दाहालको बाटोमा बम
काठमाडौं, २७ कात्तिक – कञ्चनपुर क्षेत्र न.१ को बेलउरीमा आयोजित चुनावीसभालाई सम्बोधन गर्न जान लागेका एमाओवादी अध्यक्ष पुष्पकमल दाहालको बाटोमा बम भेटिएको छ ।सुरक्षा निकायले बम निष्क्रिय बनाएपछि मात्रै दाहाल गन्तव्यमा पुगेका छन् । दाहाललाई अवरोध पुर्याउन चन्देउ नजिकै जंगल छेउको बाटोमा बम राखिएको थियो । सुरक्षा निकायले बम हटाएपछि दाहाल बेलउरी गएका हुन् । […]
२०७० कार्तिक २७ गते, बुधबार