मुख्य समाचार

नेकपाका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता : तत्काल बन्दी रिहा गर्न सहमति

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र गृहमन्त्री बालकृष्ण खाँणबीच भेटवार्ता भएको छ । आज अपरान्ह भएको उक्त भेटवार्तामा प्रवक्ता प्रकाण्डले सरकारले हालसम्म बन्दि बनाइएका नेकपाका नेता कार्यकर्तालाई रिहा नगरेकोमा ध्यानाकर्षण गराएको बुझिएको छ । यसैगरी ,प्रवक्ता प्रकाण्डले हालै जिल्ला अदालत बाजुरावाट रिहा भएका कर्ण विश्वकर्मालाई प्रहरीले पुन गिरफ्तार गरेको भन्दै उनलाई तत्काल रिहा […]

२०७८ चैत्र १७ गते, बिहीबार

भीम चापागाईंले अनधिकृत रूपमा ७७ लाख उठाए : छानबिनको जानकारी पाएपछि पार्टी र नेतृत्वमाथि अनर्गल आरोप लगाउँदै भागे

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टी केन्द्रीय कार्यालयका सचिव असल क्षेत्रीले पार्टीभित्रका केही गलत उद्देश्यसहित आएका तत्वहरू विचलित र आतङ्कित भएर पार्टी र नेतृत्वप्रति गलत लाञ्छना लगाउँदै भाग्ने गरेको र भीम चापागाईं यसको एउटा उदाहरण रहेको जनाएका छन । उनले केन्द्रीय समितिको बैठकले भीम चापागाईंले अनधिकृत रूपमा विभिन्न स्रोतहरूबाट रु. ७७ लाख उठाएको प्रमाणसहित केन्द्रीय कार्यालयमा […]

२०७८ चैत्र १५ गते, मंगलवार

नेकपासँग जनअपेक्षा

यतिबेला नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको बैठक कपिलवस्तुको शिवगढीमा जारी छ । सरकारले स्थानीय निर्वाचनको तालिका सार्वजनिक गरेपछि बसेको नेकपाको उक्त बैठक यतिबेला राजनीतिक वृत्तमा चर्चाको केन्द्रमा रहेको छ । नेकपाको उक्त बैठकमा सरकारले हालै घोषणा गरेको स्थानीय निर्वाचन प्रयोग गर्ने बिषयले प्रवेश पाएपछि देशी विदेशी दलालहरुको निदहराम भएको छ । विगतमा नेकपाप्रति जनताको आशा […]

२०७८ चैत्र १३ गते, आईतवार

नेकपा केन्द्रिय समितिको बैठक जारी : स्थानीय निर्वाचन प्रयोग गर्ने विषयमा छलफल

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीको केन्द्रिय समितिको १२औँ पूर्ण बैठक कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी छ । अघिल्लो शुक्रबार अपरान्ह २ बजेबाट सुरु भएको उक्त बैठकमा महासचिव विप्लवले आगामी पार्टीको नवौँ महाधिवेशन, एमसीसीविरोधी आन्दोलन र आसन्न स्थानीय निर्वाचनका विषय समेटेर प्रतिवेदन पेश गरेको बताइएको छ । महासचिव विप्लवले पेश गरेको प्रतिवेदनमा एमसीसीविरुद्ध आन्दोलनमा […]

२०७८ चैत्र १३ गते, आईतवार

नेकपाका महासचिव विप्लव र प्रवक्ता प्रकाण्डलगायत सबै केन्द्रीय नेता श्रममा सहभागी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिव विप्लव, प्रवक्ता प्रकाण्ड, सचिवालय सदस्य कञ्चन, सुदर्शन र विषम केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएका छन् । पार्टी केन्द्रीय सम्पर्क कार्यालय शिवगढी, कपिलवस्तुमा केन्द्रीय समितिको बाह्रौँ पूर्ण बैठक जारी रहेकै समयमा महासचिव र प्रवक्ता प्रकाण्डलागायत सचिवालयका सबै सदस्य र केन्द्रीय सदस्यहरू बिहीबार केन्द्रीय जनकम्युनमा श्रममा सहभागी भएर गहुँ काट्ने काम […]

