मुख्य समाचार

कांग्रेस नेता सिटौलाको घरमा बम विस्फोट

काठमाडौं, १२ मंसिर । नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलाको घरमा बम विस्फोट भएको छ। झापाको भद्रपुर नगरपालिका वडा नं १० चन्द्रगढीमा रहेको सिटौलाको घरमा गए राति करिव १ बजेतिर विस्फोट गराइएको प्रहरीले जनाएको छ । बम बिस्फोटवाट घरमा सामान्य क्षति भएको छ । झापा क्षेत्र नं ३ बाट प्रतिनिधि सभाका उम्मेदवार रहेका सिटौला घरमै थिए। […]

२०७४ मंसिर १२ गते, मंगलवार

प्रचण्ड शैली : समवेदना दिन जानेलाई पार्टी प्रवेशको प्रचार !

काठमाडौं, ११ मंसिर । नेकपा माओवादीका अध्यक्ष पुष्पकमल दाहाललाई समवेदना दिन गएका नेपाली कांग्रेस चितवनका पूर्वसचिव तथा नेपालको सबै भन्दा पुरानो सहकारी बखान सहकारी संस्था भरतपुर १९ का अध्यक्ष मोहनसिंह लामा पार्टी प्रवेश भनेपछि हङ्गामा मच्चिएको छ । लामाले आज पत्रकार सम्मेलन गर्दै आफू पार्टी छोेडेर माओवादीमा प्रवेश गरेको भन्ने समाचारको खण्डन गरेका छन् । […]

२०७४ मंसिर ११ गते, सोमबार

नेकपाका पोलिटब्युरो सदस्य वीरजंगलाई चर्को यातना !

काठमाडौं, ११ मंसिर । प्रहरीद्धारा नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य न्द्रबहादुर चन्द ‘विरजंग’लाई चर्को यातना दिएको खुलासा भएको छ । गत शुक्रबार प्रहरीद्वारा गिरफ्तार गरिएका विरजंगलाई काठमाडाैंस्थित महाराजगंज प्रहरी तालिम केन्द्रमा राखिएकाे छ । नेकपा लुम्बिनी ब्युरो इन्चार्ज समेत रहेका चन्द्रबहादुर चन्द ‘विरजंग’लाई प्रहरीले आँखामा कालोपट्टी बाँधेर शारिरीक तथा मानसिक यातना समेत दिएको बुझिएकाे छ […]

२०७४ मंसिर ११ गते, सोमबार

गुल्मीमा बम विष्फोट

काठमाडौं, ११ मंसिर । गुल्मीमा बम विष्फोट भएको छ । नेपाली कांग्रेस गुल्मी जिल्लाको क्षेत्र नं २ मा चुनावी कार्यक्रममा जादै गर्दा अज्ञात समूहले वम प्रहार गरेको बताइएको छ । विस्फोटवाट नेपाली कांग्रेसका जिल्ला सचिव खिलध्वज पन्थी र क्षेत्र नं २ का पार्टी सभापति भगत खड्का बाच्न सफल भएका छन् । मुसिकोट नगरपालिका वाड नं […]

२०७४ मंसिर ११ गते, सोमबार

सिलिण्डर बम विस्फोट

काठमाडौं, ११ मंसिर । पूर्वी चितवनको कालिका नगरपालिका वडा नं ६ मा अज्ञात समूहले सिलिण्डर बम पड्काएको छ । गएराति ८ः १५ बजेको समयमा सूर्यपुरस्थित खेतको कल्भर्टमा अज्ञात समूहले ग्यास सिलिण्डर पड्काएको चितवनका प्रहरी प्रवक्ता प्रभुप्रसाद ढकालले जानकारी दिए । विस्फोटबाट मानवीय क्षति भने नभएको प्रहरीले जनाएको छ । घटनाको अनुसन्धान भइरहेको उनको भनाइ छ […]

