Main Banner

नेकपाले सहिद सप्ताह भब्यरुपमा मनाउने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सहिद सप्ताह (फागुन १४—२१ गते)मा सहिदहरुको स्मरण र सम्मानमा विविध कार्यक्रम गर्ने बताएको छ । नेकपाले सहिद सप्ताहको अवसरमादेशका सबै जिल्ला र क्षेत्रहरुमा सहिद बेपत्ता परिवार अभिनन्दन, सहिद बेपत्ता परिवार भेटघाट, सहिद पार्क निर्माण, सहिद संग्रहालय शिलन्यास, सहिदको सम्मानमा वक्तृत्व कला, गीत कविता प्रतियोगिता लगायत विभिन्न सृजनात्मक कार्यक्रमहरुको आयोजना गर्ने […]

२०७७ फाल्गुन १२ गते, बुधबार

‘संसद पुनर्स्थापनाले बर्तमान संकटकाे समाधान गर्दैन ‘

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले संसद पुनर्स्थापनाले बर्तमान संकटको समाधान नहुने बताएको छ । सो पार्टीका महासचिव मोहन वैद्य किरणले संसद पुनर्स्थापना हुँदैमा संसदीय व्यवस्थाभित्र देखिएको संकट समाधान नहुने बताएका हुन् । महासचिव किरणले पार्टीको धारणा सार्वजनिक गर्दै मंगलबारको अदातलको फैसलाले केपी ओलीको निरंशकुश फासीवादी कदमलाई असफल तुल्याइदिए पनि संसदकाे पुनर्स्थापनाले संकट समाधान नहुने ठोकुवा […]

२०७७ फाल्गुन १२ गते, बुधबार

सर्वोच्च अदालतद्वारा संसद विघटन बदर

काठमाडौं । सर्वोच्च अदालतले प्रतिनिधि सभा पुनर्स्थापना गरिदिएको छ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबरा, न्यायाधीशहरु विश्वम्भरप्रसाद श्रेष्ठ, अनिलकुमार सिन्हा, सपना प्रधान मल्ल र तेजबहादुर केसीको संवैधानिक इजलासले प्रधानमन्त्री केपी शर्मा ओलीले गरेको संसद विघटन बदर हुने फैसला सुनाएको हो । सर्वोच्च अदालतको आदेशमा १३ दिनभित्रै संसद बैठक बोलाउन समेत भनिएको छ ।प्रधानमन्त्री केपी शर्मा ओलीको सिफारिसमा […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

बास्तोलाको अपमानजनक पुनः गिरफ्तारीको सर्वत्र निन्दा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य तथा विदेश विभाग प्रमुख धर्मेन्द्र बास्तोलाको अपमानजनक पुनः गिरफ्तारीको सर्वत्र निन्दा भएको छ। नेकपाका नेता बास्तोलालाई सर्वोच्च अदालतले सोमबार रिहा गर्न आदेश दिए लगत्तै प्रहरीले अमानवीय ढंगबाट गिरफ्तार गरेपछि सरकार र प्रहरी प्रशासनको सर्वत्र निन्दा भएको हो । नेता बास्तोलाको उक्त पुनः गिरफ्तारी विरुद्ध रिहाईको माग गर्दै सरकारको […]

२०७७ फाल्गुन ११ गते, मंगलवार

सर्बोच्च अदालतको आदेशको उपहास : बाँस्तोला अदालत परिसरवाटै पुन : गिरफ्तार

काठमाडौँ । सर्बोच्च अदालतले रिहा गर्न आदेश दिएका नेपाल कम्युनिस्ट पार्टीका केन्द्रीय समिति सचिवालय सदस्य धर्मेन्द्र बाँस्तोलालाई प्रहरीले सर्बोच्च परिसरवाटै पुनः गिरफ्तार गरेको छ । सर्वोच्चले आज बन्दी प्रत्यक्षीकरणको आदेशमार्फत बाँस्तोलालाई रिहा गर्न आदेश दिएको थियो । बाँस्तोलालाई अनिमा बाँस्तोला भण्डारीले दायर गरेको बन्दीप्रत्यक्षीकरण रिटमा न्यायाधीश मीरा खड्का र सुष्मालता माथेमाको इजलासले रिहा गर्न रिहा […]

