Main Banner

२३ राजनीतिक संगठनद्वारा बास्तोलालगायतलाई तत्काल रिहा गरी वार्ताको पहल गर्न माग

काठमाडौँ । २३ राजनीतिक संगठनले नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय सचिवालयका नेता धर्मेन्द्र बास्तोलालगायतका नेता तथा कार्यकर्तालाई तत्काल रिहा गरी वार्ताको पहल गर्न माग गरेको छ । २३ राजनीतिक संगठनको कार्यगत एकताको तर्फबाट सी.पी. गजुरेलले बिज्ञप्ति जारी गर्दै गिरफ्तार गरिएका नेकपाका नेता तथा कार्यकर्ताको तत्काल रिहा गरी वार्ताको पहल गर्न माग गरेका हुन् ।यस बिषयमा २३ […]

२०७७ माघ २ गते, शुक्रबार

माघ १० गते नेपाल बन्द

काठमाडौँ। नेपाल कम्युनिस्ट पार्टीले माघ १० गते नेपाल बन्द घोषणा गरेको छ। सो पार्टीको सचिवालयका सदस्य धर्मेन्द्र बास्तोला ‘कञ्चन’ को गिरफ्तारीविरुद्ध माघ १० गते नेपाल बन्द घोषणा गरेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लवले बिहीबार बिज्ञप्ती जारी गर्दै सामाजिक दलाल पुँजीवादी केपी वली सरकारले सञ्चालन गरेको गिरफ्तारी तथा दमनका विरुद्ध पूर्ण तागत र सचेतताका […]

२०७७ माघ १ गते, बिहीबार

दलित मोर्चाद्वारा विकलाई तत्काल रिहा गर्न माग

काठमाडौँ । दलित मुक्ति मोर्चा नेपालले आफ्नो मोर्चाका केन्द्रीय सदस्य तथा उपत्यका क्षेत्रीय समितिका संयोजक बिर्खबहादुर विकलाई प्रहरीले गिरफ्तार गरेको भन्दै बिनासर्त तत्काल रिहाइको माग गरेको छ । मोर्चाका केन्द्रीय अध्यक्ष डम्बरबहादुर विश्वकर्माले बिहीबार प्रेस विज्ञप्ति जारी गर्दै सङ्गठनको कामको सिलसिलामा रहेका आफ्नो मोर्चाका केन्द्रीय सदस्य बिर्खबहादुर विकलाई यही पुस २८ गते प्रहरीले काठमाडौँबाट गिरफ्तार […]

२०७७ माघ १ गते, बिहीबार

२३ राजनीतिक संगठनव्दारा भारतमा हुने प्रस्तावित मन्त्री स्तरीय बैठकलाई सुझाव

काठमाडौँ । केपी ओलीले संसद विघटन गरेपछि परराष्ट्र मन्त्रीले आजदेखि भारतको गर्दैछन् । यससम्वन्धमा भारत भ्रमणका दौरानमा प्रस्तावित मन्त्री स्तरीय बैठकमा उठाउने र पारित गर्ने विषयलाई सुझावसहीत २३ राजनीतिक संगठनहरुको कार्यगत एकताका तर्फबाट सी पी गज’रेलले एक वक्तव्य जारी गरेका छन । जसको पूर्णपाठ यस प्रकार रहेको छ – “केहि महत्वपूर्ण राजनीतिक घटनाक्रमका विषयमा २३ […]

२०७७ माघ १ गते, बिहीबार

नेकपाका नेता धर्मेन्द्र बास्तोलासहित चार जना गिरफ्तार

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका सचिवालय सदस्य धर्मेन्द्र बास्तोलालाई प्रहरीले गिरफ्तार गरेको छ। आज अपरान्ह ललितपुरको बागमती गाउपालिकावाट नेता बास्तोलासहित प्रकाश शाही , बिबेक कुमाल र बिश्वाशलाई प्रहरीले गिरफ्तार गरेको बताइएको छ।

