Main Banner

समाजवादी मोर्चा नेपालद्वारा देशव्यापीरूपमा बिभिन्न कार्यक्रम गर्ने उदघोष

काठमाडौँ । समाजवादी मोर्चा नेपालले देशव्यापीरूपमा बिभिन्न कार्यक्रम गर्ने भएको छ। मोर्चाका संयोजक तथा नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी को अध्यक्षतामा शनिबार बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको हो ।उक्त बैठकले समाजवादी मोर्चा नेपालको नाराहरु ठोस गरि देशब्यापीरुपमा वालिङ्ग र ब्यानरिंग गर्ने , काठमाडौँमा बुद्धिजीवी र वाम्पन्थिहरुबिच अन्तरक्रिया गर्ने , […]

२०८० फाल्गुन १२ गते, शनिबार

‘जनयुद्धमाथि हमला गर्ने विरुद्ध मिडिया मोर्चाबाट प्रतिरोध गरौँ ‘

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टीका स्थायी समिति सदस्य अनिल सीेले साम्राज्यवादका दलालहरुले जनयुद्धमा सहभागी नेता कार्यकर्तामाथि जनयुद्धको मुद्धा लगाउने षडयन्त्र गरिरहेको भन्दै मिडिया मोर्चाबाट प्रतिरोध गर्न आग्रह गरेका छन । नवलपरासीको मिलनचोकमा आयोजित जनपत्रकार संगठन नेपालको केन्द्रीय समिति सचिवालय समितिको बैठकलाई शुक्रवार सम्वोधन गर्दै नेता अनिल सीले जनयुद्धमाथि हमला गर्ने जो सुकै भएपनि त्यसविरुद्ध कडा […]

२०८० फाल्गुन १२ गते, शनिबार

अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी

काठमाडौँ । अखिल (समाजवादी) काे अध्यक्षमा नरेन्द्र सी चयन भएका छन। अखिल (क्रान्तिकारी) काे त्रिवि कीर्तिपुरमा सम्पन्न २३ औं राष्ट्रिय सम्मेलनले नरेन्द्र सीकाे अध्यक्षता १८१ सदस्यीय कार्य समिति चयन गरेकाे छ । निर्वाचित अन्य पदाधिकारीहरुमा उपाध्यक्ष ललित सी, महासचिव प्रकाश सी, सचिवहरु प्रीतिमा सी, मदन सी, अटल सी, कपिल सी, प्रकाश सी, नतासा सी, प्रकाश […]

२०८० फाल्गुन १० गते, बिहीबार

नेपालमा संसदीय व्यवस्थाको उत्थान र पतन

नेपालमा दलाल पुँजीवादी संसदीय व्यवस्था पुरै असफल भएको वर्तमान परिस्थितिमा यस विषयमा अहिले चौतर्फी बहस भैरहेको छ । पुँजीवादीहरूले यो बहसलाई व्यवस्था कि व्यक्ति भन्नेमा केन्द्रित गरेर विषयान्तर गर्न खोजेका छन् । व्यक्तिको दोष देखाएर व्यवस्थाको दोषलाई ढाकछोप गर्न खोजिरहेका छन् । व्यक्तिमा पनि बूढा र युवाको तुलना गरेर विचार र दृष्टिकोणको विषयलाई उमेर तथा […]

२०८० फाल्गुन ९ गते, बुधबार

‘गणतन्त्र दलाल पुँजीवादको कब्जामा पर्यो ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले गणतन्त्र दलाल पुँजीवादको कब्जामा परेको ठोकुवा गरेका छन। फागुन ६ गते, आईतवार अखिल (क्रान्तिकारी) को २३ औं राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन्।महासचिव विप्लव सीले आफूहरुले लडेर ल्याएको गणतन्त्र दलाल पुँजीवादको कब्जामा गएकाले आफूहरुले संघर्ष गर्नु परिरहेको उल्लेख गर्दै नेपाललाई दलालहरुको कब्जावाट खोसेर नेपाली […]