२०७८ चैत्र ११ गते, शुक्रबार

नेकपाद्वारा अड्कलको भरमा टिका-टिप्पणी र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले भ्रम उत्पन्न गर्ने गरी अड्कलको भरमा टिका टिप्पणी र भ्रमपूर्ण समाचार सम्प्रेषण नगर्न आग्रह गरेको छ। सो पार्टीको कपिलवस्तु शिवगढीस्थित पार्टी केन्द्रीय सम्पर्क कार्यालयमा जारी १२ औँ पूर्ण बैठकका उठेका बिषय भन्दै बिभिन्न संचार माध्यम र सामाजिक संजालमा अड्कलको भरमा टिका टिप्पणी गर्ने र भ्रमपूर्ण समाचार सम्प्रेषण गर्ने कार्य भै […]

२०७८ चैत्र ८ गते, मंगलवार

नेकपाका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री देउवाबीच भेटवार्ता : सरकार तत्काल मुद्दा खारेज र बन्दी रिहा गर्न सहमत

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवाबीच आज बिहान भेटवार्ता भएको छ। उक्त भेटवार्तामा तीन बुँदे सहमति कार्यान्वयनका विषयलगायत समसामयिक राजनीतिक बिषयमा छलफल भएको बताइएको छ । उक्त भेटवार्तामा तिन बुंदे सहमति बमोजिम सरकारले नेकपाका बन्दी नेता – कार्यकर्तालाई तत्काल रिहा गर्ने र नेकपाका नेता – कार्यकर्तामाथि लगाइएको मुद्दा तत्काल खारेज […]

२०७८ चैत्र २ गते, बुधबार

माओवादी केन्द्रका नेता नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश

काठमाडौँ । नेकपा माओवादी केन्द्रका नेता सिर्जना गहतराज (रुकुम पुर्ब) , देबबहादुर सुनार (दैलेख) र नवीन शङ्कर (रुपन्देही) नेपाल कम्युनिस्ट पार्टीमा प्रवेश गरेका छन। उनीहरुलाई नेपाल कम्युनिस्ट पार्टीका प्रवक्ता प्रकाण्डले पार्टी केन्द्रिय कार्यालयमा आयोजित एक कार्यक्रममा अबिर र खादा लगाई नेकपामा प्रवेश गराएका हुन् । उक्त कार्यक्रममा नेपाल कम्युनिष्ट पार्टीका केन्द्रिय सदस्य तथा श्रमिक समुदाय […]

२०७८ चैत्र १ गते, मंगलवार

भारत सरकारलाई महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भू -भागतिर मोड्ने कार्य तुरुन्त रोक्न चेतावनी

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीले दुई देशको सिमाना सम्वन्धी सवालको निरुपण गर्ने अन्तराष्ट्रिय कानुनी मान्यताहरुका खिलापमा SSB ले तटवन्धको नाममा नेपाली भुमि अतिक्रमण गरेको र तटवन्धबाट महाकाली नदीको जोखिमी एवं प्रवाह नेपाली भ–ुभाग तिर मोड्ने बदनीयतपुर्ण कार्य तुरुन्त रोक्न भारत सरकारलाई कडा चेतावनी दिएको छ । सो पार्टीका प्रवक्ता प्रकाण्डले सोमबार अपरान्ह एक बिज्ञप्ति जारी […]

२०७८ फाल्गुन ३० गते, सोमबार

नेकपाका महासचिब विप्लव , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवालागायत सरकारी टोलीबीच वार्ता

काठमाडौँ । नेपाल कम्युनिस्ट पार्टीका महासचिब विप्लब , प्रवक्ता प्रकाण्ड र प्रधानमन्त्री शेरबहादुर देउवा , गृहमन्त्री बालकृष्ण खाँण, कानुन न्याय तथा संसदीय मामिला मन्त्री दिलेन्द्रप्रसाद बडु, गृहसचिव टेकनारायण पाण्डेबीच तीन बुँदे सहमति कार्यान्वयनका विषयमा छलफल भएको छ । उक्त छलफलमा सरकारको तर्फबाट तीन बुँदे सहमति कार्यान्वयनका सन्दर्भमा भएको काम र प्रगति विवरण प्रस्तुत भएको थियो। […]

२०७८ फाल्गुन २७ गते, शुक्रबार