२०७७ पुष २९ गते, बुधबार

माक्र्सवादी सांस्कृतिक मोर्चाद्वारा संसदीय व्यवस्थाको भण्डाफोर

काठमाडौं। माक्र्सवादी सांस्कृतिक मोर्चा, नेपालले राजनीतिक प्रतिगमनका विरुद्ध संसदीय व्यवस्थाको भण्डाफोर गर्दै प्रतिरोध सांस्कृतिक अभियान सुरु गरेको छ । काठमाडौंको माइतिघर मण्डलामा साहित्यकार, कलाकार र संस्कृतिकर्मीहरूको व्यापक उपस्थितिमा कविता, सांस्कृतिक अभियानका नारा लेखिएका ब्यानर र प्लेकार्ड सहित सडकमा उत्रिएका हुन् । सडकबाट उनिहरूले सामूहिक स्वरमा अग्रगामी राज्य व्यवस्था स्थापनाका लागि समाजवादी यथार्थवादी धाराका संस्कृतिकर्मीहरू सङ्घर्षमा […]

२०७७ पुष २९ गते, बुधबार

क्रान्तिकारी माओवादीद्वारा संघर्ष चर्काउने उदघोष

काठमाडौं । नेकपा (क्रान्तिकारी माओवादी)ले देशभक्त, जनवादी तथा वामपन्थी शक्ति, समूह तथा व्यक्तित्वहरुका बीच बलियो संयुक्त मोर्चा तथा कार्यगत एकता गरी सङ्घर्षलाई प्रभावकारी ढङ्गले अगाडि बढाउने निर्णय गरेको छ। यही पौष २४देखि २६ गतेसम्म काठमाण्डौमा सम्पन्न सो पार्टीको केन्द्रीय समितिको आकस्मिक बैठकले यस्तो निर्णय लिएको हो।यस बिषयमा सो पार्टीका महासचिव किरणद्धारा जारी प्रेस–वक्तव्य यस्तो छ […]

२०७७ पुष २७ गते, सोमबार

‘देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य’

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले देश र जनताका विरुद्ध ओलीले तिखारेको सिङ भाँच्नु अनिवार्य भएको बताएको छ । सो पार्टीको उपत्यका विशेष ब्युरो इन्चार्ज भरतले शुक्रबार प्रेस वक्तव्य जारी गर्दै सो कुरा बताएका हुन् । इन्चार्ज भरतले जनक्रान्तिको राप र तापले यतिबेला ओली मण्डली छिन्नभिन्न हुने अवस्थामा पुग्नु क्रान्तिकारी, देशभक्त तथा आमूल परिवर्तनकारी शक्तिहरूलाई साँच्चैको […]

२०७७ पुष २६ गते, आईतवार

‘संयुक्त मोर्चा : दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन’

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता प्रकाण्डले नेपाल कम्युनिस्ट पार्टी, नेकपा (क्रान्तिकारी माओवादी), ऋषिराम कट्टेल नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी र वैज्ञानिक समाजवादी कम्युनिस्ट पार्टीबीचको संयुक्त मोर्चा दलाल संसदीय व्यवस्थाविरूद्धको क्याम्पियन भएको बताएका छन् । प्रवक्ता प्रकाण्डले कम्युनिस्टहरुको उद्देश्य नेपाली समाजलाई आमूल परिवर्तन गर्ने भएको बताउँदै यसको नेतृत्व संशोधनवादी पार्टीहरुबाट सम्भव नभएको ठोकुवा गरेका छन् । […]

२०७७ पुष १९ गते, आईतवार

जनपत्रकार संगठनद्वारा पूर्व पदाधिकारीहरुलाई बिदाई : राष्ट्रिय सम्मेलन बैशाख २५ र २६ गते

काठमाडौँ । जनपत्रकार संगठन नेपालले पूर्व पदाधिकारीहरुलाई बिदाई गर्दै आगामी बैशाख २५ र २६ गते काठमाडौंमा राष्ट्रिय सम्मेलन गर्ने जनाएको छ । नेपाल कम्युनिष्ट पार्टीनिकट सो संगठनको हालै सम्पन्न केन्द्रीय चाैथाे बैठकले यस्तो निर्णय गरेको हो । बैठकले शेरबहादुर विश्वकर्माको संयोजकत्वमा ४१ सदस्यीय ‘तेस्रो राष्ट्रिय सम्मेलन आयोजक समिति’ समेत गठन गरेको छ । साथै बैठकबाट […]

२०७७ पुष १७ गते, शुक्रबार