Main Banner

जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका महासचिव बिप्लव सीले जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष जरुरी रहेको बताएका छन् । सहिद प्रतिष्ठान नेपालद्वारा सोमबार आयोजित ‘शान्ति प्रक्रिया, गणतन्त्र र आजको राजनीति’ विषयक अन्तरक्रिया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन्।महासचिव बिप्लव सीले जनयुद्ध जनआन्दोलनको जगमा सङ्घीय लोकतान्त्रिक गणतन्त्र स्थापना भएको तथ्य पेश गर्दै जनयुद्धलाई नकार्ने प्रवृत्तिविरुद्ध सङ्घर्ष […]

२०८० फाल्गुन २१ गते, सोमबार

समाजवादका लागि जुटौं

गत असार ४ गते सोमबार सङ्घीयता, लोकतन्त्र, सुशासन, समृद्धि र सामाजिक– आर्थिक न्यायसहितको नेपाली विशेषताको समाजवादको स्थापना गर्ने उद्देश्य लिएर नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल, जसपाका अध्यक्ष उपेन्द्र यादवले हस्ताक्षर गरेर समाजवादी मोर्चा नेपाल गठन गरेका थिए । योबीचमा समाजवादी मोर्चाले सातै प्रदेशमा सन्देश […]

२०८० फाल्गुन २० गते, आईतवार

समाजवादी मोर्चा सक्रिय :आगामी चैत ३ गते बृहत अन्तरक्रिया

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको बृहत अन्तरक्रिया गर्ने भएको छ । उक्त अन्तरक्रियामा समाजवादी मोर्चा नेपालका शीर्षस्थ नेतालगायत बुद्धिजीवी, वामपन्थीलगायतको सहभागिता रहने बताइएको छ । मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो । उक्त बैठकमा मोर्चाको सचिवालय सदस्य […]

२०८० फाल्गुन २० गते, आईतवार

देशको स्वाधीनता र निकासका लागि राजनीतिक सहकार्य गरौं

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका स्थायी समिति सदस्य तथा प्रचारप्रसार बिभाग इन्चार्ज अनिल सीले देशको स्वाधीनता र निकासका लागि राजनीतिक सहकार्य गर्न आवश्यक भएको बताएका छन। आज चितवनमा आयोजित ‘आर्थिक राजनीतिक संकट र त्यसको आम सञ्चारमा प्रभाव’ बिषयक अन्तर्कृया कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो कुरा बताएका हुन।नेता अनिल सीले देश अहिले निकै संकटमा रहेको, राजनीति […]

२०८० फाल्गुन १९ गते, शनिबार

समाजवादी माेर्चाकाे मुखपत्र ‘समाजवादी माेर्चा’ प्रकाशन गर्ने तयारी

काठमाडौँ । समाजवादी माेर्चा, नेपालले माेर्चाकाे मुखपत्र’समाजवादी माेर्चा’ प्रकाशित गर्ने भएको छ। सो मुखपत्र प्रकाशन गर्न माेर्चाकाे प्रकाशन विभागकाे पहिलाे बैठक बिहिबार नेकपाकाे केन्द्रीय कार्यालय बुद्धनगरमा सम्पन्न भएको छ । नेकपाका महासचिव तथा माेर्चाका संयाेजक समेत रहेका विप्लव सीकाे प्रमुख आतिथ्यमा सम्पन्न उक्त बैठकले माेर्चाकाे मुखपत्र `’समाजवादी माेर्चा’ प्रकाशित गर्नेबारे ठाेस नीति – विधि तयार […]

२०८० फाल्गुन १८ गते, शुक्रबार

सुनथराली विमानस्थलको उद्घाटन

काठमाडौँ । २०४२ सालदेखि निर्माण सुरुभएको कालिकोट कोटबाडाको सुनथराली विमानस्थलको सोमबार उपप्रधान एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले उद्घाटन गरेका छन् । उपप्रधानमन्त्री खड्कासहित संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किराँती, नेकपा निकट अखिल (समाजवादी) का केन्द्रीय अध्यक्ष नरेन्द्र सी, कर्णाली मुख्यमन्त्री राजकुमार शर्मा, कर्णाली प्रदेश पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीले तामझामका साथ विमानस्थलको उद्घाटन गरेका हुन् ।आइतबार तारा […]

२०८० फाल्गुन १५ गते, मंगलवार

सहिदका सपना साकार पारौं

तत्कालीन नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को चौथो विस्तारित बैठकले फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने निर्णय गरेसँगै हरेक वर्ष फागुन १४ देखि फागुन २१ गतेसम्म सहिद सप्ताह मनाउने गरिएको छ । तत्कालीन माओवादीले सञ्चालन गरेको जनयुद्धमा करिब १२ हजारले सहादत प्राप्त गरे, सयौँ घाइते, अपाङ्ग र बेपत्ता छन् । जनयुद्धको बलमा २४० […]

२०८० फाल्गुन १४ गते, सोमबार

समाजवादी मोर्चा नेपालले बृहत अन्तरक्रिया गर्ने

काठमाडौँ । समाजवादी मोर्चा नेपालले आगामी चैत ३ गते बुद्धिजीवी, वामपन्थीसहितको बृहत अन्तरक्रिया गर्ने भएको छ। उक्त अन्तरक्रियामा समाजवादी मोर्चा नेपालका शिर्षस्थ नेतालगायत बुद्धिजीवी, वामपन्थीलगायतको सहभागिता रहने बताइएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीको उपस्थितिमा सोमबार बिहान बसेको बैठकले उक्त निर्णय गरेको हो।यसैबीच, नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले समाजवादी मोर्चा […]

२०८० फाल्गुन १४ गते, सोमबार

समाजवादी मोर्चा नेपालद्वारा मिटरब्याज र लघुवित्त पीडितको समस्या समाधान गर्न आग्रह

काठमाडौँ । समाजवादी मोर्चा नेपालले सरकारलाई यथाशीघ्र मिटरब्याज र लघुवित्त पीडित श्रमिक जनतासँग सार्थक संवाद गरेर समस्या समाधान गर्न जोडदार आग्रह गरेको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले शनिबार एक बिज्ञप्ति जारी गर्दै सो आग्रह गरेका हुन्।मोर्चाका संयोजक विप्लव सीद्वारा जारी बिज्ञप्तिमा भनिएको छ – ‘नेपाली श्रमिक जनता विशेषतः गरिब किसान […]

२०८० फाल्गुन १३ गते, आईतवार

समाजवादी व्यवस्था अपरिहार्य

काठमाडौँ । अखिल (समाजवादी)का नवनिर्वाचित अध्यक्ष नरेन्द्र सीले नेपालमा समाजवादी व्यवस्था अपरिहार्य भएको दाबी गरेका छन् । नेपाल कम्युनिस्ट पार्टीनिकट सो संगठनले २३औं राष्ट्रिय सम्मेलनका निर्णय सार्वजनिक गर्न आयोजित पत्रकार सम्मेलनमा बोल्दै सो उनले दावी गरेका हुन् । अध्यक्ष नरेन्द्र सीले नयाँ संकल्प र योजनासहित ऐतिहासिक महत्वसहित सम्मेलन संम्पन्न भएको बताउँदै विभन्न कालखण्डमा नेपालको विद्यार्थी […]

२०८० फाल्गुन १२ गते, शनिबार