२०८० फाल्गुन ७ गते, सोमबार

समाजवादी मोर्चा नेपालको संयोजकमा नेकपाका महासचिव विप्लव सी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी समाजवादी मोर्चा नेपालको संयोजक बनेका छन् । एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपालको अध्यक्षतामा आज बिहान प्रधानमन्त्री कार्यालय बालुवाटारमा बसेको मोर्चाको बैठकले महासचिव विप्लव सीलाई संयोजक तोकेको हो । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सी, नेकपा माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल र जसपाका […]

२०८० फाल्गुन ६ गते, आईतवार

एकीकृत जनक्रान्ति अनिवार्य

  तत्कालीन बहुदलीय संसदीय व्यवस्थाअन्तर्गत निरंकुश राजतन्त्रको अन्त्य गरी नयाँ जनवादी क्रान्ति सम्पन्न गर्दै वैज्ञानिक समाजवादी राज्यव्यवस्था स्थापना गरेर साम्यवादी व्यवस्थासम्म पुग्ने लक्ष्यका साथ २०५२ फागुन १ गते नेपाल कम्युनिस्ट पार्टी (माओवादी) को नेतृत्वमा जनयद्ध सुरु भएको थियो । जनयुद्धको कमाण्डर प्रचण्डले जनयुद्धलाई सत्ता र सरकारमा पुग्ने बागडोर बनाउन खोजेपछि जनयुद्ध लक्ष्यमा पुग्न सकेन । […]

२०८० फाल्गुन ६ गते, आईतवार

नेकपा कैलालीद्वारा आरजु राणाको नाममा रहेको जग्गा कब्जा

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी कैलालीले नेपाली कांग्रेसकी नेता आरजु राणा देउवाको नाममा रहेको टिकापुर विकास समितिको सरकारी जग्गा कब्जा गरेको छ । टिकापुर नगर विकास समितिको नाममा रहेको सरकारी जग्गा राणाले सत्ता र शक्तिको आडमा आफ्नो नाममा गरेको भन्दै बिहीबार नेकपाले कब्जा गरेको हो । विभिन्न समयमा सरकारको नाममा रहेको सार्वजनिक जग्गा व्यक्तिले आफूखुशी […]

२०८० फाल्गुन ४ गते, शुक्रबार

कपिलवस्तु बस दुर्घटनाका घाइतेहरुको निशुल्क उपचार गर

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले कपिलवस्तुमा बस दुर्घटनामा परि निधन भएका प्रति श्रद्धान्जली व्यक्त गर्दै दुर्घटनामा परि घाइते भएका सम्पूर्णलाई शिघ्र स्वास्थ्य लाभको कामना गर्दै घाइतेहरुको निशुल्क उपचार र मृतकका परिवारलाई उचित राहत उपलब्ध गराउन सरोकारवाला पक्ष र सरकारसँग जोडदार माग गरेको छ । सो पार्टीका महासचिव विप्लव सीले बिज्ञप्ति जारी गर्दै गएराति महेन्द्रनगरबाट काठमाडौँ […]

२०८० फाल्गुन ३ गते, बिहीबार

‘जनयुद्धको उपलब्धि खाेस्ने षड्यन्त्र दिवासपना हुनेछ ‘

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव सीले जनयुद्धको उपलब्धि खाेस्ने षड्यन्त्र दिवासपना हुने ठोकुवा गरेका छन। मंगलबार नेकपा केन्द्रीय कार्यालय शिवगढ़ीमा आयाेजित २९औं जनयुद्ध दिवसकाे शुभकामना आदानप्रदान कार्यक्रमलाई सम्बोधन गर्दै उनले सो ठोकुवा गरेका हुन् ।महासचिव विप्लव सीले नेपालमा जनयुद्ध सफल भएपछि गणतन्त्र आएकाे बताउँदै जनयुद्धमा हारेकाहरूले उपलब्धि उल्ट्याउन षड्यन्त्र गरिरहेको बताउदै भने- ‘उनीहरूले […]

२०८० फाल्गुन २ गते, बुधबार