मुख्य समाचार

सुकुम्बासीको नाममा गलत गर्ने कारवाही पर्ने

काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टीले भुमीहीन-सुकुम्बासीका नाममा गलत काम गर्नेलाई कारवाही गर्ने घोषणा गरेको छ । जग्गा मिलाइदिने प्रलोभन देखाएर भुमीहीन-सुकुम्बासीसंग जथाभावी पैसा उठाउने प्रबृत्ति बढेपछी पोखरामा बिहीबार आयोजित एक कार्यक्रममा नेकपा निकट अखिल नेपाल भूमिहीन सुकुम्बासी संघका केन्द्रीय अध्यक्ष समेत रहेका पार्टी पोलिटब्युरो सदस्य ओमप्रकाश पुनले भूमिहीन-सुकुम्बासीका नाममा गलत काम गर्ने जो […]

२०७५ कार्तिक ३० गते, शुक्रबार

अभिव्यक्ति स्वतन्त्रता हनन् नगर्न चेतावनी

काठमाडौँ, २९ कात्तिक । मुलुकमा मौलिक अधिकार प्राप्त संविधान निर्माण भएर कार्यान्यवनमा आइसकेकोले राजनीतिक आस्थाकै कारण कसैलाई पक्राउ गरेर यातना दिने र अभिव्यक्ति स्वतन्त्रता हनन् गर्न नहुनेमा अधिकारकर्मी तथा सरोकारवालाले जोड दिएका छन् ।संविधानले प्रत्याभूत गरेका प्रेस तथा अभिव्यक्ति स्वतन्त्रतासहित सबै मौलिक हक कार्यान्वयन हुनुपर्नेमा उनीहरूकाे जाेड छ । क्रान्तिकारी पत्रकार संगठन केन्द्रीय समितिको आयोजना […]

२०७५ कार्तिक ३० गते, शुक्रबार

धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य बिग्रँदै

काठमाडौँ, २९ कात्तिक । अनिश्चितकालीन धर्नामा बसेका निर्मलाका बुवाआमाको स्वास्थ्य अवस्था बिग्रँदै गएको छ । कन्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्त हत्याकान्डको दोषी पत्ता लगाउन माग गर्दै गत आइतबारदेखि निर्मलाका बुवाआमा अनिश्चितकालीन धर्नामा बसेका हुन् । कन्चनपुर जिल्ला प्रशासन कार्यालयअगाडि धर्नामा बसेका उनीहरुमा चिसोका कारण रुघाखोकी तथा ज्वरो आउनेजस्ता समस्या देखिएको छ । कमजोरीका कारण […]

२०७५ कार्तिक २९ गते, बिहीबार

अखिल क्रान्तिकारीले आन्दोलन चर्काउने

काठमाडौँ, २९ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी निकट बिद्यार्थी संगठन अखिल (क्रान्तिकारी)ले सिमा अतिक्रमण भएका क्षेत्रमा आन्दोलन चर्काउने भएको छ । अखिल क्रान्तिकारीको तेस्रो केन्द्रिय समितिको हालै सम्पन्न बैठकले सो निणय गरेको हो । काठमाडौंमा तीन दिन सम्म चलेको केन्द्रिय समितिको पूर्ण बैठकले संघर्षका कार्यक्रम सहित बिभिन्न महत्वपूर्ण निर्णय गरेको छ । बैठकले सीमा अतिक्रमण […]

२०७५ कार्तिक २९ गते, बिहीबार

सरकार मौलिक हकप्रति झनै अनुदार !

काठमाडौं , २७ कार्तिक । मानवअधिकारकर्मी, राजनीतिक दल तथा पत्रकारहरुले सरकार नागरिकको मौलिक हकप्रति अनुदार बनेको जनाएका छन् । क्रान्तिकारी पत्रकार संगठन, नेपालका केन्द्रीय समितिको आयोजना र ताप्लेजुङ शाखाको संयोजनामा मंगलबार भएको कार्यक्रममा उनीहरूले संविधानमा भएका अधिकारलाई पनि कानुन मार्फत राज्यले घुमाउरो पाराले रोक्ने प्रयास गरिरहेको भन्दै आपत्ति प्रकट गरे । नेपाल बार एशोसियसन ताप्लजुङका […]

