मुख्य समाचार

युवा संगठनद्वारा गिरफ्तार नेतालाई ससम्मान रिहाइ गर्न माग

काठमाडौं , १४ पुष । युवा संगठन नेपालले गिरफ्तार गरिएका नेताहरुको ससम्मान तत्काल – रिहाइको लागि जोड्दार माग गर्दै अन्यथा त्यस वाट उत्पन्न हुने परिस्थितिको सरकार जिम्मेवार हुनुपर्ने चेतावनी दिएको छ । सो संगठनका कार्यवाहक अध्यक्ष दिनेशले आज एक बिज्ञप्ती जारी गर्दै सो चेतावनी दिएका हुन् । यस बिषयमा युवा संगठन नेपालका कार्यवाहक अध्यक्ष दिनेशले […]

२०७६ पुष १४ गते, सोमबार

एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरी हस्तक्षेप

काठमाडौं , १३ पुष । नेपाल कम्युनिस्ट पार्टीले राजधानीमा एमसिसि र भारतीय अतिक्रमणबिरुद्दको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे छ । सो पार्टीनिकट जनवर्गीय संगठनको संयुक्त मोर्चाले काठमाडौंमा गर्न खोजेको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेकाे हो । काठमाडौको वाल्मिकी क्याम्पसबाट गर्न लागिएको प्रदर्शनमा प्रहरीले हस्तक्षेप गरेर नेकपाका पूर्व केन्द्रीय सदस्य मकर गुरुङसहित दुई दर्जन भन्दा बढीलाई पक्राउ गरेकाे […]

२०७६ पुष १३ गते, आईतवार

नेकपाका नेता भुजेलसहित ९ जना गिरफ्तार

काठमाडौँ १२ पुष । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी व्युरो इन्चार्ज उमा भुजेलसहित ९ जनालाई फरक फरक ठाउँबाट केपी–बादल गृह प्रशासनले गिरफ्तार गरेको छ । नेपाल कम्युनिस्ट पार्टीकी केन्द्रीय सदस्य तथा मेची–कोसी व्युरो इन्चार्ज उमा भूजेल, मेची–कोसी ब्युरो कार्यालय सचिव सुमन सिंह, मोरङ जिल्ला इन्चार्ज नरेश चौलागाई, क्षितिज पौडेल, नवराज नेपाल, दिपक आचार्य, […]

२०७६ पुष १३ गते, आईतवार

वडा अध्यक्ष बुढाथोकीलाई कालो मोसो दलेर कारबाही

काठमाडौँ , १२ पुष । नेपाल कम्युनिस्ट पार्टीकाे युवा संगठन, नेपालले रुकुम जिल्ला चौरजहारी नगरपालिका वडा नं ३ का वडा अध्यक्ष लालबहादुर बुढाथोकीलाई कालो मोसो दलेर कारबाही गरेको छ । बुढाथोकीलाई वडा कार्यालयको भवन बनाउने भन्दै सत्ता र शक्तिको आडमा सार्वजानिक सम्पतिको दोहन गरेको अाराेपमा कारबाही गरेको बताइएको छ । युवा संगठन नेपाल रुकुमले विज्ञप्तिमार्फत […]

२०७६ पुष १२ गते, शनिबार

एमसीसी सम्झौताविरुद्ध सडक संघर्ष

काठमाडाैँ, १२ पुस । नेपाल कम्युनिस्ट पार्टीले एमसीसी सम्झौताविरुद्ध सडक संघर्ष थाल्ने बताएको छ । सो पार्टीले एमसीसी सम्झौताको विरोधमा पुस १४ गतेदेखि पुस २० गतेसम्म देशव्यापी चरणबद्ध संघर्ष घोषणा गरेको छ । संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौताले नेपाललाई फसाउने षड्यन्त्र […]