२०७४ मंसिर ११ गते, सोमबार

मालकोट र मेखालामा शुन्य मतदान

काठमाडौं, १० मंसिर । कालिकाेटकाे मालकाेटमा गाेली हानाहान हुन थालेपछि निर्वाचन टाेली दिउसै फर्केकाे छ । मालकाेटकाे सल्लारुख गाउँ नजिकै राखिएकाे बुथबाट निर्वाचनका लागि खटिएका कर्मचारी, म्यादी प्रहरीसहितकाे सुरक्षाकर्मी टाेली दिउसाे तीन बजे नै फर्केकाे बताइएकाे छ । दिउसाे तीन बजेसम्म कुर्दा पनि मतदान गर्न काेही नअाएपछि मतदान केन्द्रमा रहेका कर्मचारी र सुरक्षाकर्मीकाे टाेली दिउसै […]

२०७४ मंसिर १० गते, आईतवार

रामेछाप र लम्जुङमा जताततै बम विष्फोट

काठमाडौं, १० मंसिर । रामेछापको खााँडादेवी गाउँपालिकामा जताततै शक्तिशाली बम विष्फोट भएको छ । खाँडादेवी गापा ७ मा चोप्राङ मावि र कृष्ण उमाविबाट १ किमीको फरकमा सिलिन्डर बम विष्फोट भएको छ भने चोप्राङ माबीबाट डेढ किलोमीटरको फरकमा विद्युतीय माइन बिष्फोट भएको छ । विष्फोट सँगै ठाउँ ठाउँमा प्रेसर कुकुर बमहरु भेटिएको छ । खाँडादेवी गाउँ […]

२०७४ मंसिर १० गते, आईतवार

मालकाेटका जनताद्वारा मतदान गर्न अस्विकार

काठमाडौ, १० मंसिर । कालिकोटको मालकोटको सेरापाटा मतदान केन्द्रमा यति बेलासम्म पनि मतदान सुरु हुन् सकेको छैन । मतदान गर्न सर्वसाधारण नअाएपछि प्रहरी गाउँमा पसेर मतदान गर्न धम्की दिइरहेको बताइएको छ । नेपाली सेनाले हवाइ गस्ती गरिरहेको छ । यसैक्रममा प्रहरीले २ जना स्थानीय युवाहरुलाई गिरफ्तार गरेको छ । मालकाेटमा सुरक्षाकर्मीले संविधानले दिएको अधिकार हनन् […]

२०७४ मंसिर १० गते, आईतवार

शरतसिंहको घरमा बम विस्फोट

काठमाडौ, ९ मंसिर । राजपा नेपालका अध्यक्ष मण्डल सदस्य शरतसिंह भण्डारीको घरमा बम विस्फोट भएको छ । आज विहान भण्डारीको महोत्तरीको औरही नगरपालिका २ स्थित पुख्र्यौली घरको अगाडि बम विस्फोट भएको बताइएको छ । जिल्ला प्रहरी कार्यालय महोत्तरीले भण्डारीको घरको अगाडि रहेको पोखरीको डिलमा विस्फोट भएको र त्यसले कुनै किसिमको क्षति नभएको जनाएको छ

२०७४ मंसिर १० गते, आईतवार

कालिकोटमा बुथ कब्जा

काठमाडौ, ९ मंसिर । कालिकोटको मुम्रामा निर्वाचन सुरक्षाको लागी गएको प्रहरी र स्थानीयबीच दोहोरो भिडन्त भएको छ । दोहोरो भिडन्तमा परी २ जना घाइते भएका छन् । उनीहरु प्रहरीले चलाएको गोली लागेर घाइते भएका हुन् । घाइते हुनेमा स्थानीय महेन्द्र शाही र तन बिक रहेका छन । भोलि हुने मतदानको लागि सम्पूर्ण सामाग्री लिएर गएको […]

२०७४ मंसिर १० गते, आईतवार