२०७५ कार्तिक २८ गते, बुधबार

क्रान्तिकारी पत्रकार संगठनद्वारा अन्तरक्रिया कार्यक्रम आयोजना

काठमाडौं , २७ कार्तिक । क्रान्तिकारी पत्रकार संगठन, नेपालको आयोजना अहिले ताप्लेजुङको फुङलिङ बजारमा ‘मानवअधिकार, प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता’ विषयमा सरोकारवाल पक्षहरुको सहभागितामा अन्तरक्रिया भइरहेको छ । कार्यक्रममा वक्ताहरुले बोल्ने क्रम जारी रहेको संगठनका कोषाध्यक्ष जानकरी चौधरीले जानकारी दिएकी छन् । कार्यक्रम संगठनको केन्द्रीय आयोजना र जिल्ला समितिको संयोजनमा जारी उक्त कार्यक्रममा जिल्लास्थित मानवअधिकारकर्मी, संचारर्की, […]

२०७५ कार्तिक २७ गते, मंगलवार

नेकपा प्रचार सभा गर्दै

काठमाडौं , २७ कार्तिक । नेपाल कम्युनिस्ट पार्टी काठमाडाैंले मंसीर ८ काे विशाल जनसभाका लागि जिल्लाका विभिन्न स्थानमा प्रचार सभा गर्दै हिडिरहेकाे छ । यसै क्रममा नेकपा काठमाडाैंकाे अभियान २ ले काठमाडाैंकाे टाेखा, बुढानिलकण्ठ नगरपालिकाका विभिन्न स्थानमा सामना परिवारकाे टाेलीसहित प्रचार गरिरहेकाे छ । यस प्रचार अभियानका क्रममा नेकपाका केन्द्रीय सदस्य अाजाद र महिला नेतृ […]

२०७५ कार्तिक २७ गते, मंगलवार

प्रहरीद्वारा नेकपाको प्रचार सामाग्री कब्जा, दुई जना गिरफ्तार

काठमाडौं, २६ कात्तिक । सप्तरीको कडरवामा सशस्त्र प्रहरी सिविर अन्तरगत कदमहापोष्टले नेकपाको मंसिर ८ गते हुन गइरहेको जनसभाको पर्चा, पोस्टरलगायत प्रचार सामाग्री लुटपाट गरेको छ । प्रहरीले गतकात्तिक १७ गते ‘प्रतिबन्धित समाग्री किन ल्याएको हो ’ भन्दै सो सामाग्री लुटपाट गरेको बुझिएको छ । यसैगरी पाचथरबाट प्राप्त अर्को समाचारअनुसार कात्तिक २२ गते पाचथर नौवाबाट जनसभाको […]

२०७५ कार्तिक २६ गते, सोमबार

निर्मलाका अामाबुवा धर्नामा

काठमाडौं, २५ कात्तिक । कञ्चरपुरकी १३ वर्षीया बालिका निर्मला पन्तको बलत्कार पछि हत्या भएको महिनौ वित्तिसक्दा पनि दोषी पत्ता लगाउन नसकेको भन्दै निर्मलाका बुवा यज्ञराज पन्त आजदेखि जिल्ला प्रशासन कार्यालयमा धर्नामा बस्ने भएका छन् । छोरीको बलात्कारपछि हत्या भएको साढे ३ महिना बित्न लाग्दासमेत दोषी पत्ता नलागेपछि निर्मलाका बाबुआमा जिल्ला प्रशासन कार्यालय, कञ्चनपुरअगाडि धर्ना बस्ने […]

२०७५ कार्तिक २५ गते, आईतवार

‘झापा बिद्रोह र जनयुद्ध लडेकाहरुको नेतृत्वमा सरकार छ भन्न पनि लाज लाग्ने’

काठमाडौँ, २० कात्तिक । मानवअधिकारकर्मी,पत्रकार,नागरिक समाज तथा राजनीतिकदलका अगुवाहरुले सरकारको कार्यशैलीले गणतन्त्र अाएको अनुभुती हुन नसकेको बताएका छन । उनिहरुले केन्द्र,प्रदेश एवम् स्थानीय सरकार जनभावना विपरित जान थालेको भन्दै कडा आलोचना समेत गरे । क्रान्तिकारी पत्रकार संगठन,नेपाल केन्द्रीय समितिको आयोजना र सिन्धुलि शाखाको संयोजनमा सिन्धुलिको गढिमा अायोजित अन्तरकृया कार्यक्रममा बोल्ने बक्ताहरुले निरङकुसताको लागि लडेका मान्छे […]

२०७५ कार्तिक २१ गते, बुधबार