२०७६ पुष १२ गते, शनिबार

सुकुमबासीमाथि दमन गरे प्रतिरोध गर्ने चेतावनी

काठमाडाैँ, ११ पुस । नेपाल कम्युनिस्ट पार्टीले सुकुमबासीमाथि दमन गरिए निर्ममतापूर्वक प्रतिरोध गर्ने चेतावनी दिएको छ । नेकपा झापाले प्रेस विज्ञप्ति जारी गर्दै सरकार र विभिन्न निकायलाई सुकुमबासीमाथि दमन गरिए निर्ममतापूर्वक प्रतिरोध गर्ने चेतावनी दिएको हो । विज्ञप्तिमा मुलुकको पछिल्लो अवस्थाको चित्रण गर्दै भनिएको छ, ‘देश यतिबेला सर्वाधिक राजनीतिक सङ्कटमा फसिरहेको छ । सरकारमा विदेशी […]

२०७६ पुष ११ गते, शुक्रबार

दलित मुक्ति मोर्चाद्वारा गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने चेतावनी

काठमाडौँ, १० पुष । दलित मुक्ति मोर्चा नेपालले आफ्ना गिरफ्तार नेता–कार्यकर्तालाई तत्काल रिहा नगरे प्रतिरोध गर्ने चेतावनी दिएको छ । सो मोर्चाको केन्द्रीय समितिले सरकारले आफ्नो मोर्चाका नेता–कार्यकर्ता र नेकपाका नेता–कार्यकर्तालाई हत्या, गिरफ्तार र झूट्टा मुद्दा लगाएर देशलाई युद्धमा धकेल्न खोजेको निष्कर्ष निकालेको छ । मोर्चाका अध्यक्ष डम्बरबहादुर विश्वकर्माले विज्ञप्ति जारी गर्दै मोर्चाका नेता–कार्यकर्तालाई बिनासर्त […]

२०७६ पुष १० गते, बिहीबार

एमसीसी सम्झौता : नेपाललाई फसाउने षड्यन्त्र

काठमाडौँ , ८ पुष । नेपाल कम्युनिस्ट पार्टीले संयुक्त राज्य अमेरिकाद्वारा नेतृत्व गरिएको हिन्द–प्रशान्त रणनीतिको अङ्गका रूपमा रहेको ‘मिलेनियम च्यालेन्ज कर्पोरेसन’ र नेपाल सरकारबीच भएको भनिएको सम्झौता हिउँदे अधिवेशनबाट पारित गराउने केपी वली सरकारको तयारीप्रति पार्टीको गम्भीर ध्यानाकर्षण भएको बताएको छ । पार्टी प्रवक्ता प्रकाण्डले सोमबार प्रेस विज्ञप्ति जारी गर्दै अमेरिकाले उक्त सम्झौतामा नेपाललाई फसाउने […]

२०७६ पुष ८ गते, मंगलवार

थारुवान जनसरकारद्वारा दलाल र भूमाफियालाई चेतावनी

काठमाडाैँ, ४ पुष । थारुवान स्वायत्त प्रदेशले दलाल र भूमाफियाहरूलई चेतावनी दिएको छ । बर्दगोरिया जनपरिषद् नेपाल कैलालीले चेतावनी सूचना जारी गर्दै जनयुद्धका क्रममा कब्जा गरिएको ग्रामीण विकास बैङ्कको जग्गा गत साउन १५ गते पुनः कब्जा गरिएको तर उक्त जग्गामा केही दलाल तथा भूमाफियाले भवन निर्माण गरी सटर भाडामा दिएर व्यापारी व्यवसायीबाट चर्को सटर भाडा […]

२०७६ पुष ४ गते, शुक्रबार

प्रहरीलाई सुराकी नगर्न चेतावनी

काठमाडाैँ, ३ पुष । नेपाल कम्युनिस्ट पार्टी जाजरकोटले सुराकी गर्न आएका प्रहरी सहायक निरीक्षक गंगा बहादुर चन्द र प्रहरी जवान डिल बहादुर डागीलाई नियन्त्रणमा लिएर छाडेको जनाएको छ । पार्टी कार्यक्रम स्थल जाजरकोटको नलगान नगरपालिका ५ सिर्केमा सुराकी गर्न अाएको भन्दै केही बेर नियन्त्रणमा लिएर छाडिएको जाजरकोटका सेक्रेटरी राजकुमार राईले एक विज्ञप्ति मार्फत जानकारी दिनुभएको […]

२०७६ पुष ३ गते, बिहीबार