२०७७ फाल्गुन १० गते, सोमबार

बर्तमान संकटको निकास : सहमति र सहकार्य

वर्तमान केपी ओली नेतृत्वको सरकार दिनप्रतिदिन निरंकुश बन्दै गएको घटनाक्रमहरुले पुष्टि गर्दै आएको छ । झण्डै दुई तिहाई बहुमत प्राप्त सरकारले देश र जनहितको कार्य गर्न नसकेर प्रतिगमनोन्मुख भएको छ । संविधान प्रदत्त जनताको हक र अधिकारमाथि सरकारले धावा बोलिरहेको छ । जसको पुष्टि देश र जनहितको एजेण्डा लिएर संघर्षरत राजनीतिक दल नेपाल कम्युनिस्ट पार्टीमाथि […]

२०७७ फाल्गुन ९ गते, आईतवार

‘सहज वातावरण बने सरकारसँग सम्बाद र बार्ता गर्न तयार ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएको छ । सो पार्टीका महासचिव विप्लवले शनिबार एक प्रेस विज्ञप्ति जारी गर्दै सो कुरा बताएका हुन्। महासचिव विप्लवले विज्ञप्तिमार्फत आम जनसमुदायमा सहज गतिविधि र कार्यक्रम गर्ने वातावरण बन्ने अवस्थामा पार्टी सरकारसँग सम्बाद र बार्ताको लागि सकारात्मक रहेको बताएका छन् । महासचिव विप्लवले […]

२०७७ फाल्गुन ८ गते, शनिबार

प्रवासी नेपाली जनसमाज, भारतद्वारा भुसाललाई तत्काल रिहा गर्न माग

काठमाडौँ । प्रवासी नेपाली जनसमाज, भारतले रणनैतिक संयुक्त मोर्चाका केन्द्रीय सदस्य भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । जनसमाजका अध्यक्ष आजाद सेन थापाले शुक्रबार प्रेस विज्ञप्ति जारी गर्दै कथित सामाजिक दलाल पुँजीवादी केपी ओली नेतृत्वको सरकारले बिनाकारण भुसाललाई गिरफ्तार गरेको घटनाप्रति घोर विरोध तथा भत्र्सना गर्दै तात्का रिहा गर्न माग गरेका हुन्।अध्यक्ष थापाले […]

२०७७ फाल्गुन ८ गते, शनिबार

रणनैतिक संयुक्त मोर्चाद्वारा नेता भुसाललाई तत्काल रिहा गर्न माग

काठमाडौँ । रणनैतिक संयुक्त मोर्चाले बुटवलमा पत्रकार सम्मेलन गरी नेता भेषराज भुसाललाई तत्काल रिहा गर्न माग गरेको छ । मोर्चाले सरकारको फासिवादी निरंकुशता र गैरकानुनी कदमको कडा विरोध गर्दै सो माग गरेको हो । पत्रकार सम्मेलनमा मोर्चाका केन्द्रीय सदस्य ऋषिराम कट्टेलले व्यक्ति स्वतन्त्रतापूर्वक आफ्नो अभिव्यक्ति राख्न समेत नदिएको भन्दै सरकारको यस्तो कदमले देशलाई अर्को युद्ध […]

२०७७ फाल्गुन ७ गते, शुक्रबार

रणनैतिक संयुक्त मोर्चाका नेता भेषराज भुसाल गिरफ्तार

काठमाडौँ । जनसभालाई सम्बोधन गरेर फर्किने क्रममा संयुक्त रणनैतिक मोर्चाका केन्द्रीय सदस्य, अखिल नेपाल शिक्षक संगठनका पूर्व नेता तथा लेखक, बौद्धिक एवम् प्राज्ञिक व्यक्तित्व भेषराज भुसाललाई प्रहरीले गिरफ्तार गरेको छ । जनसभामा नेकपाका नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गर्न ठूलो मात्रामा नेपाल प्रहरी परिचालन गरिएको थियो । भुसालले जनसभालाई सम्बोधन गर्दै दलाल संसदीय राज्यसत्ता असफल भएको […]

२०७७ फाल्गुन ७ गते, शुक्रबार