी श्रम ऐन–कानुनको खारेजी र सरकारले मजुरहरूमाथि गरिरहेको दमन, धरपकडको समेत विरोध गरिएको […]

२०७७ माघ ७ गते, बुधबार

बास्तोलाको रिहाइको माग गर्दै देशभर प्रदर्शन

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालगायत नेकपा नेता–कार्यकर्ताको रिहाइको माग गर्दै देशभर प्रदर्शन गरिएको छ । यसैक्रममा नेकपा निकट जनगणतान्त्रिक सम्पर्क मञ्च केन्द्रीय समन्वय समिति नेपालले पार्टीको केन्द्रीय कार्यक्रमअनुसार सामाजिक फासिवादी सरकारले गैरन्यायिक ढङ्गले पार्टीका नेताहरूलाई गिरफ्तार गरेको विरोधमा काठमाडौँमा विरोध सभा सम्पन्न गरेको जनाइएको छ । विरोध सभालाई सम्बोधन गर्दै मञ्चका […]

२०७७ माघ ६ गते, मंगलवार

नेकपामाथि दमन होइन, वार्ता गर

प्रधानमन्त्री केपी ओलीले संसद् विघटन गरेपछि देशको राजनीतिमा ठूलो तरङ्ग पैदा भएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त संसद्वादी दलहरुलाई ठूलो संकट आइलागेको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनताको पक्षमा काम गर्न नसक्नु र सरकारकै लागि सत्ताधारी दलभित्रको लुछाचुँडीले संसद् विघटन हुनुले नेपालमा संसदीय व्यवस्था देश र जनताको मुक्ति […]

२०७७ माघ ४ गते, आईतवार