Main Banner

नेकपाका महासचिब विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालागायत सरकारी टोलीबीच वार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । उक्त छलफलमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र प्रगति विवरण प्रस्तुत भएको थियो। […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार

‘महिला मुक्त नभएसम्म मानव समाज मुक्त हुन सक्दैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले सिङ्गो मानव समाज पुँजीवादको थिचोमिचोबाट मुक्त नभएसम्म महिलाहरू मुक्त नहुने, महिलाहरू मुक्त नभएसम्म मानव समाज पनि मुक्त नहुने र विश्व पुँजीवादको अन्त्य र वैज्ञानिक समाजवाद–साम्यवादको स्थापना नै महिलासँगै मानव मुक्तिको सर्त रहेको बताएका छन् । महासचिव विप्लवले ११२ औँ अन्तर्राष्ट्रिय श्रमिक महिला दिवसको शुभकामना दिँदै सो कुरा बताएका […]

२०७८ फाल्गुन २४ गते, मंगलवार

एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन नदिने उद्घोष

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले सरकारले यही फागुन १५ गते बलात् ढंगले संसद्बाट पास गरेको एमसीसी सम्झौता कुनै पनि हालतमा कार्यान्वयन हुन् नदिने उद्घोष गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले एमसीसीविरुद्ध शुक्रबार काठमाडौँमा आयोजना गरेको बिशाल जनप्रदर्शनपछिको संयुक्त विरुद्ध सभालार्ई सम्बोधन गर्दै सो […]

२०७८ फाल्गुन २२ गते, आईतवार

एमसीसी सम्झौता कार्यान्वयन नगर

सरकारले यही फागुन १५ गते राष्ट्रघाती एमसीसी सम्झौता संसद्बाट पास गरेर देशमा पुनः द्वन्द्वको बिजारोपण गरेको छ । आमस्वाभिमानी जनता, क्रन्तिकारी, राष्ट्रवादी, प्रगतिशील, सच्चा लोकतन्त्रवादी राजनीतिक दल र नेताहरुले एमसीसीमार्फत् अमेरिकाले नेपालमा आफ्नो सैन्य रणनीति लागू गर्न खोजेको भन्दै त्यसको चर्को विरोध गर्दै आइरहेका थिए र उनीहरुले एमसीसीलार्ई फिर्ता पठाउनुपर्ने माग गर्दै सडक संघर्षसमेत चर्काउँदै […]

२०७८ फाल्गुन २२ गते, आईतवार

एमसीसी २१औँ शताब्दीको साम्राज्यवादी नीति !

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका  महासचिव  विप्लवले एमसीसी एक्काइसौं शताब्दीको साम्राज्यवादले कमजोर देशहरुमाथि उपनिवेश बनाउने तोपभन्दा पनि खतरनाक नीति भएको भन्दै अनुदानको वहाना बनाएर नेपालको कम्युनिस्ट आन्दोलनलाई सिध्याउन र प्राकृतिक स्रोतमाथि कब्जा गर्ने साम्राज्यवादी नीति भएको  ठोकुवा गरेका छन ।  नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछिको  बिरोध […]

२०७८ फाल्गुन २० गते, शुक्रबार

नेकपासहित छ कम्युनिस्ट पार्टी र दुई मोर्चाद्वारा आयोजित MCCबिरुद्धको बिरोधसभा सुरु

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आयोजना गरेको बिशाल जनप्रदर्शनपछि बिरोध सभा सुरु भएको छ । काठमाडौँको खुलामञ्चमा सुरु भएको उक्त बिरोध सभाको संचालन नेकपाका प्रवक्ता प्रकाण्ड ले गरि रहेका छन भने उक्त सभाको सभाध्यक्ष नेकपा क्रान्तिकारी माओबादीका मोहन वैद्यले गरि रहेका छन। जनप्रदर्शनपछिको उक्त बिरोध सभालाई नेकपाका महासचिव […]

२०७८ फाल्गुन २० गते, शुक्रबार

एमसीसीविरुद्ध जनप्रदर्शन र बिरोध सभा : नेकपाका महासचिव विप्लवसहित बिभिन्न राजनीतिक पार्टीका शीर्ष नेताले सम्बोधन गर्ने

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध आज बिशाल जनप्रदर्शन र बिरोध सभा आयोजना गरेका छन् । काठमाडौँको खुलामञ्चमा हुने उक्त जनप्रदर्शनपछिको बिरोध सभालाई नेकपाका महासचिव विप्लव, नेकपा क्रान्तिकारी माओवादीका महासचिव मोहन वैद्य, राष्ट्रिय जनमोर्चाका अध्यक्ष चित्रबहादुर केसी, नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल, नेपाल कम्युनिस्ट पार्टी माओवादी समाजवादीका अध्यक्ष […]

२०७८ फाल्गुन २० गते, शुक्रबार

एमसीसी खारेज नभएसम्म आन्दोलन !

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले एमसीसी खारेज नभएसम्म आन्दोलन जारी रहने उद्घोष गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले बुधबार काठमाडौँमा गरेको संयुक्त पत्रकार सम्मलेनमा बोल्दै प्रवक्ता प्रकाण्डले सो उद्घोष गरेका हुन्। प्रवक्ता प्रकाण्डले एमसीसी सम्झौता नेपाली जनताले लागू गर्न नदिने बताए। उनले एमसीसी सबैभन्दा खतरनाक सम्झौता भएको बताउदै भने- […]

२०७८ फाल्गुन १८ गते, बुधबार

MCCबिरुद्ध जनसंघर्षका कार्यक्रम घोषणा : २० गते विशाल विरोध प्रदर्शन र सभा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीसहित छ राजनीतिक पार्टी र दुई मोर्चाले MCCबिरुद्ध जनसंघर्षका कार्यक्रमहरू घोषणा गरेका छन। नेपाल कम्युनिस्ट पार्टीसहित नेपाल कम्युनिस्ट पार्टी (मसाल), नेपाल कम्युनिस्ट पार्टी (क्रान्तिकारी माओवादी), नेकपा माओवादी केन्द्र समाजवादी, नेपाल कम्युनिस्ट पार्टी, वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टी नेपाल, देशभक्त जनगणतान्त्रिक मोर्चा नेपाल, राष्ट्रिय जनमोर्चा, नेपालले आज एक संयुक्त विज्ञप्ती जारी गर्दै MCC […]

२०७८ फाल्गुन १७ गते, मंगलवार

‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य नभएको बताएका छन । राष्ट्रघाती एमसीसी सम्झौताविरुद्ध आह्वान गरिएको नेपाल बन्द ऐतिहासिक रूपमा सफल भएको भन्दै बन्द सफल पार्न सहयोग गर्ने सबै देशभक्त जनता र क्रान्तिकारी जनसमुदायलाई विशेष धन्यवाद दिदै महासचिव विप्लवद्वारा जारी बिज्ञप्तिमा भनिएको छ -‘एमसीसी सम्झौता नेपाली जनतालाई स्वीकार्य छैन। ‘महासचिव […]

२०७८ फाल्गुन १६ गते, सोमबार